• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २१, २०८३ Mon, May 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बाक्लियो कांग्रेस नेताहरुको जिल्ला दौड

64x64
लिलु डुम्रे बिहीबार, फागुन २२, २०७६  १४:५९
1140x725

काठमाडौं- १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै कांग्रेस नेताहरुको जिल्ला दौड बाक्लिएको छ। माघ २९ मा बसेको केन्द्रीय समिति बैठकले २०७७ फागुनमा १४ औं महाधिवेशन गर्ने सर्वसहमतिमा निर्णय गरेको थियो। फागुन १६ गतेदेखि क्रियाशील सदस्यता नविकरण तथा वितरण गर्ने कार्यसूची प्रकाशित भएसँगै जिल्ला दौडमा बढोत्तरी आएको छ। 

नेताहरुको पछिल्लो दौडलाई क्रियाशील सदस्य वितरणसँग पनि जोडिएको छ। क्रियाशील सदस्यता वितरणमा कांग्रेसको हरेक महाधिवेशनमा विवाद हुँदै आएको छ। महाधिवेशनमा नेताहरु विजयी हुनलाई कार्यकर्तालाई भर्‍याङ बनाउन आफू पक्षीयलाई सदस्यता वितरण गरेको आरोप लाग्दै आएको छ। क्रियाशील सदस्यता वितरणमा केन्द्रीय नेताहरु हाबी हुने गरेका छन्। क्रियाशील सदस्यताको बलमा निर्वाचित हुने भएकै कारण पनि नेताहरुको चासो बढ्ने गरेको छ।

महाविधेशन कार्यतालिका प्रकाशित भएसँगै वरिष्ठ नेता पौडेल पक्षका नेताहरुको जिल्ला दौड थप बढेको छ। पौडेल पक्षका नेताहरु एकत्रित भई कार्यक्रममा सहभागी हुने गरेका छन्। पार्टीको आधार क्षेत्र भन्दै कांग्रेसले अर्थ्याउँदै आएको प्रदेश २ मा पौडेल पक्षले आफ्नो नाडी छाम्ने प्रयास समेत गरेको छ। गत शनिबार आफूपक्षीय अगुवा कार्यकर्तालाई विरगन्जमा भेला गरेर पौडेल पक्ष बलियो रहेको सन्देश दिने प्रयत्न गरे। 

नेपाली कांग्रेस क्षेत्रीय समितिले गरेको कार्यक्रममा गत शनिबार पौडेल पक्ष विरगन्जमा भेला भए। नेता पौडेलसहित महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, सुजाता कोइरालालगायतका नेता विरगञ्जमा सहभागी भए। सभापति शेरबहादुर देउवाले गठन गरेका १३ विभागप्रति आपत्ति सोही स्थानबाट नेताहरुले प्रतिवाद गरे। 

‘वर्तमान राजनीतिक परिवेशमा  नेपाली कांग्रेसका चूनौती र समाधान’ विषयक छलफलको नाममा कार्यक्रम आयोजना गरिएपनि ‘निहित स्वार्थ’ भूमिका बढाउनु थियो। पौडेलले विरगन्जमा भने, ‘आशाको केन्द्र बन्नुपर्ने नेपाली कांग्रेस विकृतिहरुमा फसिरहेको छ। दलदलमा फसेको पार्टीलाई मुक्त गर्ने संकल्प मधेशबाट गर्नुपर्छ।’ 

कार्यक्रमका लागि पार्टी संस्थापन पक्षको स्वीकृति भने थिएन। संस्थापनको असहयोगको संकेत बोल्ने क्रममा नेता पौडेलले समेत गरे। अनेक धम्किका बाबजुत कार्यक्रम आयोजना गरेको भन्दै क्षेत्रीय कार्यसमितिलाई धन्यवाद दिए। संस्थापन पक्षको विरुद्धमा आरोप र असक्षमता दर्शाउँदै नेताहरुले १४ औं महाधिवेशन आफूअनुकुल गराउने प्रयास सुरु गरेका छन्। 

प्रतिपक्षीय भूमिका कमजोर,विधान उल्लंघन, विभाग गठनलगायतका विषयमा नेताहरुले सभापति देउवामाथि प्रहार गरे। सभापतिको भूमिका विधिसंगत नभएको भन्दै प्रश्न पनि उठाए। सभापति देउवालाई विपक्षी दलका नेतामा हुनुपर्ने गुण नै नभएको आरोप लगाए। विगतमा विपक्षी दलको नेता आफू पनि बनेको स्मरण गर्दै भने, ‘प्रचण्डले सेनापति हटाएर सत्ता कब्जा गर्ने बाटोमा गएपछि कांग्रेसकै विरोधले राजीनामा दिन बाध्य भए।’ कांग्रेसलाई आशाको केन्द्र बनाउन मधेशबाट अभियान सुरु गर्नुपर्ने बताए। मधेशको पक्ष र देउवाको विरोधमा समय खर्चिएका पौडेलले ताली पनि पाए। कांग्रेसको जग मधेश भएको भन्दै उपस्थितलाई फुर्क्याए।

विरगन्जबाट सोही टोली अर्को दिन हेटौंडा पुग्यो। हेटौंडामा पूर्व जिल्ला सभापतिहरुको भेलामा सहभागी भए। पूर्व जिल्ला सभापतिहरुको भेलामा संस्थापन पक्ष भने सहभागी भएको थिएन। भेलामा पौडेलसहित महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायतले सम्बोधन गरे।

nimb
nimb
Ncell 2
Ncell 2

मूलतः पार्टीको प्रभावकारिता खुम्चिएकोप्रति नेताहरुको चिन्ता थियो। महाधिवेशन नजिकिएको समयमा पार्टी सभापतिले मनोनयन गरेका विभाग प्रमुखप्रति नेताहरुको आक्रोश थियो। पार्टी सभापतिले आफू पक्षीय नेता/कार्यकर्ताको व्यवस्थापन गर्न विभाग गठन गरेको पौडेल पक्षको आशंका छ।

हेटौंडाको कार्यक्रमपछि मंगलबार नेता पौडेल विराटनगर पुगे। कृष्णप्रसाद कोइराला स्मृति परिषदले गरेको कार्यक्रममा भाग लिन नेता डा शेखर कोइराला पनि विराटनगर पुगेका थिए।

जिल्ला दौडमा सम्भवतः पहिलो स्थान ओगट्ने नेता डा शेखर कोइराला फागुन १० बाट प्रदेश ५ जिल्लाहरुमा हुने कार्यक्रममा सहभागी भए। कोइराला नेतृत्वको टोलीमा नेतृ सुजाता कोइराला, केन्द्रीय सदस्यहरु दिपक गिरी, चन्द्र भण्डारी र गगन थापा, बर्दिया कांग्रेसका सभापती संजय गौतम, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोख्रेललगायत थिए। बाँके, बर्दिया, दाङ, कपिलवस्तुमा सहभागी भएर काठमाडौंमा एक रात बिताएर विराटनगर गएका डा कोइराला फेरि पश्चिम भ्रमणमा छन्।

एक साताअघि प्रदेश ५ का जिल्लाहरु भ्रमण गरेर फर्केका शेखर प्रधानमन्त्रीसँगको भेटपछि विराटनगर पुगेका थिए। कोइराला रुकुमका कार्यक्रममा सहभागी भइरहेका छन्।

पार्टीभित्र विवाद थप बल्झिएपछि चाक्सिबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा पौडेल पक्षका नेताहरु बुधबार भेला भए। महाधिवेशन प्रभावित गर्नेगरी सभापति देउवा अघि सरेको भन्दै त्यस विरुद्ध आवाज उठाउने निर्णय गरे। साथै, पार्टी केन्द्रले बोलाएको जिल्ला उपसभापतिहरुको भेला बहिष्कार गर्ने निर्णय समेत गरे। 
 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  १४:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
रास्वपाले ल्यायो स्थानीय चुनावका लागि उम्मेदवार छान्ने नयाँ रूपरेखा (पूर्णपाठ) सभामुख अर्यालले सत्तारुढ र विपक्षी दलका सचेतकलाई बैठकमा बोलाइएको उनको सचिवालयले जनाएको छ। सोमबार, वैशाख २१, २०८३
कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन : प्रधानमन्त्री सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै उनले सरकारी जग्गा अतिक्रमण भएको क्षेत्रमा सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन... सोमबार, वैशाख २१, २०८३
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने समितिको सचिवालयले जनाएको छ । सोमबार, वैशाख २१, २०८३
ताजा समाचारसबै
रास्वपाले ल्यायो स्थानीय चुनावका लागि उम्मेदवार छान्ने नयाँ रूपरेखा (पूर्णपाठ) सोमबार, वैशाख २१, २०८३
कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन : प्रधानमन्त्री सोमबार, वैशाख २१, २०८३
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सोमबार, वैशाख २१, २०८३
मन्त्रिपरिषद बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी सोमबार, वैशाख २१, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
धोबी खोला किनारको सार्वजनिक जग्गामा बनेको ८ तले भवनमा डोजर आइतबार, वैशाख २०, २०८३
रास्वपा सचिवालय सदस्य सागर ढकालले लिए पद तथा गोपनीयताको शपथ आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्