काठमाडौं– राष्ट्रिय दुग्ध विकास बोर्डले यसै आर्थिक वर्षमा पाँच वर्षे दुग्ध विकास योजनाअघि सार्ने भएको छ।
नेपालमा दूध उत्पादनलाई आत्मनिर्भरतातर्फ अग्रसर गराउने उद्देश्यले बोर्डले ५ वर्षे दुग्ध विकास योजनाको तयारी गरेको हो। योजना बनाई नसकेको यसका लागि गृहकार्य अगाडी बढिरहेको बोर्डका शाखा अधृकृत दिपेन्द्र अधिकारीले बताए।
बोर्डले दूधको उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्नुका साथै गुणस्तरीय उत्पादनलाई योजनामा समेटिने बोर्डले जनाएको छ। साथै दूधको विविधीकरणमा विषेश जोड दिइने उल्लेख गरिएको छ। दूधलाई विविधीकरण गरी चीज, आइसक्रिम, खुवा, पनिरलगायत अन्य खानेकुराहरु बनाएर निर्यातसमेत गर्न सकिने बोर्डले जनाएको छ।
बार्डका अनुसार याे याेजना आएपछि किसानहरुले दूधको मूल्य नपाएर मिल्क होलि डे मनाउनुपर्ने अवस्था रहँदैन। जसले गर्दा दूध उत्पादनमा किसानहरुको आकर्षण बढ्छ।
यसअघि पनि बोर्डले १० वर्षिय दुग्ध विकास योजना अघि सारेको थियो। सो योजनामा समेत दूधको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने, आन्तरिक बजार प्रवर्द्धनमा जोड दिने योजना अघि सारिएको थियो।
बोर्डका शाखा अधिकृत अधिकारी भन्छन्, ‘हामीले योजना अघि सारेर मात्रै हुँदैन। योजना कार्यान्वयनमा सरकारले जोड दिन सके दुग्ध व्यवसाय आत्मनिर्भर बन्न समय लाग्दैन। निर्यात गर्न पनि हामी सफल हुन्छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।