• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख ७, २०८३ Mon, Apr 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा शक्ति संघर्षको चेपुवामा लीलामणि: ललिता र नेपाल ट्रष्ट प्रकरणले थिए विवादमा

64x64
नेपाल लाइभ आइतबार, फागुन १८, २०७६  २३:३६
1140x725

काठमाडौं- करिब एक वर्ष पदावधि बाँकी रहँदै सरकारले चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई नेपाल फिर्ता बोलाउने निर्णय गरेको छ। फिर्ताको निर्णय आइतबार गरिए पनि उनलाई किन फिर्ता बोलाइएको भन्ने विषयमा भने केही पनि खुलाइएको छैन। २०७३ कात्तिकमा चीनका लागि राजदूत नियुक्त भएका उनको कार्यकाल २०७७ कात्तिकसम्म थियो। पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री भएको बेला उनलाई राजदूतमा सिफारिस गरिएको थियो।

आइतबारकै मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूतमा महेन्द्र बहादुर पाण्डेको नाम सिफारिस गरेको छ।

पौडेल काङ्ग्रेस-माआवादी सरकारको बेलामा राजदूत भएका थिए। पहिलो पटक प्रधानमन्त्री हुँदा केपी ओलीले चीनका लागि पाण्डेको नाम सिफारिस गरे पनि गठबन्धन बदलिएर माआवादी-कांग्रेसको सरकार बनेपछि उनको नाम हटाइएको थियो।

सत्ताधारी दलकै अध्यक्ष प्रचण्ड हुँदा उनकै पालामा राजदूत बनेका पौडेललाई फिर्ता बोलाउने निर्णयलाई नेकपामा चलिरहेको शक्ति संघर्ष र त्यसको व्यवस्थापनको अभ्यासको रुपमा पनि हेरिएको छ। पछिल्लो समय आफूलाई घेराबन्दी गर्दै लगेका प्रचण्डलाई धक्का दिन सो निर्णय भएको हुन सक्ने सम्भावना पनि उत्तिकै छ।  

पाण्डे माधव नेपाल निकट नेता मानिन्छन्। पछिल्लो समय भने उनी केपी गुटमा गएका थिए।

ललिता र मातातीर्थमा विवादित
लामो समय निजामती सेवामा रहेर मुख्यसचिवसम्म भएका उनी कमै विवादमा आए पनि ललिता निवास जग्गा प्रकरणमा उनले खेलेको भूमिका र नेपाल ट्रष्टको नाममा रहेको १ सय ७२ रोपनी जग्गा मोही भन्दै व्यक्तिको नाममा पास गर्ने निर्णयले भने विवादमा तानिएका थिए।

यी दुवै निर्णयमा उनले मुख्यसचिवको हैसियतमा प्रस्ताव मन्त्रीपरिषद्‍मा लगेका थिए। मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन पनि उनले दिएका थिए।

यो पनि पढ्नुहोस्

nimb
nimb
Ncell 2
Ncell 2

नेपाल ट्रष्टको मातातीर्थ र थानकोटको १७० रोपनी जग्गा पनि व्यक्तिका नाममा [सूचीसहित]

यी दुवै निर्णयको बेलामा डा बाबुराम भट्टराई प्रधानमन्त्री थिए। २०६९ भदौमा तत्कालीन प्रधानमन्त्री डा भट्टराईको नेतृत्वको सरकारले ट्रष्टको नाममा रहेको मातातीर्थ र थानकोटको १ सय ७२ रोपनी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गरेको थियो। 

उनका पालामा काठमाडौंको थानकोट र मातातीर्थमा रहेको नेपाल ट्रष्टको एक सय ७२ रोपनी जग्गा ७८ जनाका नाममा नामसारी गराउने काम गैरकानुनी भएको नेपाल ट्रस्टका अध्यक्षसमेत रहेका रक्षामन्त्री इश्वर पोखरेलले सार्वजनिक रूपमा बताइसकेका छन्। 

उनले गत मंगलबार ‘नेपाल ट्रष्टको सम्पत्ति व्यवस्थापनसम्बन्धी तथ्य विवरण’ सार्वजनिक गर्दै मातातीर्थको ५९ रोपनी १ आना ३ दाम, थानकोट महादेवस्थानको १ सय २ रोपनी ३ दाम, सतुंगलको १ रोपनी ६ आना १ दाम, र बालाजु (इचंगु)को १० रोपनी ६ आना १ दाम गरी कुल १ सय ७२ रोपनी १५ आना जग्गा नक्कली मोही खडा गरी कानुनविपरीत नामसारी भएको पाइएको बताएका थिए।

यो पनि पढ्नुहोस्

डा बाबुरामको निर्णयले नेपाल ट्रष्टको १७० रोपनी जग्गा पाउने मोही को-को हुन्? [सूचीसहित]

‘नेपाल ट्रष्टको सम्पत्ति कहीँकतै कानुनविपरीत प्रयोग र संचालन भएको छैन। १ सय ७२ रोपनी जग्गा कुन सरकारको पालामा कसरी नक्कली मोही खडा गरेर नामसारी भएको छ भनेर हामीले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगलाई जानकारी गराएका छौं,’ उनले भनेका छन्, ‘नेपाल ट्रष्टले भर्खरै मात्र त्यो थाहा पाएर औपचारिक ढंगले उजुरी गरेका छ।' 

'ट्रष्टको नाममा कायम भईसकेका जग्गा व्यवस्थापन गर्ने सम्बन्धमा ट्रष्ट ऐन, २०६४ को दफा १३ र दफा २४ ले व्यवस्था गरे बमोजिम हुनुपर्नेमा सो प्रक्रिया पूरा गरेको नदेखिएकोले मोही कायम भएका काठमाडौंको मातातीर्थ, थानकोट महादेवस्थानलगायत जग्गा प्रक्रिया पूरा गरी ट्रष्टको नाममा कायम हुन आवश्यक देखिन्छ,' स्वेतपत्रमा भनिएको छ।

बालुवाटारमा पनि
बालुवाटारको ललिता निवासको जग्गा अपचलनका केही निर्णय बाबुराम प्रधानमन्त्री हुँदाताका भएका थिए। त्यो बेला लीलामणि नै मुख्यसचिव थिए।

नक्कली गुठीको नाममा बालुवाटारको करिब चार रोपनी जग्गा नामसारी गरेर अपचलन भएको अख्तियारको अनुसन्धानमा खुलेको छ। अख्तियारले नीतिगत निर्णय हेर्न नमिल्ने भन्दै डा बाबुरामलाई प्रतिवादी बनाएको भने छैन। लीलामणिसँग बयान लिएर पनि प्रतिवादी बनाएन। र प्रतिवादी नबनाउनुको कारण पनि खुलाएको थिएन।

यो पनि पढ्नुहोस्

ललिता निवास छानबिनमा ‘अख्तियारले नदेखेको’ लीलामणिको त्यो पत्र

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  २३:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाको महामन्त्री बने भूपदेव शाह
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
दलभन्दा माथि उठेर काम गर्न संसदीय समितिका सभापतिहरूलाई सभामुख अर्यालको आग्रह
सम्बन्धित सामग्री
पार्टीका सबै नेताहरूलाई मिलाएर लैजान संवादमा छु, गुट स्वीकार्य हुँदैन : गगन थापा बागमती प्रदेशस्तरीय चुनावी समीक्षा बैठकमा बोल्दै एकताबद्ध भएर पार्टी १५औँ महाधिवेशनमा जाने बताए । सोमबार, वैशाख ७, २०८३
रास्वपाद्वारा लेवी संरचनामा संशोधन पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार अब सांसदहरूले मासिक १५ हजार रुपैयाँ लेवी बुझाउनुपर्ने व्यवस्था गरिएको प्रवक्ता मन... सोमबार, वैशाख ७, २०८३
रास्वपाको महामन्त्री बने भूपदेव शाह प्रधानमन्त्री बालेन शाह निकट उनी सोमबार बसेको केन्द्रीय समिति बैठकबाट अनुमोदित भएका हुन् । सोमबार, वैशाख ७, २०८३
ताजा समाचारसबै
पार्टीका सबै नेताहरूलाई मिलाएर लैजान संवादमा छु, गुट स्वीकार्य हुँदैन : गगन थापा सोमबार, वैशाख ७, २०८३
रास्वपाद्वारा लेवी संरचनामा संशोधन सोमबार, वैशाख ७, २०८३
रास्वपाको महामन्त्री बने भूपदेव शाह सोमबार, वैशाख ७, २०८३
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल सोमबार, वैशाख ७, २०८३
दलभन्दा माथि उठेर काम गर्न संसदीय समितिका सभापतिहरूलाई सभामुख अर्यालको आग्रह सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने देउवा पक्षको तयारी आइतबार, वैशाख ६, २०८३
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी सोमबार, वैशाख ७, २०८३
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्