काठमाडौं- गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘एक्लै छु म’ सार्वजनिक भएको छ। प्रशान्त पौडेलको शब्द तथा सङ्गीत, विशाल निरौलाको एरेञ्ज र नरेश विविसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो बिहीबार सार्वजनिक भएको हो।
देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा नायिका वर्षा राउत र नायक राम बाबुलाई फिचरिङ गरिएको छ। उत्सव दाहालको छयाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ।
एविएस म्युजिक प्रा.लि.को प्रस्तुति रहेको गीतले सबैको मन जित्ने निर्देशक देवेन्द्रले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।