काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले देशको अर्थतन्त्र नबिगारेको बताएका छन्। केही दिनअघि सरकारले ल्याएको आर्थिक श्वेतपत्रलाई इंगित गर्दै उनले यस्तो बताएका हुन्।
नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका सिंहले कांग्रेसले आफ्नो सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याए आगामी चुनावमा नेतृत्वमा आउन सक्ने बताए।
उनले संविधान निर्माणदेखि त्यसको कार्यान्वयनका लागि कांग्रेस नेतृत्वको सरकारले तीन तहको चुनाव सफल बनाएको बताए।
सो अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहालले ८ वटा संस्थाबाट सुरु गरेको युनियनमा अहिले ४५ संस्था संलग्न रहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।