• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

दिल्ली विमानस्थलमा प्रधानमन्त्री ओलीले पाउलान् 'सरप्राइज' स्वागत?

64x64
नेपाल लाइभ शुक्रबार, चैत २३, २०७४  ०३:२२
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबारदेखि तीन दिने भारत भ्रमणमा जाँदै छन्। उनी ९ बजे नेपाल एयरलाइन्सको विमानमा ५४ सदस्यीय नेपाली भ्रमण टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा जान लागेका हुन्।

प्रधानमन्त्री ओली दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थल ओर्लने निश्चित छ। तर उनलाई विमानस्थलमा कसले स्वागत गर्ने भन्नेचाहिँ निश्चित भइसकेको छैन। त्यहाँ उनले 'सरप्राइज' स्वागत पाउन सक्ने अनुमान गरिएको छ। स्वागतकर्ता स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै हुन सक्छन्।

यसमा केही तर्कहरु छन्।

प्रधानमन्त्रीका रुपमा ओलीको दोस्रो उदयपश्चात भारतीय पक्षले उनीसँग सम्बन्ध सुधारको लागि प्रयास गरिरहेको छ। त्यसमा पनि भारतीय प्रधानमन्त्री मोदीले बढी नै रुचि राखिरहेका छन्। चुनावी परिणाम आइसकेपछि र ओली प्रधानमन्त्री नियुक्त नहुँदै मोदीले एक महिनाको अन्तरालमा दुई पटक टेलिफोनमा कुराकानी गरेका थिए। प्रधानमन्त्री नै नियुक्त नभइसकेको व्यक्तिलाई मोदीले दिएको प्राथमिकता स्वभाविक भन्दा बढी नै थियो।

त्यतिमात्रै होइन, ओली प्रधानमन्त्री नबन्दै मोदीले आफ्नो विशेष दूतका रुपमा विदेशमन्त्री सुस्मा स्वराजलाई नेपाल पठाएका थिए। पठाइयो वा बोलाइयो भन्नेमा विवाद भए पनि त्यो मोदीको प्राथमिकतामा ओली माथि भएकै परिणाम भने हो।

यसपटकको भारत भ्रमणको मितिमा पनि भारतीय पक्षको हतारो स्पष्ट थियो। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रमण मितिबारे आफूहरुलाई जानकारी नभएको बरु भारतीय प्रधानमन्त्रीलाई नै पहिले नेपाल भ्रमणमा बोलाउने प्रयास भइरहेको बताए पनि अन्ततः भारतीय पक्षले चाहेकै भयो। अर्थात् उसको प्राथमिकताले मूर्तरुप पायो। आफूले 'ढिपी' गरेर बोलाएपछि स्वभाविक वा चलनचल्तीको भन्दा बढी आतिथ्य भाव देखाउनु स्वभाविक हुन सक्छ।

अर्कोतर्फ ओलीको स्वभाव र निर्णय क्षमताबारे भारतीय पक्ष जानकार भइसकेको छ। पहिलो पटक प्रधानमन्त्री हुँदा उनले भारतसँग सदासयता नखोजी चीनसँग सम्बन्ध विकासको लागि अघि सरेको भारत र विशेषगरी मोदीले नजिकबाट देखिसकेका छन्। यसपटक पनि ओलीले त्यो प्रयासमा निरन्तरता दिने नै छन्। त्यो प्रयासले गति लिएमा भारतमा चल्ने 'नेपाल मोदी नीतिको असफलताको कारण चीनसँग नजिकियो' भन्ने विश्लेषणले मोदीलाई पक्कै टाउको दुखाउने छ। त्यसमा पनि अर्को वर्ष हुने आम चुनावमा मोदीलाई यस्तो परिणाम साह्रै महंगो नपरे पनि सोचनीय भने हुन सक्छ। त्यसैले पनि ओलीसँग बढी निकटता वा आत्मियता देखाउनुपर्ने र सम्बन्ध सुधार गर्नुपर्ने बाध्यतामा मोदी छन्।

प्रधानमन्त्री ओली शक्तिशाली प्रधानमन्त्रीका रुपमा उदाएका छन्। एमाले र माओवादी बीच एकता भएपछि उनी एकल बहुमतयुक्त प्रधानमन्त्री हुने छन्। साथै, पाँच वर्ष नै सरकारको नेतृत्व गर्ने लगभग पक्का छ। अर्कोतर्फ भारतमा चुनावमार्फत मोदीले अर्को कार्यकाल पनि प्रधानमन्त्री हुने चाह राख्नु स्वभाविक नै हुने छ। त्यस्तो बेला दुई स्थायी सरकारबीचको सम्बन्ध सौहार्दपूर्ण हुनु जरुरी छ। मोदीले यो बुझेका छन्। नेपालबाट केही लिनुभन्दा पनि नेपाललाई प्रभावबाट उम्किन नदिनु उनका लागि महत्त्वपूर्ण हुने छ। लामो समयसम्मको नतिजा सोच्न सक्ने मोदीले ओलीको स्वागतमा 'सरप्राइज' दिन सक्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, सार्क राष्ट्रका सदस्यहरुसँग भारतको त्यति राम्रो सम्बन्ध चलिरहेको छैन। केही अघिमात्रै पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकन आब्बासी नेपाल आएर प्रधानमन्त्री ओलीलाई शुभकामना दिएर गएका छन्। उनले पक्कै शुभकामना मात्रै दिएनन्, भारतीय प्रभुत्व निस्तेज गर्ने विषयमा पनि छलफल गरे होलान्। छलफल गरेभन्दा भारतीय पक्षले बुझ्ने वा अनुमान गर्ने कुरा बढी नै हुन्छ। मोदीले आब्बासीको शुभकामनालाई चिर्न चाहनु स्वभाविक नै हुन आउँछ। त्यसलाई उनी विमानस्थलमै प्रयोग गर्न सक्छन्।

भारत सार्कलाई सुस्त बनाएर विमिस्टेकलाई बलियो बनाउने प्रयासमा छ। तर नेपालले सार्कलाई नै थप सुदृढ बनाउनुपर्ने धारणा राखिरहेको छ। नेपालजस्तै अन्य सार्क राष्ट्रहरु पनि यहि लाइनमा छन्। यस्तो बेला आफ्नो प्रयासमा नेपाललाई पनि सहमत गराउनु भारतको प्रयास हुने छ। त्यसका लागि नेपाललाई विश्वासमा लिनु भारतलाई अपरिहार्य छ। विश्वासमा लिने प्रयासमा मोदीले ओलीलाई थप महत्त्व दिने प्रयास गर्न सक्छन्।

भारतीय पक्ष आफ्नो दूरगामी फाइदाको लागि जस्तो पनि रणनीति अख्तियार गर्न सक्छ। यो विगतमा देखिइरहेको सत्य हो। 

अघिल्लो पटक प्रधानमन्त्री भएर ओली भारत भ्रमणमा जाँदा उनलाई विदेशमन्त्री सुस्मा स्वराजले विमानस्थलमा स्वागत गरेकी थिइन्। प्राय प्रधानमन्त्रीलाई भारतीय विदेशमन्त्रीले नै स्वागत गर्ने गरेका छन्।

Xtrem

Xtrem

तर, दोस्रो जनआन्दोलनको सफलतापछि प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालालाई तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले विमानस्थलमा स्वागत गरेका थिए। नेपाली प्रधानमन्त्रीले पाएको प्राथमिकताको त्यही इतिहास ओलीले पनि पाउन सक्छन्। जसको निर्क्यौल भने अबको केही घण्टामा दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा हुने नै छ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०७४  ०३:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह
सम्बन्धित सामग्री
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला नेपाली कांग्रेसको १५औँ महाधिवेशनका संयोजक शशांक कोइरालाले राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्ने बताएका... शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह गृह मन्त्रालयले कार्यविधिविपरीत व्यक्तिगत सुरक्षाकर्मी खटाएको वा घरायसी तथा व्यक्तिगत काममा प्रयोग गरेको पाइएमा उजुरी गर्न सर्वसाधार... शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ शनिबार, असोज २४, २०८३
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्