• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

१० वर्षदेखि तलबको पर्खाइमा ‘जुद्ध म्याच फ्याक्ट्री’ का मजदूर 

64x64
विनय बाह्रकोटी बिहीबार, फागुन २२, २०७६  ०८:३१
1140x725

विराटनगर–विराटनगर रानी भन्सारको केही उत्तरमा पर्छ ‘दि जुद्ध म्याच फ्याक्ट्री’। देशकै पुरानो सलाई उद्योग मध्येको एक हो यो। 

गेटैमा ६०/६५ वर्षको जस्ता देखिने मानिस उभिइरहेका छन्। उनी सोही उद्योगमा गार्डको काम गर्दा रहेछन्। गेट बन्द छ। छेवैमा सहायक गेट छ। जहाँ को आउँछ, जान्छ कसैलाई सरोकार छैन। तर पनि उनी आफ्नो ड्युटी निर्वाह गरिरहेका छन्। उनी उभिएको गेटमा केही लेखेजस्तो देखिन्छ। तर प्रष्ट बुझिदैन। रंगीन गेट खुइलिएर सेतो टिनको पाता जस्तोमात्र देखिन्छ। 

गेटभित्र एउटा ठूलो र अर्को सानो मन्दिर छ। सानो शिवजीको मन्दिर मजदूर–कर्मचारीले निर्माण गरेका रहेछन्। ठूलो मन्दिरमा हनुमानको पुजा हुँदो रहेछ। छेवैमा रहेको विश्वकर्मा बाबाको मन्दिर पनि कर्मचारीले नै निर्माण गरेका रहेछन्। अहिले कुनै पनि मन्दिरमा पुजा हुँदैन। 

फ्याक्ट्रीको चेन गेटमा भोटे ताल्चा झुण्ड्याइएकोछ। भित्रपट्टिको ढोकामा पनि त्यस्तै ताल्चा लागेको छ। खिया लागेर ताल्चा नखुल्ने अवस्थामा पुगिसकेको छ। भवनको आधा भाग भत्कन थालिसकेको छ। १९९५ सालमा स्थापना भएको उक्त उद्योग अहिल खण्डहर बन्दै गइरहेकाे छ।

वरिपरीकोे वातावरण चकमन्न छ। फ्याक्ट्रीको पछाडी केही मानिस एकै ठाउँमा बसिरहेका थिए। उनीहरु सोही उद्योगका पुराना कर्मचारी हुन्। पहिला काम गर्न आउने उनीहरु अहिले तास खेल्नका लागि भए पनि उद्योग आउँछन्।

पछाडी चौर भएकाले गाईवस्तु चराउन खुल्ला गरिएको रहेछ। पहिला आवासको रुपमा प्रयोग भएका भवनहरु अहिले भाडामा लगाइएका छन्। तिनै भाडामा बस्ने मजदूरहरुका गाई बाख्रा चराउन थलोको रुपमा फ्याक्ट्रीको जग्गा प्रयोग भइरहेको छ। भवनका पर्खाल भत्किएर झाडी र लेउले जंगलजस्तो भएको छ। त्यस्तै भए पनि सुरक्षा गार्डहरु दिनरात खटिइरहेका छन्। 

फ्याक्ट्रीको सुरक्षाभन्दा पनि पेटको सुरक्षा उनीहरुको प्राथमिकता हो। ७ विघा १७ कट्ठा क्षेत्रफल रहेको जग्गा लिलाम हुने भएपछि  सुरक्षा गार्ड र मजदूर–कर्मचारी तनावमा छन्। जग्गासहित सम्पूर्ण सामान ४ करोडमा लिलाम हुने भएको छ। नेपाल बैंकबाट सुरुमा २५ लाख ऋण लिएको र पछि व्याज–स्याज हिसाब गरेर १ करोड पुगेको मजदूरहरु सुनाउँछन्। अहिले सारडा ग्रुपका अनिल सारडाले नेपाल बैंकले लिलाममा राखेको उक्त उद्योग लिएका छन्। तर उद्योगका मालिकले सर्वोच्चमा मुद्धा हालेपछि अहिले लिलामी प्रकृया स्थगित भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

आफुहरुले तलब नै नपाई उद्योग लिलाम भएको सुनेपछि मजदूरहरु चिन्तित छन्। सुरुदेखि नै गार्डको काम गर्दै आएका मानबहादुर गुरुङ दैनिक बिहान १० बजेदेखि २ बजेसम्म ड्युटी गर्छन्। पछिल्लो समय मासिक ३ हजारमा उनी काम गरिरहेका छन्। पहिला अफिस तथा आवासमा प्रयोग भएका भवनबाट केही पैसा भाडा उठ्छ। प्रदेश प्रहरीले दुईवटा भवन क्वार्टरका रुपमा प्रयोग गर्दै आएको छ। त्यसैबाट उठेको पैसा सुरक्षा गार्डले तलबबापत लिन्छन्।  

नरबहादुर मगर बिहान ६ बजेदेखि १० बजेसम्म उद्योग परिसरमा घुम्छन्। उनीसहित अरु ३ जना गार्ड छन्। उत्पादन बन्द भएपछि पनि २० जनाभन्दा बढी मजदूर सरसफाईलगायत काममा लाग्दै आएका थिए। बहुदल आएपछि नयाँ सरकार बन्यो। वन मन्त्रालयबाटै रुख काट्न नदिने निर्देशन जारी भयो। पछि रुख किनेरै सलाई उत्पादन गर्ने काम सुरु भयो।

त्यसका लागि मजदूरलाई नै मालिक बनाउने भन्दै लिमिटेडको शैलीमा चलाउन सुरु गरियो। २०४९ देखि ०६१ सालसम्म मजदूरको सेयर हालेर उद्योग चलाउने भनियो। त्यत्तिकैमा ०६१ भदौदेखि उद्योग बन्द भयो। पछि कर्मचारीहरुले श्रमको आधा रकम सेयर हाल्ने भएपछि ०६२ जेठदेखि पुनः फ्याक्ट्री सञ्चालनमा आयो।

त्यसपछि मजदूरभित्र राजनीतिक समीकरण चल्न थाल्यो। सञ्चालक समितिमा कुन–कुन पार्टीका मान्छे जाने भन्ने तानातान सुरु भयो। कांग्रेस, एमाले र माओबादीसम्बद्ध कर्मचारी युनियन चल्न थाल्यो। त्यत्तिकैमा सलाई उत्पादन हुने भन्दा पनि फ्याक्ट्रीमा हड्ताल सुरु भयो। अनि, २०६६ साउनदेखि पूर्ण रुपमा बन्द भयो।

अहिले अधिकांश कर्मचारी तलब पाउने आशमा बसिरहेका छन्। आफूले लगानी गरेको पैसा र बाँकी समयको तलब पाउने आश अझै मरेको छैन भन्छन् राजु श्रेष्ठ। उनी आफैं पनि सञ्चालक समिति सदस्य हुन्। समितिमा भएपनि कहाँ के भइरहेको छ भन्नेबारे आफू बेखबर रहेको उनी बताउँछन्।  

नरबहादुर मगर सोही उद्योगमा काम गरेका पूर्वकर्मचारी हुन्। अहिले उनैले भाडा उठाउने र अरु कर्मचारीलाई दिने गर्छन्। आफूले तलबबापत लगानी गरेको पैसा आउने आश गरेर बसेका छन् उनी। उनीजस्तै १ सयभन्दा बढी कर्मचारी १० वर्षदेखि तलबको पर्खाइमा उद्योगको गेट चिहाएर बसिरहेका छन्। 

यो पनि पढ्नुहोस

जुद्ध म्याच फ्याक्ट्रीको जग्गामा चलखेल, १५ करोडको जग्गा ४ करोडमै लिलाम

 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  ०८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विनय बाह्रकोटी
विनय नेपाल लाइभका संवाददाता हुन्।
लेखकबाट थप
किसानलाई कोरोनाको भन्दा फौजी किराको तनाव 
नेतृत्वमात्र होइन, पुस्ता नै परिवर्तन
विराटनगरमा उपचाररत ६ जना कोरोना संक्रमित डिस्चार्ज
सम्बन्धित सामग्री
सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्यारेजका २४ ढोका खोलिए पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च सतर्कता अपनाइएको छ । सोमबार, भदौ २२, २०८३
काठमाडौंमा विस्तार हुँदै रात्रिकालीन यातायात सेवा, २८ बस र ६ रुट थप्न प्रस्ताव महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले रात्रिकालीन यातायातलाई व्यवस्थित र दिगो बनाउन अन्तरनगर यातायात सञ्जाल विकास गरिने बता... सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना सोमबार काठमाडौँको माइतीघरमा भेला भएका पीडित परिवारहरूले बाढी आएको लामो समय बितिसक्दा पनि त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धार कार्य प... सोमबार, भदौ २२, २०८३
ताजा समाचारसबै
सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्यारेजका २४ ढोका खोलिए सोमबार, भदौ २२, २०८३
काठमाडौंमा विस्तार हुँदै रात्रिकालीन यातायात सेवा, २८ बस र ६ रुट थप्न प्रस्ताव सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना सोमबार, भदौ २२, २०८३
‘पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्’ : सभामुख अर्याल सोमबार, भदौ २२, २०८३
चीनतर्फको बाढी प्रभावित क्षेत्रमा विदेशी पत्रकारहरुको भ्रमण : उद्धार तथा राहत कार्यको प्रशंसा सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्