• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २०, २०८२ Thu, Nov 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

ढल्यो टकलाको अपराध राज : बम विष्फोटमा जन्मकैद, अब भ्रष्ट पनि ठहर

मधेस आन्दोलनले जन्माएका खलनायकले लेखापालसँग बदला लिन रचेको जाल चुकेपछि ढलेको मधेसको एक अपराधको साम्राज्य
64x64
दुर्गा दुलाल बिहीबार, फागुन १५, २०७६  २३:१९
1140x725

काठमाडौं- कुनै समय जनकपुरमा एकछत्र रजगज थियो सञ्जय साह (टकला) को। आर्थिक, राजनीतिक दुवैतिर पावरफुल। पार्टीको मतलवै भएन। टिकट पायो कि जित पक्का। उनी बजारमा निस्कदा सब थर्कमान हुन्थे। यसैको बलमा सांसददेखि राज्यमन्त्री समेत बनेका उनको त्यो बैभव गर्लम्मै ढलिसक्यो। जन्मकैद पाएर कारागार बसिरहेका उनी बुधबारबाट भ्रष्ट र अकुत सम्पत्तिका मालिक समेत ठहरिए।

यो अवस्था आउनुको प्रमुख कारण उनको आपराधिक साम्राज्य त हो नै। एक सरकारी कर्मचारीसँगको दुश्मनी पनि कारक हो। सरकारी कर्मचारीसँगको दुश्मनीका कारण बदला लिन खोज्दा नचिताएकै घटना भयो जसले उनको काला कामको पोल खोल्यो र अपराधको साम्राज्य गर्लम्मै ढल्यो।

लेखापालसँगको दुश्मनीले डुबायो

टकलालाई अहिलेको अवस्थामा ल्याउने मुल चुरो त उनको आपराधिक यात्रा नै हो। यसलाई सल्काउने काम गर्‍यो अर्का उस्तै चलाख सरकारी कर्मचारी धनुषा जिविसका सह-लेखापाल जीवनाथ चौधरीसँगको दुश्मनीले।

जानकी मन्दीरको नाममा रहेको जग्गा कब्जाको प्रतिस्पर्धाबाट यी दुवैको दुश्मनीको यात्रा सुरु भएको थियो। दुश्मनी बढ्दै जाँदा दुवै एक अर्कालाई सिध्याउनेसम्मको चरणमा पुगे।

चौधरीको पृष्ठभुमी पनि आपराधिकै छ। २०२७ मा महोत्तरीको नैनही-२ बासोपट्टीमाका चौधरी  रामानन्द युवा क्लबमार्फत कांग्रेस नेताहरूसँग सम्बन्ध जोडेका थिए। २०४९ को स्थानीय निर्वाचनमा कांग्रेसका रामसरोज यादवलाई जिविस सभापति बनाउन सघाएपछि उनी जिविसमा सहलेखापाल भए। 

त्यहीबाट साह र उनको सम्बन्ध सुरु भयो। उनी जिविसका ठेक्कामा साहका 'पार्टनर' बने। उनी जिविसको ठेक्का कसलाई दिने कसलाई नदिने भन्ने हैसियतसम्म पुगे र साहसँगको सम्बन्ध बिग्रियो। 

२०६२/६३ को जनआन्दोलन र मधेश आन्दोलनताका रामानन्द युवा क्लबको अध्यक्ष भएर उनले राजनीतिक प्रभाव समेत बढाए। रियल स्टेट व्यापारमा प्रवेश गरे।

Ncell 2
Ncell 2

जनकपुरको विभिन्न मठ-मन्दिर-कुटीका महन्त र तिनको नाममा रहेको गुठीको जग्गा कब्जा गर्न थाले। उनको साहसँगको दुश्मनी बढ्दै थियो। दुवै बदलाको मुडमा थिए।

साहले चौधरीसँग बदला लिन रचेको अपराधकर्म असफल हुँदा उनको सबै पोल खुल्यो।

निर्दोषको ज्यान लिने त्यो घटना

भाषाको संरक्षणको माग गर्दै रामानन्द चोकमा कलाकर्मीहरु धर्नामा थिए। २०६९ वैशाख १८ गते उनीहरुको धर्नास्थलमा बम पड्कियो। रिमोट कन्ट्रोलमार्फत् विस्फोट गराइएको आरडीएक्सयुक्त बममा परेर ५ जनाको ज्यान गयो। घटनाको भुमिगत सशस्त्र समूहले जिम्मा लिए पनि प्रहरीले पत्याएको थिएन।

घटनामा संलग्न हुनसक्ने केही व्यक्ति प्रहरीको निगरानीमा थिए। एक थिए तराई जनतान्त्रिक पार्टी मधेश नामक भूमिगत संगठनका अध्यक्ष मुकेश चौधरी।

लुक्दै बसेका चौधरी २०७० फागुनमा पक्राउ परे। उनको पक्राउपछि बम काण्डमा साह पोलिए। त्यो बेला उनी सभासद् नै थिए।

अनुसन्धानमा प्रहरीले बम पड्काउन ६० लाख रुपैयाँको ‘डिल’भएको क्लु फेला पारेको थियो। उद्देश्य धनुषा जिविसका सह-लेखापाल चौधरीको हत्या। तर भाग्यले उनी बाँचे। धर्नामा बसेका मरे।

चौधरीको प्रारम्भिक बयानका आधारमा प्रहरीले पहिले ओमप्रकाश यादवलाई पक्राउ गरेको थियो। यादवले विस्फोट योजनाकै सिलसिलामा साहले दिएको ८ लाख रुपैयाँ मुकेशलाई भारतमा गएर दिएको बयान दिए। 

त्यसबापत साहले मुकेशलाई ६० लाख रुपैयाँ दिने वाचा गरेका थिए। बम पड्किए पनि चौधरी बाँचे। अनी घटनाले अर्कै रुप लियो। 

बाहिरियो अडियो
साहले उनलाई वाचा गरेको रकम नदिएपछि विस्फोट योजना बनाउने क्रममा साह र मुकेशबीच भएको टेलिफोन वार्ताको अडियो लिक भयो। विस्फोटपछि सभासद् साह र मुकेशको सम्बन्ध झन् बिग्रियो।

मुकेशले विस्फोटको केही समयपछि आफ्नो सम्पर्कमा रहेका केही पत्रकारलाई साहले आफूलाई धोका दिएको बताएका थिए। यसका साथै आफ्ना सबै मान्छे पक्राउ गराइदिएको भन्दै उनलाई सिद्ध्याइदिने चेतावनी दिँदै हिँडे। साहले पनि आफूलाई मुकेशले फसाउन खाजेको बताउँदै आएका थिए।

उनीहरूको टेलिफोनवार्ता समेटिएको समाचार बाहिर आएपछि प्रहरीले अनुसन्धान गरी उक्त वार्ता सभासद् साह र मुकेशकै भएको प्रमाणित गरेको थियो।

समाचार प्रकाशित भएको ४ दिनपछि प्रहरीले सभासद् साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। 

ओमप्रकाश यादव पक्राउ परेको सूचना पाएलगत्तै साह कोठामै मोबाइल छाडेर काठमाडौंबाट फरार भए। आफ्ना सहयोगीमार्फत् जनकपुरमा सम्पर्क गरिरेहका सञ्जयलाई विस्फोट भएको दुई वर्षपछि प्रहरीले दिल्लीबाट पक्राउ गर्न सफल भयो। 

प्रहरी अनुसन्धानबाट सभासद साह र मुकेशबीच पुरानो सम्बन्ध रहेको देखियो। प्रहरी अनुसन्धानअनुसार साहले प्रयोग गरेका मोबाइल नम्बर ९८५४०२०२०७, ९७२१५४९८३८ र ९८१६८८४५५१ तथा मुकेश चौधरीले प्रयोग गरेका भारतीय फोन नम्बर ८०९०३७५५६९ र ९१२५३१४७९९ बीच २ सय ४० मिनेटभन्दा बढी कुरा भएको देखियो। विस्फोट भएको दिन उनीहरूबीच ७ पटक कुरा भएको थियो। त्यस बेला एक सातामा ६५ पटक साहले चौधरीसँग कुरा गरेका थिए।

यिनै प्रमाणको आधारमा टेकेर पूर्वमन्त्री साह योजनाकार रहेको दाबी गर्दै सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गर्‍यो।  कार्यालयले २०६९ जेठ २९ मा ८ जना र २०७० चैत २४ गते साहसहित ६ जनाविरुद्ध पूरक अभियोगपत्र दायर गरेको थियो।

बम विस्फोटको मुद्दामा २०७५ चैतमा सोही अभियोगमा साहले जन्मकैद पाए।

भुमिगत समूहका सरदार

अनुसन्धानमा साहले मधेसमा रहेका भूमिगत आपराधिक समूह र पार्टीसँग समेत साँठगाँठ राखेको खुलेको थियो।

त्यसमा प्रमुख हुन्, आकाश त्यागी भनिने श्रीराम यादव, पृथ्वीसिंह भनिने श्याम यादव, अर्जुन सिंह र प्रकाश विद्यार्थी भनिने मुकेश चौधरी। मुकेश र श्रीरामले भूमिगत हुनुभन्दा अगाडि पनि सञ्जयकै गुन्डागर्दीको फर्ममा कार्य गरेका थिए।

यी भूमिगत समूहलाई परिचालन गरेर साहले जनकपुर क्षेत्रका उद्योगी, व्यापारी, निर्माण व्यवसायी, सरकारी कार्यालयका प्रमुख र अन्य कर्मचारीलाई धम्क्याई मोटो रकम असुली गर्दै आएको र रकम दिन नमाने हत्या गर्ने गरेका थिए।

२०६० जेठ ३० गते धनुषाको सखुवा महेन्द्रनगरमा डकैती गरेको आरोपमा साहलाई १ वर्ष नौ महिना कैद सजाय सुनाइएको थियो। त्यतिबेला साहको साथबाट हतियार बरामद भएपछि हातहतियार तथा खरखजाना मुद्दामा उक्त कैद सुनाइएको थियो। साहमाथि आफ्नै गाडी चालक नन्दकुमार राउतको हत्या गरेको आरोप पनि छ। राउत परिवारले साहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेका छन्।

अर्बौंका मालिक
बेलाबेला सार्वजनिक अपराधमा पक्राउ पर्दै छुट्दै आएका सञ्जय ‘टकला’ले  अन्ततः ५ जनाको मृत्यु र ३२ जना घाइते बनेको जनकपुर बम काण्डमा मुछिएर जन्मकैदको सजाय पाए। 

उनलाई २०७१ वैशाखमा प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेसँगै उनी संलग्न थप अपराधका रहस्यमात्रै खुल्न थालेनन्, यसबीचमा उनले कमाएको अवैध आर्जनको ग्राफसमेत अचम्मैसँग बढेको देखियो।

२०६९ को जनकपुर बम काण्डदेखि २०६६ मा भएको सञ्चार उद्यमी अरूण सिंघानियाको हत्यासम्मका घटनाका मुख्य योजनाकार भनिएका साहले आपराधिक दुनियाँबाटै आर्थिक साम्राज्य खडा गर्न सफल भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानले देखाएको थियो।

सामान्य किसान पृष्ठभूमिका साहको परिवार डेढ दशकमै एक अर्ब रुपियाँ बराबरको सम्पत्तिको मालिक बन्न सफल भए। 

यसप्रति अनुसन्धान अधिकारीहरू नै अचम्मित भएका थिए। तत्कालीन ब्युरोका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम पराजुली भन्छन्, ‘सामान्य परिवारको मानिस एकाएक अर्बको मालिक बनेको देखिन्छ। जुन अस्वाभाविकमात्रै होइन, हाम्रो सन्दर्भमा त असम्भव नै हो।’

सम्पत्ति शुद्धीकरणमा दोषी ठहर 
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७४ चैत २६ गते विशेष अदालतमा साहविरुद्ध दोस्रो मुद्दा दायर गरेको थियो। 

विभागले साहले गैरकानुनी रुपमा डर धम्की देखाएर चन्दा र जबर्जस्ती असुलीमार्फत् सम्पत्ति आर्जन गरेको दाबी गरेको थियो भने सम्पत्ति शुद्धीकरण विभागले सञ्जय साहका नाममा रहेका विभिन्न सम्पत्तिहरु रोक्का गर्दै अनुसन्धान गरेको थियो।

साहले आर्जन गरेको सम्पत्ति आफन्त तथा सहयोगीहरुका नाममा हस्तान्तरण गरेको विभागको दाबी थियो।

साहको बैंक खाताको विवरण विश्लेषण गर्दा निरन्तर नगद लेनदेनको कारोबार भएको अन्य व्यक्तिको सम्पत्तिको अनुसन्धान गर्नुपर्ने भएको, जिल्ला प्रहरी कार्यालय धनुषाबाट आफ्नो कार्यक्षेत्रभित्र बसोबास गर्ने निज साहको घर परिवारतर्फका सहयोगी र कामदारको नामनामेसीसहित विवरण प्राप्त भएको विभागको आरोपपत्रमा उल्लेख छ।

विभागले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति तथा साधन बाबु साधुसाह सुडी, आमा दुलारीदेवी साह, श्रीमती रंगीलाकुमारी साह, भाइरामकुमार साह, मनोजकुमार सिंह, निलम सिंह, राममिलन राउत कुर्मी, ओमप्रकाश यादव, सुजितकुमार पाण्डे समेतका कूल १२ जना प्रतिवादीहरु समेतको मिलेमतोमा  लुकाएको दाबी गरेको थियो।

साहले घरजग्गा, फर्म, कम्पनीको सेयर, सवारी साधनहरुमा लगानी गरी अपराधजन्य कार्यबाट आर्जित सम्पत्तिको गैरकानुनी स्रोत लुकाइछिपाई नयाँ कानुनी स्रोत, स्वामित्वसमेत सिर्जना गरी वैधानिक स्रोतको देखाई सम्पत्ति शुद्धीकरण गर्ने बदनियतले साविक सम्पत्ति शुद्धीकरण गरेको विभागको आरोपपत्रमा उल्लेख छ।

५२ करोडको घरजग्गा

आपराधिक जालो जतिजति फिँजिदै गयो, उनको सम्पत्ति पनि अस्वाभाविक रूपमा बढ्दै गएको देखिन्छ। २०५५ अघिसम्म साह परिवारका नाममा जनकपुर नगरपालिका क्षेत्रमा एक टुक्रा जग्गा थिएन।

त्यतिन्जेल जनकपुरबाट दक्षिणपूर्व करिब सात किलोमिटर टाढा रहेको उनको पुर्ख्यौली गाउँ लोहनामा १५ कठ्ठा २ धुर जग्गा उनीसँग रहेको कागजातबाट देखिन्छ। पछि भने उनको आर्थिक साम्राज्य धनुषादेखि काठमाडौंसम्म फैलिएको देखियो। मुख्यमुख्य सहरका महँगा क्षेत्रमा प्रशस्तै जग्गा जमिन उनको नाममा देखियो।

विशेष अदालतमा दायर भएको सम्पत्ति शुद्धीकरणको अभियोगपत्रका अनुसार साहले आफ्नो बाहेक बुबा साधु साह सुडी, श्रीमती रंगिलादेवी साह र आमा दुलारीदेवी साहका नाममा चल/अचल सम्पत्ति जोडेका थिए।

धनुषामा मात्रै साह परिवारको दुई बिघा जमिन छ। जनकपुर नगरपालिकाभित्रै १० ठाउँमा गरी उनले करिब १० कठ्ठा जग्गा जोडेका छन्। घरजग्गा व्यवसायीहरूका अनुसार जनकपुर बजार क्षेत्रमा अहिले प्रतिधुर १५ देखि ३० लाख रुपैयाँमा जग्गा किनबेच हुन्छ। प्रतिधुर औसत २० लाख रुपैयाँ मान्दा १० कठ्ठा जग्गाको मूल्य ४० करोड बराबर हुन्छ।

जनकपुरको मुटु मानिने जनकपुरधाम क्षेत्रमा मात्रै साहले ३४ धुर जग्गा जोडेका  थिए  र यहीँ उनले आलिसान घर पनि बनाएका छन्। धनुषाकै भरतपुर-४ मा एक बिघा जमिन भेटिएको छ भने मिथिला नपाको नक्टाझिजमा १० कठ्ठा।

यो क्षेत्रमा प्रतिकठ्ठा सालाखाला १५ लाख रुपैयाँ पर्छ। यस हिसाबले साहको जग्गा यी क्षेत्रमा मात्रै डेढ करोड रुपैयाँको छ।

उनले सर्लाहीको विष्णुपुरमा पूर्वपश्चिम राजमार्ग किनारमै करीब ९ कठ्ठा घडेरी जोडेका छन्। यस क्षेत्रमा प्रतिकठ्ठा जग्गाको ४० लाख रुपैयाँ बढी पर्छ। यस हिसाबमा उनको जग्गा करीब ४ करोड रुपैयाँ बराबरको हुन्छ। 

जन्म कैदसँगै भ्रष्टाचार र सम्पत्ति शुद्दिकरणमा समेत दोषी ठहर भएपछि अब टकलाको राजनीतिक यात्राको सम्भावना सक्कियो। तर टकलारुपी अन्य सक्रिय नै छन् राजनीतिमा।

उनकै नाममा ललितपुरको नखिपोटमा १ रोपनी २ आना जग्गामा साढे दुई तलाको घर छ। यस जग्गाको मूल्यमात्र प्रचलित दर २० लाख प्रतिआनामा हिसाब गर्दा ३ करोड ६० लाख हुन्छ।  

दर्जन कम्पनीका मालिक 
चल र अचल सम्पत्ति जोड्ने क्रममा उनले थुप्रै कम्पनीमा लगानी पनि गरेको पाइएको छ। साहका नाममा मात्र ९ वटा कम्पनी दर्ता छन्।

कम्पनीहरू हेर्दा यस्तो लाग्छ, उनीजति विविधतायुक्त क्षेत्रमा दख्खल भएको अर्को व्यवसायी नै यो मुलुकमा छैन।

निर्माण व्यवसाय, वित्तीय कम्पनी, पेट्रोल पम्पदेखि मेडिकल क्षेत्रसम्म उनले व्यापारिक पहुँच बनाएका छन्। केही कम्पनीका त विभिन्न ठाउँमा शाखा कार्यालय समेत खोलिएका छन्।

ध्रुवतारा कन्स्ट्रक्सन, मिथिला मनी ट्रान्सफर, वीरेन्द्र इन्स्टिच्युट अफ मेडिकल एन्ड टेक्नोलोजी, केबी पेट इन्डस्ट्रिज, सारस इन्भेस्टमेन्ट प्रालि, क्लाउड नाइन नेपाल, गंगासागर ग्रुप अफ इन्स्टिच्युसन, कर्णाली बिल्डर्स र मिथिला आयल स्टोर्समा साहको लगानी भेटिएको छ।

यीमध्ये ध्रुवताराको चितवनमा, केबी पेटको लगनखेल, ललितपुरमा शाखा कार्यालय छन्। बाँकी सबै धनुषा जिल्लाबाटै कारोबार गर्ने कम्पनी हुन्।

मिथिला आयल स्टोर्स नामक पेट्रोल पम्प उनले बुबा साधु साह सुडीका नाममा दर्ता गरेर चलाइरहेका थिए। यही फर्मका नामबाट साहले नेपाल प्रहरीको रासन ठेक्काको काम समेत गर्थे।

साहले आफू चढ्नका लागि विलासी गाडी एसयूभी (स्पोर्ट्स युटिलिटी भेहिकल) र टाटा एरिया प्राइड प्रयोग गर्थे। यसको मूल्य अहिले नेपाली बजारमा ६० लाख रुपैयाँभन्दा बढी थियो। उनीसँग महिन्द्राकै दुईवटा एक्जाभेटर समेत थिए उनको अर्को गाडी निसान पिकअप पनि थियो। 

१९ करोड ४४ लाख अवैध सम्पत्ति
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्जय साहविरुद्ध अवैध रुपमा सम्पति आर्जन गरेको अभियोगमा विशेष अदालतमा समेत मुद्दा दायर गरेको थियो। 

३१ करोड ५० लाख बराबरको रकम अवैध रुपमा कमाएको दाबी गर्ने उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ पुष २०७३ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेषले ४ वर्ष कैद र १९ करोड ४४ लाख ३८ हजार ९  बिगो र सोही बराबर जरिवाना गर्ने फैसला सुनायो। 

अरुण सिंघानिया हत्या योजनाकार

२०६६ फागुन १७ मा जनकपुरका व्यवसायी तथा संचार उद्यमी अरुण कुमार सिंघानियाको गोली हानी हत्या गरियो। फागुन पूर्णिमा होलीकै दिन सिंघानियालाई जनकपुरको शिव चोकमा गोली हानी हत्या गरिएको थियो। 

उक्त हत्याको अभियोगमा अन्य विभिन्न अभियुक्तसँगै साहलाई पनि अभियुक्त बनाइएको थियो। उक्त मुद्दामा पनि साहलाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको  थियो। 

अनुसन्धानमा जीवनाथको घरमा भएको चोरीको घटनामा साहको नाम जोडेर सिंघानियाको पत्रिकाले समाचार लेखेपछि दुवैको दुश्मनी बढेको र बदला लिन गोली हानेर हत्या गरेको खुलेको थियो।

मधेस आन्दोलनले जन्माएका खलनायक

२०६२/०६३ मा मधेस आन्दोलन हुनुअघिसम्म साह ‘संजय टकला’नामले जनकपुरमा चिनिन्थे। जनकपुरमा उनलाई कतिपयले टोले गुण्डाका रुपमा समेत हेर्ने गर्थे।

जनकपुर उद्योग वाणिज्य संघको महासचिव पदमा उनी चुनाव लड्दा पराजित भए। त्यो बेला उनी पेशाले निर्माण व्यवसायी थिए।

साह २०६२/०६३ को जनआन्दोलनसम्म नेपाली कांग्रेससँग आबद्ध थिए। कांग्रेसमा क्रियाशील सदस्य थिए उनी।  उपेन्द्र यादवको नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालले अन्तरिम संविधान जलाएर मधेस आन्दोलन सुरुवात गरे पछि उनी त्यतै लागे।

यादवसँग भेट भएपछि आन्दोलनमा होमिएका साह संविधानसभाको पहिलो निर्वाचनमा मधेसी जनअधिकार फोरमको तर्फबाट धनुषा-४ बाट टिकट पाए। उनले एमालेका स्थापित नेता रघुविर महासेठलाई हराउँदै संविधान बनाउने सभासद् भए।

त्यसपछि साह फोरमको धनुषा जिल्ला अध्यक्षहुँदै केन्द्रीय सदस्य पनि भए। विजयकुमार गच्छदार भौतिक योजना तथा निर्माणमन्त्री भएको बेला उनी सोही मन्त्रालयमा राज्यमन्त्री बने। 

पछि गच्छदारले फोरम परित्याग गरी फोरम लोकतान्त्रिक गठन गर्दा साह पनि लोकतान्त्रिकमा प्रवेश गरे। त्यहाँ भने उनी धेरै दिन टिक्न सकेनन्। त्यसपछि साहले आफ्नो छुट्टै पार्टी मधेस क्रान्ति फोरम गठन गरे।

दोस्रो संविधानसभाको निर्वाचनअघि मधेस क्रान्ति फोरमलाई सद्भावना पार्टीमा विलय गराएर राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टीमा साह वरिष्ठ उपाध्यक्ष बने।

दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसका उम्मेदवार रामसरोज यादवलाई हराएर साह सद्भावनाबाट पुनः दोस्रो पटक जनकपुरमा निर्वाचित भए। 

संविधानसभाको दोस्रो चुनावको परिणामलगत्तै केही महिनामै उनी जनकपुर बम काण्डका अभियुक्त बनाइए। २०७१ वैशाखमा नेपाल प्रहरीले भारतबाट साहलाई गिरफ्तार गरेर ल्याएपछि सभासद पद निलम्बनमा पर्‍यो।

सुरुमा सद्भावना पार्टीले साहलाई निर्दोष भएको भन्दै बचाउने प्रयास गरेकै थियो तर सकेन। बम विष्फोटमा कारागारमा रहे पनि उनको दबदबा भने कायमै थियो। त्यसको उदाहरण हो गत निर्वाचनमा उनीसँग सहयोग माग्न जेलमा लागेको नेताको लाइन। 

जन्म कैदसँगै भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा समेत दोषी ठहर भएपछि अब टकलाको राजनीतिक यात्राको सम्भावना सक्कियो। तर टकलारुपी अन्य सक्रिय नै छन् राजनीतिमा।

जनकपुरबाट अजय साहको सहयोगमा 


 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  २३:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो। बुधबार, कात्तिक १९, २०८२
निकोलस भुसाल पक्राउ उनी अहिले जिल्ला प्रहरी कार्यालय गोरखामा छन्। उनी प्रहरीको खोजी सूचीमा थिए। उनीसँग केही बुझ्नुपर्ने देखिएकाले पक्राउ गरिएको जिल्ला प... मंगलबार, कात्तिक १८, २०८२
स्रोत नखुलेको २३ लाखसहित दुई जना पक्राउ नगरपालिका–२, भेडिया नजिक गाईघाट–कदमाहा सडकखण्डमा प्रहरीले आइतबार राति चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। मंगलबार, कात्तिक १८, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता बुधबार, कात्तिक १९, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बुधबार, कात्तिक १९, २०८२
लिग २ मा नेपालको लगातार चौंथो हार, अंकविहीन हुँदै फर्किँदै नेपाली टोली बुधबार, कात्तिक १९, २०८२
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको आपत्ति बुधबार, कात्तिक १९, २०८२
आजको ऐतिहासिक दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
९ दलबीच एकतापछि बन्ने एकीकृत पार्टीको नयाँ नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने मंगलबार, कात्तिक १८, २०८२
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा जारी, झलनाथ खनाल पनि सहभागी बुधबार, कात्तिक १९, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
स्रोत नखुलेको २३ लाखसहित दुई जना पक्राउ मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्