काठमाडौं–सामसङले आफ्नो नयाँ दुई फोन सेट ग्यालेक्सी एस २० र एस २० प्लसको अग्रिम बुकिङ खुला गरेको छ। फागुन ३० गतेसम्म बुकिङ गर्नेले उक्त मोबाइल फोन प्राप्त गर्ने सामसङले जनाएको छ। फ्ल्यागसिप डिभाइसमा आधारभूत परिवर्तन गरि थप सहजता प्रदान गरेको कम्पनीले जनाएको छ।
नेपाली बजारमा ग्यालेक्सी एस २० एक लाख ७ हजार ४ सय ९९ रुपैयाँ र एस २० प्लस एक लाख १९ हजार ४ सय ९९ रुपैयाँमा खरिद गर्न सकिनेछ। ग्यालेक्सी एस २० सिरिजमा प्रयोग गरिएको क्यामेरा विश्वको पहिलो आविष्कार हो। जसले उच्चस्तरीय फोटो एवं भिडियो सम्पादन गर्न सक्नेछ।
सामसङ ग्यालेक्सी एस २० सिरिजले भिडियोग्राफी र फोटोग्राफीलाई नयाँ ढंगले प्रस्तुत गरेको छ। यस फ्ल्यागसिप डिभाइसमा रहेको सेन्सर र प्रविधिले भिडियो र फोटो खिच्न झन् सजिलो बनाएको छ।
यस सिरिजमा ६४ मेगा पिक्सलको क्यामरा र सेन्सर राखिएको छ। दुवैमा सुपर जुम ३० एक्स सम्मको रहेको छ। नयाँ अर्डरका लागि सामसङको स्टोरहरुमा सम्पर्क गरि ५ हजार रुपैयाँ भुक्तानी गर्नु पर्नेछ। ग्राहकले कस्मिक ग्रे, ब्ल्याक र क्लाउड ब्लु रङमा पाउने छन्।
अग्रिम अर्डर गर्नेले ग्यालेक्सी बड्सप्लस निःशुल्क वा ३२ इन्चको सामसङ टिभी ५ हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन्। साथै उक्त ग्राहकहरुले उपहारस्वरुप टर्किस एअरलाइन्समा, एस ट्राभल्सको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्याकेजहरुमा, लेट मी इनका सेवाहरुमा, वयोधा हस्पिटलमा एवं केजिएस ग्रुपको प्रोपर्टिजमा भारी छुट पाउने छन्। उक्त मोबाइलको १२ महिनासम्मको बिमा हुनेछ। विभिन्न बैंकहरुबाट मासिक किस्तामा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
अग्रिम बुकिङ गर्नेहरु मध्येबाट लक्की ड्र गरि टर्किस एयरलाइन्सको तर्फबाट दुईतर्फी बिजनेस क्लास टिकेट, ग्यालेक्सी वाच एक्टिभ दु, केजीएच ग्रुपको वाटर फ्रन्ट रिसोर्ट वा हिमालयन फ्रन्ट होटेलमा दुई रात बस्न पाउने छन्। साथै लेट मी इनका तर्फबाट ५ हजार बराबरको कुपन पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।