काठमाडौं- बुधबार दोस्रो बजारमा १० कम्पनीको मात्रै ३२ प्रतिशत कारोबार भएको छ। सबैभन्दा धेरै कारोबार हुने १० कम्पनीको मात्रै एक अर्ब ३४ करोड रुपैयाँको खरिद बिक्री भएको छ। सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मात्रै २१ करोड रुपैयाँको कारोबार भएको छ।
शिवम सिमेन्टको शेयर मूल्य अहिलेसम्मकै अधिकतम ७२६ रुपैयाँ पुगेको छ। यसअघि कम्पनीको शेयर मूल्य ७ सय १० रुपैयाँसम्म कायम भएको थियो। बुधबार यो कम्पनीको १८ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ।
बुधबार दोस्रो बजारमा सर्वाधिक चार अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ। यसभन्दा अगाडि दोस्रो बजारमा तीन अर्ब ६० करोड रुपैयाँको कारोबार भएको थियो।
|
कम्पनी
|
कारोबार रकम
|
शेयर मूल्य
|
|
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
|
219,947,257.00
|
1,494.00
|
|
शिवम सिमेन्ट
|
184,958,163.00
|
726
|
|
नेपाल बैंक
|
179,673,031.00
|
308
|
|
हिमालयन डिष्ट्रिलरी
|
167,134,171.00
|
1,880.00
|
|
नेको इन्स्योरेन्स
|
112,458,521.00
|
695
|
|
नेपाल इन्स्योरेन्स
|
109,314,553.00
|
536
|
|
गुराँस लाइफ
|
104,134,924.00
|
1,026.00
|
|
एनआईसी एशिया
|
101,202,808.00
|
610
|
|
लाइफ इन्स्योरेन्स कर्पोरेसन
|
83,699,904.00
|
1,740.00
|
|
प्रभु इन्स्योरेन्स
|
83,461,132.00
|
277
|
|
जम्मा
|
1,345,984,464.00
|
|
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।