• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

कोरोनाकाे असर : प्राविधिक र उपकरण नआउँदा गौतमबुद्ध विमानस्थलकाे निर्माण प्रभावित

64x64
दीपक घिमिरे शनिबार, फागुन २४, २०७६  १३:१०
1140x725

भैरहवा- चीनबाट सुरु भएकाे कोरोना भाइरसका कारण निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम प्रभावित भएकाे छ। नेपालका अन्य राष्ट्रिय गौरवका आयोजनाजस्तै विमानस्थल निर्माणमा पनि कोरानाको असर देखिएको हाे।

अंग्रेजी नयाँ वर्ष मनाउन चीन गएका दक्ष जनशक्ति काेराेना भाइरसका कारण नेपाल फर्कन नपाएपछि विमानस्थल निर्माणको काम प्रभावित भएकाे आयोजनाले जनाएको छ। विमानस्थल निर्माणको काम चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले गरिरहेको छ।

चीनमा कोरोना भाइरसको संक्रमण बढेसँगै चीनबाट दक्ष प्राविधिक जनशक्ति र विमानस्थलमा जडान गर्नुपर्ने उपकरणहरु आउन नसकेको आयोजना प्रमुख प्रवेश अधिकारीले बताए। कोरोनाको संक्रमणका कारण चीनबाट ल्याइने भनिएका टर्मिनल भवनमा प्रयोग गरिने ब्यागेज ह्याण्डलिङ सिस्टम, सञ्चार उपकरण र कन्भेयर बेल्ट जडान गर्न र धावन मार्गका लागि आवश्यक लाइटलगाएतका उपकरणहरु ल्याउन सकिएको छैन। जसका कारण आयोजनाको काम प्रभावित भएको छ।

'भाइरसका कारण २० जना चिनियाँ दक्ष जनशक्ति नेपाल आउन सकेका छैनन्,' आयोजना प्रमुख अधिकारीले भने, 'जसका कारण निर्माण कार्यको अन्तिम समयमा रहेको विमानस्थल निर्माणकाे काम प्रभावित बन्न पुग्यो।’

टर्मिनल बिल्डिङ र रनवेमा जडान गर्नुपर्ने चार–पाँच कन्टेनर उपकरण अहिलेसम्म चीनमै रोकिएको आयोजनाले जनाएकाे छ। कोरोना भाइरसको संक्रमणको अवस्था हेर्दा विमानस्थल निर्माणको काम चौथो पटक थपिएको म्यादभित्र पनि पूरा हुन नसक्ने देखिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले चौथो पटक सन् २०२० को मार्च ३० सम्मका लागि म्याद थपेको थियो। ‘कोरोना भाइरसको असरले अप्ठेरो अवस्था आयो,’ विमानस्थलका आयोजना प्रमुख अधिकारीले भने, ‘अब विमानस्थल निर्माणको काम कहिलेसम्म लम्बिन्छ भन्ने कुरा कोरोना भाइरसको असर कहिलेसम्म रहन्छ भन्नेमा निर्भर हुने भयाे।’

आयोजना प्रमुख अधिकारीका अनुसार ४० जनाको चिनियाँ कामदार टोली फिल्डमा हुनुपर्नेमा अहिले २० जनाले मात्र काम गरिरहेका छन्। विमानस्थलको १० प्रतिशत कामको प्रगति प्राविधक र उपकरण नआउँदा प्रभावित भएको आयोजना प्रमुख अधिकारीले बताए। मार्च पहिलो हप्तासम्म कामदार र उपकरण नआएमा चौथो पटक थपिएको म्यादमा पनि अन्तराष्ट्रिय उडानका लागि विमानस्थल तयार नहुने अधिकारीले सुनाए। २०१८ मा सञ्चालनमा ल्याउने घोषणा गर्दै विमानस्थल निर्माण सुरु भएको थियो। विभिन्न कारण देखाउँदै आयोजनाको समयावधि थपिएको थपियै छ।

Ncell 2
Ncell 2
nimb
nimb

कोरोना भाइरस संक्रमणका कारण चालु आर्थिक वर्षभित्र सञ्चालनमा आउने भनिएको विमानस्थल तोकिएको समयावधिभित्र सञ्चालनमा आउने सम्भावना न्यून रहेको जानकारहरु बताउँछन्। आयोजना निर्माणका लागि ८ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएकोमा लागत बढेर पहिलो चरणमै ११ अर्ब पुग्ने अनुमान गरिएको छ।

८६ प्रतिशत काम सम्पन्न 
निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अहिले फिनिसिङको काम भइरहेको छ। विमानस्थलको ८६ प्रतिशत भौतिक निर्माणमा प्रगति भएको आयोजनाले जनाएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विमानस्थल निर्माणको पहिलो चरण अर्थात् आइसिबी–१ को अधिकांश काम सकिए पनि रनवेमा बत्ती जडान, ब्यागेज ह्याण्डलिङ सिस्टमलगायत केही अत्यावश्यक काम प्रभावित भएको छ। आयोजना प्रमुख अधिकारीका अनुसार सञ्चार उपकरण जडानको तयारी छ भने फिनिसिङको काम बढीमा ५ प्रतिशत मात्र बाँकी छ। 'विमानस्थलमा ८/१० प्रकारका उपकरणहरु जडान गर्नुपर्ने छ, त्यसमध्ये अधिकांश उपकरण आइसकेका छन्,' आयोजना प्रमुख अधिकारीले भने, 'आउनुपर्ने केहि महत्त्वपूर्ण उपकरण र दक्ष जनशक्ति आउन नपाउँदा आयोजनाको काम प्रभावित बनेको छ।'

उपकरण जडान नगरी फिनिसिङको काम पनि प्रभावित भएकाे उनको भनाई छ। अहिले टर्मिनल बिल्डिङमा उपकरण जडानको काम प्रभावित भउकाे हाे। एसि जडानका लागि एक्पोर्ट १०/१२ जना कामदार नआएका कारण एसि जडान रोकिएको छ।

दोस्रो चरणमका आइसिबी–२ अन्तर्गतका कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्सको काम मध्ये भिओआररडिएमई सञ्चार उपकरण, मौसम पूर्वानुमान उपकरण पनि ९५ प्रतिशतन्दा बढी आइसकेका र जडानको तयारी भइरहेको छ। बाँकी पाँच प्रतिशत उपकरण थाइल्याण्डबाट आउने अधिकारीले बताए।

३१ डिसेम्बर २०१४ काम सुरु भएको यो आयोजनाको पहिलो चरणको काम (आइसिबी–१)  ६ अर्ब ८२ करोड लागतको हो। विमानस्थल आयोजनामा एडिबीको ४० दशमलव पाँच प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३० दशमलव पाँच प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ।

यसैगरी, आइसिबी–२ अन्तरगत विमानस्थलमा जडान हुने उपकरणहरूका लागि पनि करिब ५० करोड लगानी छ।

प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्