• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ २१, २०८३ Thu, Jun 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

कोरोनाकाे असर : प्राविधिक र उपकरण नआउँदा गौतमबुद्ध विमानस्थलकाे निर्माण प्रभावित

64x64
दीपक घिमिरे शनिबार, फागुन २४, २०७६  १३:१०
1140x725

भैरहवा- चीनबाट सुरु भएकाे कोरोना भाइरसका कारण निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम प्रभावित भएकाे छ। नेपालका अन्य राष्ट्रिय गौरवका आयोजनाजस्तै विमानस्थल निर्माणमा पनि कोरानाको असर देखिएको हाे।

अंग्रेजी नयाँ वर्ष मनाउन चीन गएका दक्ष जनशक्ति काेराेना भाइरसका कारण नेपाल फर्कन नपाएपछि विमानस्थल निर्माणको काम प्रभावित भएकाे आयोजनाले जनाएको छ। विमानस्थल निर्माणको काम चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले गरिरहेको छ।

चीनमा कोरोना भाइरसको संक्रमण बढेसँगै चीनबाट दक्ष प्राविधिक जनशक्ति र विमानस्थलमा जडान गर्नुपर्ने उपकरणहरु आउन नसकेको आयोजना प्रमुख प्रवेश अधिकारीले बताए। कोरोनाको संक्रमणका कारण चीनबाट ल्याइने भनिएका टर्मिनल भवनमा प्रयोग गरिने ब्यागेज ह्याण्डलिङ सिस्टम, सञ्चार उपकरण र कन्भेयर बेल्ट जडान गर्न र धावन मार्गका लागि आवश्यक लाइटलगाएतका उपकरणहरु ल्याउन सकिएको छैन। जसका कारण आयोजनाको काम प्रभावित भएको छ।

'भाइरसका कारण २० जना चिनियाँ दक्ष जनशक्ति नेपाल आउन सकेका छैनन्,' आयोजना प्रमुख अधिकारीले भने, 'जसका कारण निर्माण कार्यको अन्तिम समयमा रहेको विमानस्थल निर्माणकाे काम प्रभावित बन्न पुग्यो।’

टर्मिनल बिल्डिङ र रनवेमा जडान गर्नुपर्ने चार–पाँच कन्टेनर उपकरण अहिलेसम्म चीनमै रोकिएको आयोजनाले जनाएकाे छ। कोरोना भाइरसको संक्रमणको अवस्था हेर्दा विमानस्थल निर्माणको काम चौथो पटक थपिएको म्यादभित्र पनि पूरा हुन नसक्ने देखिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले चौथो पटक सन् २०२० को मार्च ३० सम्मका लागि म्याद थपेको थियो। ‘कोरोना भाइरसको असरले अप्ठेरो अवस्था आयो,’ विमानस्थलका आयोजना प्रमुख अधिकारीले भने, ‘अब विमानस्थल निर्माणको काम कहिलेसम्म लम्बिन्छ भन्ने कुरा कोरोना भाइरसको असर कहिलेसम्म रहन्छ भन्नेमा निर्भर हुने भयाे।’

आयोजना प्रमुख अधिकारीका अनुसार ४० जनाको चिनियाँ कामदार टोली फिल्डमा हुनुपर्नेमा अहिले २० जनाले मात्र काम गरिरहेका छन्। विमानस्थलको १० प्रतिशत कामको प्रगति प्राविधक र उपकरण नआउँदा प्रभावित भएको आयोजना प्रमुख अधिकारीले बताए। मार्च पहिलो हप्तासम्म कामदार र उपकरण नआएमा चौथो पटक थपिएको म्यादमा पनि अन्तराष्ट्रिय उडानका लागि विमानस्थल तयार नहुने अधिकारीले सुनाए। २०१८ मा सञ्चालनमा ल्याउने घोषणा गर्दै विमानस्थल निर्माण सुरु भएको थियो। विभिन्न कारण देखाउँदै आयोजनाको समयावधि थपिएको थपियै छ।

nimb
nimb
Ncell 2
Ncell 2

कोरोना भाइरस संक्रमणका कारण चालु आर्थिक वर्षभित्र सञ्चालनमा आउने भनिएको विमानस्थल तोकिएको समयावधिभित्र सञ्चालनमा आउने सम्भावना न्यून रहेको जानकारहरु बताउँछन्। आयोजना निर्माणका लागि ८ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएकोमा लागत बढेर पहिलो चरणमै ११ अर्ब पुग्ने अनुमान गरिएको छ।

८६ प्रतिशत काम सम्पन्न 
निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अहिले फिनिसिङको काम भइरहेको छ। विमानस्थलको ८६ प्रतिशत भौतिक निर्माणमा प्रगति भएको आयोजनाले जनाएको छ।

विमानस्थल निर्माणको पहिलो चरण अर्थात् आइसिबी–१ को अधिकांश काम सकिए पनि रनवेमा बत्ती जडान, ब्यागेज ह्याण्डलिङ सिस्टमलगायत केही अत्यावश्यक काम प्रभावित भएको छ। आयोजना प्रमुख अधिकारीका अनुसार सञ्चार उपकरण जडानको तयारी छ भने फिनिसिङको काम बढीमा ५ प्रतिशत मात्र बाँकी छ। 'विमानस्थलमा ८/१० प्रकारका उपकरणहरु जडान गर्नुपर्ने छ, त्यसमध्ये अधिकांश उपकरण आइसकेका छन्,' आयोजना प्रमुख अधिकारीले भने, 'आउनुपर्ने केहि महत्त्वपूर्ण उपकरण र दक्ष जनशक्ति आउन नपाउँदा आयोजनाको काम प्रभावित बनेको छ।'

उपकरण जडान नगरी फिनिसिङको काम पनि प्रभावित भएकाे उनको भनाई छ। अहिले टर्मिनल बिल्डिङमा उपकरण जडानको काम प्रभावित भउकाे हाे। एसि जडानका लागि एक्पोर्ट १०/१२ जना कामदार नआएका कारण एसि जडान रोकिएको छ।

दोस्रो चरणमका आइसिबी–२ अन्तर्गतका कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्सको काम मध्ये भिओआररडिएमई सञ्चार उपकरण, मौसम पूर्वानुमान उपकरण पनि ९५ प्रतिशतन्दा बढी आइसकेका र जडानको तयारी भइरहेको छ। बाँकी पाँच प्रतिशत उपकरण थाइल्याण्डबाट आउने अधिकारीले बताए।

३१ डिसेम्बर २०१४ काम सुरु भएको यो आयोजनाको पहिलो चरणको काम (आइसिबी–१)  ६ अर्ब ८२ करोड लागतको हो। विमानस्थल आयोजनामा एडिबीको ४० दशमलव पाँच प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३० दशमलव पाँच प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ।

यसैगरी, आइसिबी–२ अन्तरगत विमानस्थलमा जडान हुने उपकरणहरूका लागि पनि करिब ५० करोड लगानी छ।

प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । मंगलबार, जेठ ५, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा अभियान अधिकारीहरूका अनुसार ५६ वर्षीय शेर्पा बिहान १०:१२ बजे शिखरमा पुगेका थिए। यससँगै उनले विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण ग... आइतबार, जेठ ३, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लि... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
सार्वजनिक लेखा समितिको बैठक स्थगित बिहीबार, जेठ २१, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बिहीबार, जेठ २१, २०८३
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु बिहीबार, जेठ २१, २०८३
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले बिहीबार, जेठ २१, २०८३
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदीसँग भेटेपछि रविले भने, ‘नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्छ’ बुधबार, जेठ २०, २०८३
नेतृत्व विवादप्रति राप्रपाभित्र चर्को असन्तुष्टि, एकता र जिम्मेवारीबारे ज्ञानेन्द्र शाहीले उठाए प्रश्न बुधबार, जेठ २०, २०८३
लुम्बिनीमा एमालेका चार मन्त्रीको राजीनामा स्वीकृत बुधबार, जेठ २०, २०८३
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता बुधबार, जेठ २०, २०८३
कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक [सूचीसहित] बुधबार, जेठ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्