• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस १४, २०८२ Mon, Dec 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रधानमन्त्रीको शरीरमा जडिएको जवान मिर्गौलाको कथा

64x64
किशोर नेपाल आइतबार, फागुन २५, २०७६  १८:३३
1140x725

समाचार अनुसार, प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको स्वास्थ्यमा दिन दुई गुणा र रात चौगुना प्रगति भइरहेको छ। समीक्षा संग्रौलाको तन्नेरी शरीरबाट निकालिएको मिर्गौला प्रधानमन्त्री ओलीको शरीरमा ‘फिट’ भयो।

सरकारी समाचारहरूले समीक्षाले प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिएको भ्रम छरे पनि तथ्य त्यसको ठीक विपरीत छ। समीक्षाले प्रधानमन्त्री ओलीले आफ्ना आधा–अधुरा सपना पूरा गर्न सकुन् भनेर मिर्गौला दिएकी पक्कै होइनन्। उनका पनि केही अभिलाषा पक्कै होलान्। प्रधानमन्त्री ओलीले समीक्षाको भविष्य सुरक्षित राख्न निकै ठूलो योगदान दिएको चर्चा पनि अहिले राजनीतिक बिरादरीमा चलेको छ। 

सम्भवतः अब समीक्षाले झापा फर्किरहनुपर्ने छैन। उनका लागि काठमाडौं उपत्यकामा नै बसोबासको प्रबन्ध भइसकेको छ। प्रधानमन्त्री ओलीलाई समीक्षाले लगाएको गुन र्बिर्सिनसक्नु छ। उनको जवान मिर्गौलाले ओलीको उनन्सत्तरी वर्षको बूढो शरीर धानेको छ। कुन्नि किन हो, विदेशतिरका चिकित्सकहरू बुढो शरीरमा तन्नेरी अंगहरूको प्रत्यारोपणलाई अप्ठेरो प्रक्रिया मान्दा रहेछन्। धन्न, नेपालका चिकित्सकहरूले त्यस्तो अप्ठेरो 'फिल' गरेनछन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओली अस्पताल भर्ना भएकै दिन मिर्गौलाको सफल प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गरे। तर, चीनियाँ राष्ट्रपति सी चिनफिङको स्वास्थ्यलाभको शुभकामना सन्देश भने अलि ढिलै गरेर शुक्रबार मात्रै आयो। 

कोरोना भाइरसका कारण पीडित चीनियाँ जनताको सुरक्षामा सीको ध्यान बढी आकर्षित हुनु स्वाभाविक हो। यी शुभकामना सन्देशले नेपालका प्रधानमन्त्री ओलीलाई देशका मजबुत नेताका रूपमा स्थापित गराउन मद्दत गरेको बताउँछन ओली निकट पत्रकार। यस्ता सन्देश अरु देशबाट पनि आएका हुन्। तर, भौगोलिक सामीप्यताका हिसाबले छिमेकका नेताहरूका नाममा आएको शुभकामनालाई मात्रै यहाँ उल्लेख गरिएको हो।   

सरकारी सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीको स्वास्थ्य दिनदिनै सुध्रिँदै गएको लेखेका छन्। प्रधानमन्त्रीको आत्मबलको तारिफ गरेका छन्। यही क्रममा ‍सेतोपाटी अनलाइनले अत्यन्त उत्साहपूर्वक प्रधानमन्त्री ओलीले दस लिटर मुत्नु भएको समाचार लेख्यो। प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरूले अहिलेसम्म प्रधानमन्त्री ओलीको बनावटी स्वास्थ्य विवरण दिएका छन्। 

प्रधानमन्त्रीको क्रियटिनिन लेभल कति छ? रक्तचाप कति छ? ज्वरो छ कि छैन? जवान मिर्गौलाले कत्तिको साथ दिएको छ? चिकित्सकहरूले चाहिने कुरा केही बताएका छैनन्। न त अरु कुनै विश्वसनीय तथ्यांक र उपचार क्रमका तथ्यहरू नै बाहिर ल्याएका छन्।

अघि-अघि श्री ५ सरकारका पालामा पनि यस्तै हुन्थ्यो। मानिस खुस्केर शव पल्टिउन्जेलसम्म स्वास्थ्य स्थिति स्वाभाविक रहेको बताइन्थ्यो। अहिलेका चिकित्सकहरूले पक्कै पनि त्यसो नगर्लान्। यद्यपि, प्रधानमन्त्री ओलीको उपचार राजसी छाँटका साथ भएको छ भन्न डराउनु पर्दैन। 

Ncell 2
Ncell 2

अस्पतालका कुनाकुनामा एम्बुलेन्स, कतिबेला उपचार कक्षमा बोलाइने हो भनेर खुट्टो उचालेर बसेका चिकित्सकहरू र ती चिकित्सकलाई हेरेर आफूलाई ‘बिसेक’ भएको ठान्न विवश बिरामीहरू। डायलाइसिस गर्ने पालो कुरेर बसेका बिरामीलाई देख्दा यस्तो लाग्छ, प्रधानमन्त्री ओलीले आफ्नो शरीरमा समीक्षाको मिर्गौलाको प्रत्यारोपण भारत, सिंगापुर, अमेरिका जहाँ गरेको भए पनि हुन्थ्यो । उनलाई कसैको रोकतोक थिएन। 

समीक्षाले प्रधानमन्त्री ओलीले आफ्ना आधा–अधुरा सपना पूरा गर्न सकुन् भनेर मिर्गौला दिएकी पक्कै होइनन्। उनका पनि केही अभिलाषा पक्कै होलान्। प्रधानमन्त्री ओलीले समीक्षाको भविष्य सुरक्षित राख्न निकै ठूलो योगदान दिएको चर्चा पनि अहिले राजनीतिक बिरादरीमा चलेको छ। 

प्रधानमन्त्री ओलीले नेपालको टिचिङ अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएर प्रत्येक दिन दस जनाभन्दा बढी बिरामीको डायलाइसिस रोकिएको छ। अस्पतालका चिकित्सकहरूको कार्यतालिका बिग्रिएको छ। प्रधानमन्त्री ओलीलाई अहिलेको अवस्थामा नपुग्दो केही थिएन, समीक्षालाई लिएर खुरुक्क विदेशमा गएर मिर्गौला फेरेर आएको भएपनि सबैले जयजयकार गरी नै हाल्ने थिए।

प्रधानमन्त्री खड्गप्रसाद ओलीको शारीरिक स्वास्थ्यको ग्राफ जतिसुकै माथि उठेपनि उनको राजनीतिको ग्राफ भने ओरालो लाग्न थालेको छ। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा आउने–जाने राजनीतिक कार्यकर्ताहरू उनको राजनीतिक व्यवहारले रुष्ट छन्। प्रदेशको राजनीति गर्ने नेकपाका नेताहरू आफैले संविधान बनाएर पनि संविधानले परिकल्पना गरे जस्तो प्रादेशिक सन्तुलन मिलाउन नचाहेकोमा रुष्ट छन्। ऐन–कानुनको तर्जुमा नहुँदा प्रदेश र स्थानीय निकाय सुचारु भएका छैनन्। पार्टीका दुई अध्यक्षबीच सँधै भइरहने मानसिक तहको मूठभेडले पनि नेकपाको राजनीतिलाई असंगत मोडमा पुर्‍याएको छ। 

अर्थमन्त्री युवराज खतिवडाको पुनर्नियुक्ति पार्टीभित्रका धेरै नेतालाई मन परेको छैन। हालका अर्थमन्त्री खतिवडामाथि पार्टीको भविष्यप्रति संवेदनशील हुन नसकेको आरोप लगाइएको छ। अर्थमन्त्री खतिवडाले आफूलाई प्रधानमन्त्री ओलीको हनुमानकै तहमा स्वीकार गरेको वक्तव्यसमेत पढ्न पाइएको छ।

नेकपाका पराजित तर प्रभावशाली मानिने नेता वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान सिफारिस नगर्ने अडानले पनि प्रधानमन्त्री ओलीलाई पार्टीभित्र अल्पमतमा पारेको देखिन्छ। उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग आफूलाई संकटमुक्त बनाउन सहयोगको याचना गरेका छन्। माधव नेपालको नलिनु हुर्मत लिइसकेपछि अहिले उनीसँग हात मिलाउन खोज्नु प्रधानमन्त्री ओलीका लागि प्रत्युत्पादक सावित भएको छ। 

यसबाहेक, ओलीको दुइ वर्षे राजमा दर्जनौं काण्ड भएका छन्। बालुवाटार जग्गा, मेलम्ची, बूढी गण्डकी, तामाकोशी, तारागाउँ–हयात, नेपाल ट्रष्ट , वाइडबडी, पुल, सडकलगायतका तमाम काण्डहरूको नालीबेली लगाएर साध्य छैन।

प्रधानमन्त्री ओलीकै शासनकालमा संविधानले स्वीकार गरेको देशको धर्म निरपेक्ष स्वरुपको विनास हुने सम्भावना देखिएको छ। प्रधानमन्त्री ओलीले संविधानको परिकल्पनाअनुसारको राज्य पद्धति चलाउन नसकेर एउटा मिथ्या संघीय राज्य चलाएका छन भन्नु अतिशयोक्ति हुने छैन। 

आफूसँगै पार्टीका अध्यक्ष भएका पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री ओलीले विश्वासमा लिन सकेका छैनन्। नेपाल कम्युनिस्ट पार्टीको निर्माण एमाले र माओवादीको मिलनबाट सम्भव भएको थियो भन्ने हेक्का राख्न प्रधानमन्त्री ओली चुकेका छन्। उनलाई कतैबाट संक्रमणकालीन न्यायका हिसाबले प्रचण्ड समातिने वातावरण बनोस् भन्ने लागेको छ। नेता महरालाई जस्तै प्रचण्डलाई पनि कुनै प्रपञ्चमा फसाइने हो कि भन्ने आशंका सम्बध्द क्षेत्रमा व्याप्त छ। प्रधानमन्त्री ओलीका लागि माओवादीसँगको एकता अहिले आएर निल्नु न ओकल्नुको भएको देखिन्छ। 

'बयलगाडा चढेर अमेरिका पुगिन्न' भन्ने नेताले गणतान्त्रिक नेपालको राज-पाठ चलाउन पाउनु सानो कुरा होइन। नेकपाभित्र प्रधानमन्त्री ओलीको प्रवृत्ति यथावत् रहने हो भने नेकपा एकपटक फेरि विभाजनमा जान सक्दछ। यो ठूलो कुरो होइन। पार्टीहरूको निर्माण र विघटन सँधै भइरहने कुरा होइन। तर, अहिले नेकपामा जुन खालको उथलपुथल देखिएको छ त्यसलाई सामान्य मान्न सकिदैन। 

प्रतिपक्ष कमजोर रहेको अहिलेको अवस्थामा पनि नेकपाले सहज ढंगले सरकार चलाउन सकेको छैन। नेकपा अहिले आफ्नै कारण असहज परिस्थितिमा छ। प्रधानमन्त्री ओलीको शरीरमा स्टेरोयडको डोज त छँदैछ। त्यसमा स्वाभिमानको डोज अलि बढी नै थपिएपछि विकार उत्पन्न हुनु सामान्य हो। तर त्यो विकारले देशलाई संकटमा पार्ने संकेत देखिनु सुखद् पाटो पक्कै होइन।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  १८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर नेपाल
वरिष्ठ पत्रकार नेपाल nepallive का नियमित स्तम्भकार हुन्।
लेखकबाट थप
नेकपामा चिनियाँ व्यवस्थापन
अध्यादेशमा अल्झिएका ओली
सरकारको हाउगुजी हो कोरोना?
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
सुनको मूल्य सामान्य घट्यो सोमबार, पुस १४, २०८२
मेयर बालेनसँगको सहमतिलाई रास्वपा समितिले गर्‍यो अनुमोदन सोमबार, पुस १४, २०८२
सुदनले भने: कुलमानलाई अलग राखिएको हो कि अलग रहन खोजेका हुन् समयले बताउला सोमबार, पुस १४, २०८२
समानुपातिक निर्वाचनतर्फको बन्दसूची पेश गर्ने आज अन्तिम दिन सोमबार, पुस १४, २०८२
कांग्रेसको आज पनि कार्यसम्पादन समिति बैठक जारी सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
बालेन-रवि सहमतिबारे पोखरेलको टिप्पणी: ‘नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ’ आइतबार, पुस १३, २०८२
योगेश भट्टराईको दाबी : ‘राजनीतिमा बाह्य चुनौती बढिरहेको छ’ आइतबार, पुस १३, २०८२
बंगलादेश प्रिमियर लिग : मैदानमै ढलेका ढाका क्यापिटल्सका सहायक प्रशिक्षकको निधन आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्