• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

देउडा गीतमा फक्रिरहेकी पुष्पा

64x64
नेपाल लाइभ शनिबार, फागुन २४, २०७६  ०७:२५
1140x725

काठमाडौं- देउडा गीतप्रेमी हो तर उसले ‘जौँ पात’ गीत नसुनेको भन्ने हुनै सक्दैन। किनभने यो गीत देउडाप्रेमी माझ यति प्रिय छ कि मेलापर्वमा देउडा खेल्दासमेत धेरै गाइने भाकामा पर्छ।

अघिल्लो पुस्ताका गायक भोजराज भट्टको यो गीत सुन्ने पुस्ताले निकै सुन्यो। वर्तमान हेर्ने पुस्तालाई लक्षित गरेर ‘रिमेक’ बनाइएको छ। उक्त गीतमा महिला स्वर छ, पुष्पा बोहराको।

केही दिनअघिमात्रै रिलिज गीत अहिलेको पुस्ताले उत्तिकै रुचाएको प्रतिक्रिया दिइरहेका छन्। गीतको चर्चासँगै गायिका बोहराको पनि चर्चा भइरहेको छ।

दुई महिनाअघिमात्रै उनको अर्को चर्चित गीत ‘मुइ डोली चढ्न्याँ बेला’को सिक्वेल आएको थियो। वीरेन्द्र जुहारीको उक्त गीतमा महिला स्वर पहिले पनि पुष्पाकै थियो। यसअघि ‘मान्छे चिन्ने हो’ गीतले उनलाई स्रोतामाझ चिनाउन सघाएको हो। एक दशकदेखि लोक संगीतमा रमाइरहेकी उनी पछिल्ला दिनमा आइरहेका यी गीतबाट आशावादी पनि छिन्। संगीत पारखीमाझ जँचिरहेको शैलीमा आएको गीतबाट प्राप्त प्रतिक्रियाले उनलाई उत्साहित बनाएको छ। 

लोकगीत प्रेमीमाझ उनको यसअघि ‘सोल्टीज्यू’ चर्चित भएको थियो। उक्त गीतमार्फत लोकदोहोरी अवार्ड-२०७३ को उत्कृष्ट नव गायिकामा पर्न सफल भएकी थिइन्। उनका दर्जनभन्दा बढी गीत हिट भइसकेका छन्। उनका ‘सोल्टीज्यू’ बाहेक ‘तिम्रै झल्को’, ‘मेरै हौ कि’ ‘दुना टपरी’लगायतका दोहोरी गीत चर्चित छन्। 

लोक दोहोरी, देउडा र आधुनिक गीतमा समेत स्वर दिइरहेकी पुष्पा पछिल्ला वर्षहरुमा फक्रिरहेकी छन्। गीतसंगीतमा भेलबाढी नहुने चाहना पुरानै हो। त्यसैले आफ्नो संगीतयात्रा निरन्तर अघि बढाइरहेकी छन्। झण्डै १० वर्षअघि तत्कालीन राजाको जन्मदिनमा आयोजित गायन प्रतियोगितामा तेस्रो स्थान हाँसिल गरेकी थिइन् उनले। सुदूरपश्चिमको दार्चुलाबाट गीत गाउन काठमाडौं आएकी उनको गायन यात्रा त्यहीँबाट सुरु भएको हो।

गीत संगीतको दुनियाँमा पाइला चाले पनि उनी दौडिन खोजिनन्। ‘परिपक्व भएरमात्रै यो क्षेत्रमा एकोहोरो भएर लाग्ने मेरो चाहना थियो। त्यसैले लामो समयसंगीत सिकें,’ पुष्पाले भनिन्। सिक्ने क्रमलाई उनले अझै पनि छाडेकी छैनन्। निरन्तरको साधनाले मात्रै सफलता दिलाउँछ भन्ने उनलाई थाहा छ।

Ncell 2
Ncell 2
nimb
nimb

गायनमा आत्मबल जागेपछि उनी पूर्ण रुपमा गायन क्षेत्रमा लागेको बताउँछिन्। तर, समय र उनको सोचको तालमेल मिल्न थप समय लाग्यो। त्यसैले संगीतमा उनका दिन बल्ल फिर्दैछन्। 

लोक र आधुनिक गीतमा अझै संघर्षरत देखिए पनि देउडामा त उनी चर्चित गायिका मध्येमै पर्छिन्। देउडामा उनको निकै गीत हिट छन्। तीमध्ये ‘आया कञ्चनपुरका मेला’, ‘बर्‍याँतका दिन’, ‘मैं डोली चढ्ने बेला’, ‘झ्याम्म पैतली’लगायतका गीत निकै चर्चामा रहेकामध्ये पर्छन्। यिनै गीतका कारण विगत केही वर्षदेखि सुदूरपश्चिम र सुदूरपश्चिमेली रहेको विश्वका विभिन्न भागमा हुने प्रायः कार्यक्रममा निम्त्याइने गायिकामध्ये उनी पर्छिन्।

पुष्पा भन्छिन्, ‘सुदूरपश्चिमका सबै जिल्ला र केही विदेशी भूमिमा पुगेर समेत गीत गाइसकें।’ उनी निरन्तर कुमाउ, गढवाल र दार्चुलालगायतका भारतीय भूमिमा र धेरै नेपाली बसोबास गर्ने सबै भारतका शहरमा गीत गाउन गइरहन्छिन्। उनको पहिलो गीत भने काँठे भाकाको थियो।  देशव्यापी गायन प्रतियोगितामा तेस्रो भएपछि  उनका अंकलका साथीले काँठे भाकाको गीत लेखिदिएर गाउन लगाएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसपछि उनले डोरेमी संगीत पाठशाला र प्रसिद्ध संगीत गुरु चण्डीप्रसाद काफ्लेसँग लामो समय संगीत सिकिन्। संगीतको औपचारिक अध्ययनले उनलाई संगीत क्षेत्रमा टिकिरहन सघाएको हो। नत्र भने हिट हुँदा यही रहने र नहुँदा अर्कै बाटो तताउनेको लाइनमा उनको नाम पनि हुन्थ्यो। 

गीत गाउनेमात्रै होइन, आफूले जानेको संगीत सिकाउने पनि उनी गरिरहेकी छन्। केही संगीत प्रतियोगिताकी जजका रुपमा पनि उनले भूमिका निर्वाह गरेकी छन्। 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६  ०७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल
सम्बन्धित सामग्री
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' गीत लेख्ने समयमा पाकिस्तानको कारगिलमा लडाइँ चलिरहेको थियो । भारत–पाक यो युद्धमा धेरै नेपालीले ज्यान गुमाए। ‘रेडियोमा नेपालीको मृत्यु... बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो दशैं को आगमन हुनासाथ यो गीत गाउँघर वा सहरबजारमा गुन्जन थाल्छ। दशैं आएको आभास पछिल्लो २ दशकदेखि यो गीतले पनि दिन थालेको छ। यो गीत फि... बुधबार, कात्तिक ४, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्