काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन्।
उनी नेपाल एयरलाइन्सको विमानबाट भारतको दिल्ली प्रस्थान गरेका हुन्। उनलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा लगायतले स्वागत गरेका थिए।
प्रधानमन्त्री ओली भारतको राजधानी दिल्ली स्थित इन्दिरा गान्धी विमानस्थलमा ओर्लने छन्।
प्रधानमन्त्री ओली २५ गते नेपाल फर्किने छन्।
प्रधानमन्त्री ओलीको भारतका समकक्षी नरेन्द्र मोदीसँग शनिबार औपचारिक भेटघाट हुने कार्यक्रम छ।
प्रधानमन्त्रीले भारतसँग नयाँ सम्झौता भन्दा पनि पुरा सम्झौताको प्रगति विवरणलाई चासो दिएको सार्वजनिक रुपमा बताइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।