• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

देउडा गीतमा फक्रिरहेकी पुष्पा

64x64
नेपाल लाइभ शनिबार, फागुन २४, २०७६  ०७:२५
1140x725

काठमाडौं- देउडा गीतप्रेमी हो तर उसले ‘जौँ पात’ गीत नसुनेको भन्ने हुनै सक्दैन। किनभने यो गीत देउडाप्रेमी माझ यति प्रिय छ कि मेलापर्वमा देउडा खेल्दासमेत धेरै गाइने भाकामा पर्छ।

अघिल्लो पुस्ताका गायक भोजराज भट्टको यो गीत सुन्ने पुस्ताले निकै सुन्यो। वर्तमान हेर्ने पुस्तालाई लक्षित गरेर ‘रिमेक’ बनाइएको छ। उक्त गीतमा महिला स्वर छ, पुष्पा बोहराको।

केही दिनअघिमात्रै रिलिज गीत अहिलेको पुस्ताले उत्तिकै रुचाएको प्रतिक्रिया दिइरहेका छन्। गीतको चर्चासँगै गायिका बोहराको पनि चर्चा भइरहेको छ।

दुई महिनाअघिमात्रै उनको अर्को चर्चित गीत ‘मुइ डोली चढ्न्याँ बेला’को सिक्वेल आएको थियो। वीरेन्द्र जुहारीको उक्त गीतमा महिला स्वर पहिले पनि पुष्पाकै थियो। यसअघि ‘मान्छे चिन्ने हो’ गीतले उनलाई स्रोतामाझ चिनाउन सघाएको हो। एक दशकदेखि लोक संगीतमा रमाइरहेकी उनी पछिल्ला दिनमा आइरहेका यी गीतबाट आशावादी पनि छिन्। संगीत पारखीमाझ जँचिरहेको शैलीमा आएको गीतबाट प्राप्त प्रतिक्रियाले उनलाई उत्साहित बनाएको छ। 

लोकगीत प्रेमीमाझ उनको यसअघि ‘सोल्टीज्यू’ चर्चित भएको थियो। उक्त गीतमार्फत लोकदोहोरी अवार्ड-२०७३ को उत्कृष्ट नव गायिकामा पर्न सफल भएकी थिइन्। उनका दर्जनभन्दा बढी गीत हिट भइसकेका छन्। उनका ‘सोल्टीज्यू’ बाहेक ‘तिम्रै झल्को’, ‘मेरै हौ कि’ ‘दुना टपरी’लगायतका दोहोरी गीत चर्चित छन्। 

लोक दोहोरी, देउडा र आधुनिक गीतमा समेत स्वर दिइरहेकी पुष्पा पछिल्ला वर्षहरुमा फक्रिरहेकी छन्। गीतसंगीतमा भेलबाढी नहुने चाहना पुरानै हो। त्यसैले आफ्नो संगीतयात्रा निरन्तर अघि बढाइरहेकी छन्। झण्डै १० वर्षअघि तत्कालीन राजाको जन्मदिनमा आयोजित गायन प्रतियोगितामा तेस्रो स्थान हाँसिल गरेकी थिइन् उनले। सुदूरपश्चिमको दार्चुलाबाट गीत गाउन काठमाडौं आएकी उनको गायन यात्रा त्यहीँबाट सुरु भएको हो।

गीत संगीतको दुनियाँमा पाइला चाले पनि उनी दौडिन खोजिनन्। ‘परिपक्व भएरमात्रै यो क्षेत्रमा एकोहोरो भएर लाग्ने मेरो चाहना थियो। त्यसैले लामो समयसंगीत सिकें,’ पुष्पाले भनिन्। सिक्ने क्रमलाई उनले अझै पनि छाडेकी छैनन्। निरन्तरको साधनाले मात्रै सफलता दिलाउँछ भन्ने उनलाई थाहा छ।

Ncell 2
Ncell 2
nimb
nimb

गायनमा आत्मबल जागेपछि उनी पूर्ण रुपमा गायन क्षेत्रमा लागेको बताउँछिन्। तर, समय र उनको सोचको तालमेल मिल्न थप समय लाग्यो। त्यसैले संगीतमा उनका दिन बल्ल फिर्दैछन्। 

लोक र आधुनिक गीतमा अझै संघर्षरत देखिए पनि देउडामा त उनी चर्चित गायिका मध्येमै पर्छिन्। देउडामा उनको निकै गीत हिट छन्। तीमध्ये ‘आया कञ्चनपुरका मेला’, ‘बर्‍याँतका दिन’, ‘मैं डोली चढ्ने बेला’, ‘झ्याम्म पैतली’लगायतका गीत निकै चर्चामा रहेकामध्ये पर्छन्। यिनै गीतका कारण विगत केही वर्षदेखि सुदूरपश्चिम र सुदूरपश्चिमेली रहेको विश्वका विभिन्न भागमा हुने प्रायः कार्यक्रममा निम्त्याइने गायिकामध्ये उनी पर्छिन्।

पुष्पा भन्छिन्, ‘सुदूरपश्चिमका सबै जिल्ला र केही विदेशी भूमिमा पुगेर समेत गीत गाइसकें।’ उनी निरन्तर कुमाउ, गढवाल र दार्चुलालगायतका भारतीय भूमिमा र धेरै नेपाली बसोबास गर्ने सबै भारतका शहरमा गीत गाउन गइरहन्छिन्। उनको पहिलो गीत भने काँठे भाकाको थियो।  देशव्यापी गायन प्रतियोगितामा तेस्रो भएपछि  उनका अंकलका साथीले काँठे भाकाको गीत लेखिदिएर गाउन लगाएका थिए। 

Xtrem

Xtrem

त्यसपछि उनले डोरेमी संगीत पाठशाला र प्रसिद्ध संगीत गुरु चण्डीप्रसाद काफ्लेसँग लामो समय संगीत सिकिन्। संगीतको औपचारिक अध्ययनले उनलाई संगीत क्षेत्रमा टिकिरहन सघाएको हो। नत्र भने हिट हुँदा यही रहने र नहुँदा अर्कै बाटो तताउनेको लाइनमा उनको नाम पनि हुन्थ्यो। 

गीत गाउनेमात्रै होइन, आफूले जानेको संगीत सिकाउने पनि उनी गरिरहेकी छन्। केही संगीत प्रतियोगिताकी जजका रुपमा पनि उनले भूमिका निर्वाह गरेकी छन्। 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६  ०७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ?
सम्बन्धित सामग्री
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर आशिष अविरलकै संगीत रहेको गीतलाई ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको छ। गीत सार्वजनिक भएसँगै यसको भिडियोले सामाजिक सञ्जालमा चर्चा प... सोमबार, असोज १२, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्