• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रधानमन्त्रीको शरीरमा जडिएको जवान मिर्गौलाको कथा

64x64
किशोर नेपाल आइतबार, फागुन २५, २०७६  १८:३३
1140x725

समाचार अनुसार, प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको स्वास्थ्यमा दिन दुई गुणा र रात चौगुना प्रगति भइरहेको छ। समीक्षा संग्रौलाको तन्नेरी शरीरबाट निकालिएको मिर्गौला प्रधानमन्त्री ओलीको शरीरमा ‘फिट’ भयो।

सरकारी समाचारहरूले समीक्षाले प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिएको भ्रम छरे पनि तथ्य त्यसको ठीक विपरीत छ। समीक्षाले प्रधानमन्त्री ओलीले आफ्ना आधा–अधुरा सपना पूरा गर्न सकुन् भनेर मिर्गौला दिएकी पक्कै होइनन्। उनका पनि केही अभिलाषा पक्कै होलान्। प्रधानमन्त्री ओलीले समीक्षाको भविष्य सुरक्षित राख्न निकै ठूलो योगदान दिएको चर्चा पनि अहिले राजनीतिक बिरादरीमा चलेको छ। 

सम्भवतः अब समीक्षाले झापा फर्किरहनुपर्ने छैन। उनका लागि काठमाडौं उपत्यकामा नै बसोबासको प्रबन्ध भइसकेको छ। प्रधानमन्त्री ओलीलाई समीक्षाले लगाएको गुन र्बिर्सिनसक्नु छ। उनको जवान मिर्गौलाले ओलीको उनन्सत्तरी वर्षको बूढो शरीर धानेको छ। कुन्नि किन हो, विदेशतिरका चिकित्सकहरू बुढो शरीरमा तन्नेरी अंगहरूको प्रत्यारोपणलाई अप्ठेरो प्रक्रिया मान्दा रहेछन्। धन्न, नेपालका चिकित्सकहरूले त्यस्तो अप्ठेरो 'फिल' गरेनछन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओली अस्पताल भर्ना भएकै दिन मिर्गौलाको सफल प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गरे। तर, चीनियाँ राष्ट्रपति सी चिनफिङको स्वास्थ्यलाभको शुभकामना सन्देश भने अलि ढिलै गरेर शुक्रबार मात्रै आयो। 

कोरोना भाइरसका कारण पीडित चीनियाँ जनताको सुरक्षामा सीको ध्यान बढी आकर्षित हुनु स्वाभाविक हो। यी शुभकामना सन्देशले नेपालका प्रधानमन्त्री ओलीलाई देशका मजबुत नेताका रूपमा स्थापित गराउन मद्दत गरेको बताउँछन ओली निकट पत्रकार। यस्ता सन्देश अरु देशबाट पनि आएका हुन्। तर, भौगोलिक सामीप्यताका हिसाबले छिमेकका नेताहरूका नाममा आएको शुभकामनालाई मात्रै यहाँ उल्लेख गरिएको हो।   

सरकारी सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीको स्वास्थ्य दिनदिनै सुध्रिँदै गएको लेखेका छन्। प्रधानमन्त्रीको आत्मबलको तारिफ गरेका छन्। यही क्रममा ‍सेतोपाटी अनलाइनले अत्यन्त उत्साहपूर्वक प्रधानमन्त्री ओलीले दस लिटर मुत्नु भएको समाचार लेख्यो। प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरूले अहिलेसम्म प्रधानमन्त्री ओलीको बनावटी स्वास्थ्य विवरण दिएका छन्। 

प्रधानमन्त्रीको क्रियटिनिन लेभल कति छ? रक्तचाप कति छ? ज्वरो छ कि छैन? जवान मिर्गौलाले कत्तिको साथ दिएको छ? चिकित्सकहरूले चाहिने कुरा केही बताएका छैनन्। न त अरु कुनै विश्वसनीय तथ्यांक र उपचार क्रमका तथ्यहरू नै बाहिर ल्याएका छन्।

अघि-अघि श्री ५ सरकारका पालामा पनि यस्तै हुन्थ्यो। मानिस खुस्केर शव पल्टिउन्जेलसम्म स्वास्थ्य स्थिति स्वाभाविक रहेको बताइन्थ्यो। अहिलेका चिकित्सकहरूले पक्कै पनि त्यसो नगर्लान्। यद्यपि, प्रधानमन्त्री ओलीको उपचार राजसी छाँटका साथ भएको छ भन्न डराउनु पर्दैन। 

nimb
nimb
Ncell 2
Ncell 2

अस्पतालका कुनाकुनामा एम्बुलेन्स, कतिबेला उपचार कक्षमा बोलाइने हो भनेर खुट्टो उचालेर बसेका चिकित्सकहरू र ती चिकित्सकलाई हेरेर आफूलाई ‘बिसेक’ भएको ठान्न विवश बिरामीहरू। डायलाइसिस गर्ने पालो कुरेर बसेका बिरामीलाई देख्दा यस्तो लाग्छ, प्रधानमन्त्री ओलीले आफ्नो शरीरमा समीक्षाको मिर्गौलाको प्रत्यारोपण भारत, सिंगापुर, अमेरिका जहाँ गरेको भए पनि हुन्थ्यो । उनलाई कसैको रोकतोक थिएन। 

समीक्षाले प्रधानमन्त्री ओलीले आफ्ना आधा–अधुरा सपना पूरा गर्न सकुन् भनेर मिर्गौला दिएकी पक्कै होइनन्। उनका पनि केही अभिलाषा पक्कै होलान्। प्रधानमन्त्री ओलीले समीक्षाको भविष्य सुरक्षित राख्न निकै ठूलो योगदान दिएको चर्चा पनि अहिले राजनीतिक बिरादरीमा चलेको छ। 

प्रधानमन्त्री ओलीले नेपालको टिचिङ अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएर प्रत्येक दिन दस जनाभन्दा बढी बिरामीको डायलाइसिस रोकिएको छ। अस्पतालका चिकित्सकहरूको कार्यतालिका बिग्रिएको छ। प्रधानमन्त्री ओलीलाई अहिलेको अवस्थामा नपुग्दो केही थिएन, समीक्षालाई लिएर खुरुक्क विदेशमा गएर मिर्गौला फेरेर आएको भएपनि सबैले जयजयकार गरी नै हाल्ने थिए।

प्रधानमन्त्री खड्गप्रसाद ओलीको शारीरिक स्वास्थ्यको ग्राफ जतिसुकै माथि उठेपनि उनको राजनीतिको ग्राफ भने ओरालो लाग्न थालेको छ। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा आउने–जाने राजनीतिक कार्यकर्ताहरू उनको राजनीतिक व्यवहारले रुष्ट छन्। प्रदेशको राजनीति गर्ने नेकपाका नेताहरू आफैले संविधान बनाएर पनि संविधानले परिकल्पना गरे जस्तो प्रादेशिक सन्तुलन मिलाउन नचाहेकोमा रुष्ट छन्। ऐन–कानुनको तर्जुमा नहुँदा प्रदेश र स्थानीय निकाय सुचारु भएका छैनन्। पार्टीका दुई अध्यक्षबीच सँधै भइरहने मानसिक तहको मूठभेडले पनि नेकपाको राजनीतिलाई असंगत मोडमा पुर्‍याएको छ। 

अर्थमन्त्री युवराज खतिवडाको पुनर्नियुक्ति पार्टीभित्रका धेरै नेतालाई मन परेको छैन। हालका अर्थमन्त्री खतिवडामाथि पार्टीको भविष्यप्रति संवेदनशील हुन नसकेको आरोप लगाइएको छ। अर्थमन्त्री खतिवडाले आफूलाई प्रधानमन्त्री ओलीको हनुमानकै तहमा स्वीकार गरेको वक्तव्यसमेत पढ्न पाइएको छ।

नेकपाका पराजित तर प्रभावशाली मानिने नेता वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान सिफारिस नगर्ने अडानले पनि प्रधानमन्त्री ओलीलाई पार्टीभित्र अल्पमतमा पारेको देखिन्छ। उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग आफूलाई संकटमुक्त बनाउन सहयोगको याचना गरेका छन्। माधव नेपालको नलिनु हुर्मत लिइसकेपछि अहिले उनीसँग हात मिलाउन खोज्नु प्रधानमन्त्री ओलीका लागि प्रत्युत्पादक सावित भएको छ। 

यसबाहेक, ओलीको दुइ वर्षे राजमा दर्जनौं काण्ड भएका छन्। बालुवाटार जग्गा, मेलम्ची, बूढी गण्डकी, तामाकोशी, तारागाउँ–हयात, नेपाल ट्रष्ट , वाइडबडी, पुल, सडकलगायतका तमाम काण्डहरूको नालीबेली लगाएर साध्य छैन।

प्रधानमन्त्री ओलीकै शासनकालमा संविधानले स्वीकार गरेको देशको धर्म निरपेक्ष स्वरुपको विनास हुने सम्भावना देखिएको छ। प्रधानमन्त्री ओलीले संविधानको परिकल्पनाअनुसारको राज्य पद्धति चलाउन नसकेर एउटा मिथ्या संघीय राज्य चलाएका छन भन्नु अतिशयोक्ति हुने छैन। 

आफूसँगै पार्टीका अध्यक्ष भएका पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री ओलीले विश्वासमा लिन सकेका छैनन्। नेपाल कम्युनिस्ट पार्टीको निर्माण एमाले र माओवादीको मिलनबाट सम्भव भएको थियो भन्ने हेक्का राख्न प्रधानमन्त्री ओली चुकेका छन्। उनलाई कतैबाट संक्रमणकालीन न्यायका हिसाबले प्रचण्ड समातिने वातावरण बनोस् भन्ने लागेको छ। नेता महरालाई जस्तै प्रचण्डलाई पनि कुनै प्रपञ्चमा फसाइने हो कि भन्ने आशंका सम्बध्द क्षेत्रमा व्याप्त छ। प्रधानमन्त्री ओलीका लागि माओवादीसँगको एकता अहिले आएर निल्नु न ओकल्नुको भएको देखिन्छ। 

'बयलगाडा चढेर अमेरिका पुगिन्न' भन्ने नेताले गणतान्त्रिक नेपालको राज-पाठ चलाउन पाउनु सानो कुरा होइन। नेकपाभित्र प्रधानमन्त्री ओलीको प्रवृत्ति यथावत् रहने हो भने नेकपा एकपटक फेरि विभाजनमा जान सक्दछ। यो ठूलो कुरो होइन। पार्टीहरूको निर्माण र विघटन सँधै भइरहने कुरा होइन। तर, अहिले नेकपामा जुन खालको उथलपुथल देखिएको छ त्यसलाई सामान्य मान्न सकिदैन। 

प्रतिपक्ष कमजोर रहेको अहिलेको अवस्थामा पनि नेकपाले सहज ढंगले सरकार चलाउन सकेको छैन। नेकपा अहिले आफ्नै कारण असहज परिस्थितिमा छ। प्रधानमन्त्री ओलीको शरीरमा स्टेरोयडको डोज त छँदैछ। त्यसमा स्वाभिमानको डोज अलि बढी नै थपिएपछि विकार उत्पन्न हुनु सामान्य हो। तर त्यो विकारले देशलाई संकटमा पार्ने संकेत देखिनु सुखद् पाटो पक्कै होइन।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  १८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर नेपाल
वरिष्ठ पत्रकार नेपाल nepallive का नियमित स्तम्भकार हुन्।
लेखकबाट थप
नेकपामा चिनियाँ व्यवस्थापन
अध्यादेशमा अल्झिएका ओली
सरकारको हाउगुजी हो कोरोना?
सम्बन्धित सामग्री
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन त्यसैले, भदौ २३ र २४ को आन्दोलन यस्तै कुशासन र बेथिति लगायत थुप्रिएका बिक्रितिहरुको एकीकृत तर सशक्त आवाज थियो । आवाज मार्फत राज्य शक... शुक्रबार, भदौ ५, २०८३
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण धन्य, न्याय मरेको रहेनछ। सर्वोच्च अदालतले सरकारी निर्णय खारेज गरिदियो। अदालतले संविधानको धारा १९ को मर्ममा टेकेर गरेको फैसलामा भनिएक... बिहीबार, भदौ ४, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्