• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

करोडौं पर्ने तारागाउँ विकास समितिको जग्गा व्यक्तिको बनाउन ५० वर्षदेखि चलखेल

निवर्तमान सञ्चारमन्त्रीदेखि यती समूहका सदस्यसम्म सक्रिय
64x64
केपी ढुंगाना मंगलबार, फागुन १३, २०७६  २२:००
1140x725

काठमाडौं- तारागाउँ विकास समितिको नाममा काठमाडौंको चुच्चेपाटीमा रहेको करोडौं मूल्य पर्ने सरकारी जग्गा ५० वर्षदेखि व्यक्तिको कब्जामा रहेको खुलेको छ। सरकारले २०२६ सालमा अधिग्रहण गरेको ३ सय ४७ रोपनी जग्गामध्ये ४ रोपनी ४ आना जग्गा व्यक्तिले राजनीतिक पहुँचको बलमा कब्जा गरेर घर तथा व्यापारिक प्रयोजनमा प्रयोग गरिरहेका छन्।

कानुनी रूपमा सो जग्गा अहिले पनि तारागाउँकै नाममा छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र तारागाउँ विकास समितिका पदाधिकारीहरू समेत सो जग्गा सरकारी हो भन्नेमा जानकार छन्। तर मुख्य सडकमै रहेको सो जग्गामा व्यक्तिले कब्जा गरी तीन वटाभन्दा बढी पक्की भवन र व्यापारीक प्रयोजनका लागि टहरा बनाएर भाडामा लगाइरहेका छन्।

जग्गा कब्जा गरेर बसेकाहरूको प्रभावमा परेर समितिको नाममा रहेको जग्गा व्यक्तिका नाममा ल्याउन संसदीय समिति र मन्त्रालयसमेत सक्रिय भएका थिए। राजनीतिक प्रभावका आधारमा सो प्रस्ताव २०६८ ताका मन्त्रिपरिषद्‍मा समेत पुगेको थियो। मन्त्रिपरिषद्‍मा पुगेको प्रस्ताव अस्वीकृत भए पनि जग्गा भने खाली हुन सकेन।

सो जग्गा पुनः व्यक्तिका नाममा पास गराउन अहिले चलखेल सुरु भएको छ। स्रोतका अनुसार ७० करोड घुस मागेको अडियो बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिन बाध्य भएका गोकुल बाँस्कोटा र यती समूहका पदाधिकारी सो जग्गा विकास समितिको नामबाट व्यक्तिको नाममा कायम गराउन चलखेलमा सक्रिय छन्। पूर्व पर्यटनमन्त्री कृपाशुर शेर्पा, विकास समितिका पूर्व अध्यक्ष नारदकुमार लुईंटेल पनि सो कार्यमा सक्रिय रहेको स्रोतले बताएको छ।

‘अदालतको आदेशले सो जग्गा तारागाउँ विकास समितिको हो भन्नेमा कुनै दुईमत छैन। लालपुर्जा पनि समितिकै नाममा छ,’ सो विषयमा जानकार स्रोतले भन्यो, ‘तर पहिल्यैबाट सो जग्गा व्यक्तिका नाममा ल्याउन राज्य संयन्त्रको दुरुपयोग भइरहेको थियो। अहिले सरकारलाई प्रभाव पार्न सक्ने व्यक्तिहरू समितिको सो जग्गा व्यक्तिका नाममा ल्याउन पुनः सक्रिय भएका छन्।’

अदालतको आदेशको आधारमा समितिका पदाधिकारी सो जग्गामा भएको अतिक्रमण हटाउन लागेका छन्। तर क्षेत्राधिकार मिच्दै तत्कालीन प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिले दिएको निर्देशन बोकेर जग्गा अतिक्रमण गरेर बसेकाहरू सो जग्गा व्यक्तिका नाममा पास गराउन सक्रिय छन्।

५० वर्षदेखि चलखेल
यो जग्गा हो, चुच्चेपाटीमा पासाङ ल्हामु शालिक र हायात होटलको मूल गेटबीचको। जहाँ अहिले तीन वटा घर अनि २ वटा व्यापारिक प्रयोजनका लागि बनाइएका टहरा छन्।

काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा पर्ने सो जग्गा २०२६ साउन २० मा बहुउद्देश्यीय प्रयोजनका लागि उपयोग हुने भन्दै नेपाल महिला संगठन काठमाडौंको नाममा अधिग्रहण भएको थियो। यसपछि यो जग्गामा विवाद शुरु भयो। पछि सो संगठनले तारागाउँ प्रालि गठन गर्‍यो। जसलाई पछि सरकारले तारागाउँ विकास समिति बनायो। समिति बनेलगत्तै २०२६ मा अधिग्रहण भएको तीन सय ४७ रोपनी जग्गा उसैको नाममा आयो। 

Ncell 2
Ncell 2
nimb
nimb

अन्य जग्गाधनीले पनि सो जग्गा अधिग्रहण भएको स्वीकार गरेका छन्। जगन्नाथ लम्सालको छोरा मन्दिरप्रसाद लम्सालले २०२९ सालमा अंशबन्डा हुँदा सो विवादित जग्गा आफ्नो भागमा परेको भन्दै आफ्नो नाममा पास गर्न तत्कालीन अञ्चलाधीशको कार्यालयमा फिरादपत्र हालेका थिए। फिरादपत्र आएपछि अञ्चलाधीशले घरको स्वरुप परिर्वतन नगर्ने, गर्नु परे समितिको पूर्व स्वीकृति लिनुपर्ने, र सो जग्गाबारे किचलो नगर्ने लिखित सहमति गराएका थिए। तर मन्दिर मौन बसेनन्। उनी जिल्ला अदालत गए। काठमाडौं जिल्ला अदालतले २०४६ चैत २८ मा सो जग्गा लम्सालकै नाममा दर्ता हुने ठहर गर्‍यो। 

अदालतको सो फैसलाविरुद्ध समिति तत्कालीन पुनरावेदन अदालत, पाटन पुग्यो। पाटनले समेत २०५१ जेठ २३ मा जिल्लाकै फैसला सदर गरिदियो। पुनरावेदन अदालतको फैसलाविरुद्ध समिति पुनः सर्वोच्च अदालत पुग्यो। सर्वोच्चको संयुक्त इजलासले पुनरावेदन अदालतको आदेश त्रुटिपूर्ण देखिएको भन्दै सो मुद्धा दोहोर्‍याएर हेर्न पुनरावेदनलाई २०५२ मा आदेश दिएको थियो। २०६० जेठ ३० मा सर्वोच्चले जिल्ला र पुनरावेदनको फैसला उल्टाउँदै सो जग्गा समितिकै हुने फैसला गर्‍यो। सर्वोच्चले मन्दिरप्रसादलाई सो जग्गामा बनेको घर र सो घरले चर्चेको जग्गाको भोगाधिकार दिए पनि जग्गाको स्वामित्व भने दिएको थिएन। लम्साल पुन फिरादपत्र बोकेर सर्वोच्च गए। २०६२ मा उनको फिरादपत्र खारेज भयो। तैपनि, जग्गा समितिको भोगाधिकारमा आउन सकेन। समितिका पदाधिकारीहरू पनि जग्गा खाली गराउन सक्रिय भएनन्।

समितिको बदमासी
प्रारम्भमा टहरो मात्र रहेको सो स्थानमा लम्साललाई घर बनाउने अनुमति तत्कालीन महिला संगठनले नै दिएको देखिन्छ। २०४८ मा सो स्थानमा बनेको घर भत्काउन समिति अदालत गएको थियो। तर समितिका पदाधिकारीले पटकपटक तारेख गुजारेपनि पछि मुद्दा नै खारेज भएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सर्वोच्चले लम्साललाई भोगाधिकार दिँदा ‘घर र घरले चर्चेको जग्गा’ भनेर उल्लेख गरेको थियो। घरले चर्चेको जग्गाबारे पुनरावेदन अदालत पाटनले ‘बलेसीबाट खसेको पानी जहाँसम्म पुग्छ त्यहीँसम्म’ भनेर व्याख्या गरेको छ। तर लम्सालले सो क्षेत्रमा पर्खाल लगाएर अन्य भौतिक संरचना थप्दासमेत समितिबाट कुनै रोकावट भएको देखिन्न। पछिल्लो समय त समितिका पदाधिकारीहरू लम्सालले कब्जा गरेको सो जग्गा अतिक्रमणमा परेकोबारे मौन छन्।

लेखा समितिको दुरुपयोग
समितिका अधिकारी मात्रै होइन, सो सरकारी जग्गा व्यक्तिका नाममा पार्न पर्यटन मन्त्रालय र संसद्‍को सार्वजनिक लेखा समितिका पदाधिकारीले समेत प्रयास गरेका थिए। जग्गा व्यक्तिको नाममा पास गराउन मन्त्रिपरिषद्सम्म प्रस्ताव पुगेको थियो। तर निर्णय भने भएन।

अदालतले भोगाधिकार मात्र भएको तर जग्गाको स्वामित्व नभएको ठहर गरेपछि लम्साल संसदीय समितिमार्फत जग्गा आफ्नो नाममा ल्याउन सक्रिय भएका थिए। त्यसका लागि उनले सार्वजनिक लेखा समितिलाई उपयोग गरेको देखिन्छ। समितिले क्षेत्राधिकार मिच्दै सरकारको नाममा रहेको र तथा अदालतले समेत हक स्थापित हुने प्रमाण नपुगेको भनेको फैसला गरेको जग्गा व्यक्तिको नाममा दर्ता गर्न पर्यटन मन्त्रालयलाई लिखित आदेश दिएको थियो।

पर्यटन मन्त्रालयलाई २०६८ मंसिर १८ मा लेखा समितिले पत्र पठाउँदै ‘भोगाधिकार पाउने पक्षले जग्गाको क्षतिपूर्ति र मुआब्जा नपाएको तथ्यलाई विचार गरी जग्गा भोगाधिकार पाएको पक्षलाई राजीनामाको माध्यमबाट बिक्री गर्ने आवश्यक निर्णय गर्न नेपाल सरकार र पर्यटन तथा नागरक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका थिए।

लेखा समितिको सो निर्देशनपछि सरकारले यस अगाडि नै सो जग्गा लम्सालको नाममा पास गराउने प्रयास गरेको खुलासा भयो। पर्यटन मन्त्रालयले लेखामा पठाएको पत्रअनुसार लम्साललाई सो जग्गा राजीनामामार्फत् बिक्री गरेर स्वामित्व हस्तान्तरण गरेमा तारागाउँ विकास समितिलाई आर्थिक दृष्टिले समेत फाइदा हुने र लामो समयदेखि चलेको विवादसमेत अन्त्य हुने भन्दै २०६६ फागुन १७ मा मन्त्रिपरिषद्‍मा प्रस्ताव पुगेको थियो। तर सो प्रस्तावबारे कुनै निर्णय नहुँदा संसदीय समितिको उपयोग गरेर सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराउने प्रयास सफल हुन सकेन।

भूकम्पले बल्झायो मुद्दा
सर्वोच्चले भोगाधिकार दिँदा घरले चर्चेको जग्गा, घरको स्वरुप परिर्वतन गर्न नपाउनेलगायतका शर्त राखेको थियो। २०७२ मा भूकम्प आएपछि लम्साल परिवारले भूकम्पले पुरानो घर भत्काएको भन्दै नयाँ घर बनाउन शुरु गरे। तारागाउँ विकास समितिले यो सूचना पाएलगत्तै त्यसलाई रोक्न अदालत पुग्यो।

पुरानो स्वरुप परिर्वतन गर्न नपाउने अदालतको आदेश उल्लंघन भएको भन्दै समिति घर निर्माणको काम रोक्न माग गर्दै अदालत पुगेको थियो। यो विषय अदालत पुगेपछि लम्सालले नयाँ घर बनाउन लागेको नभई चर्केको स्थानमा मर्मत मात्र गरेको दाबी गरेका थिए। तर समितिले पेश गरेको प्रमाणका आधारमा नयाँ पिल्लर राखेर नयाँ घर नै बनाउन लागेको तर घर बनाउन सम्बन्धित वडा कार्यालयबाट अनुमति समेत नलिएको देखिएको थियो।

यो बीचमा अदालतबाट जसले भोगाधिकार पाएका हुन् ती व्यक्तिको निधन भयो। अदालतले भोगाधिकार जो व्यक्तिले पाएको हो, उसमा मात्रै सीमित हुने तर अन्य अधिकार हस्तान्तरण भएझैं अन्य व्यक्तिमा नसर्ने व्याख्या गरे पनि अहिले सो जग्गाको भोगाधिकार आफ्नो रहेको दाबी गर्दै मन्दिरप्रसादकी श्रीमती जयन्तीले कब्जा गरेर बसेकी छिन्। प्रारम्भमा सानो घर मात्र रहेको स्थानमा अहिले तीन वटा पक्की घर बनिसकेका छन् भने थप २ वटा टहरा पनि छन्। अनधिकृत रूपमा कब्जा भएको जग्गा व्यापारिक प्रयोजनमा प्रयोग हुँदासमेत समिति भने निष्क्रिय छ।

समितिका अध्यक्ष प्रल्हाद न्यौपाने आफू समितिको अध्यक्षमा नियुक्त भएपछि मात्रै यो विषयबारे जानकारी पाएको बताए। सर्वोच्चले भोगाधिकार दिएको व्यक्तिको मृत्यु भइसकेको र सो क्षेत्रमा गैरकानुनी रूपमा भौतिक संरचना बनाएर व्यापारिक प्रयोजनमा प्रयोग गरिरहेको खुलेको भन्दै उनले अतिक्रमित जग्गा खाली गराउन आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने बताए।

‘सबै कागजपत्र हेरेँ, त्यो जग्गा समितिकै हो,’ उनले नेपाल लाइभसँग भने, ‘अब कानुनी प्रक्रियाबाटै जग्गामा बनेका अवैध संरचना हटाउँछौं।’

यो पनिः
थानकोट र मातातीर्थको १७२ रोपनी जग्गा ट्रष्टमै फिर्ता ल्याउने प्रक्रिया सुरु

नेपाल ट्रष्टको मातातीर्थ र थानकोटको १७० रोपनी जग्गा पनि व्यक्तिका नाममा [सूचीसहित]

डा बाबुरामको निर्णयले नेपाल ट्रष्टको १७० रोपनी जग्गा पाउने मोही को-को हुन्? [सूचीसहित]

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  २२:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
केपी ढुंगाना
विगत १८ वर्षदेखि पत्रकारितामा संलग्न ढुंगाना नेपाल लाइभका सम्पादक हुन्। सुरक्षा विषयमा विशेष रुचि राख्ने उनको 'ओपन सेक्रेट' नामक पुस्तक प्रकाशित छ। ढुंगाना यसअघि शुक्रबार साप्ताहिकका सम्पादक थिए। अनलाइन पत्रकार संघका संस्थापक अध्यक्षसमेत रहेका ढुंगानाले कान्तिपुर, नागरिक, नयाँ पत्रिका र राजधानी दैनिकमा काम गरिसकेका छन्।
लेखकबाट थप
ललितपुरमा शुक्रबार कर्फ्यू
विद्या भण्डारी राष्ट्रपति हुन् कि नेकपा नेता?
सीमा विवाद बढेसँगै नेपाल र भारतका ह्याकरबीच साइट ह्याक गर्ने प्रतिस्पर्धा, सुरक्षा निकाय रमिते
सम्बन्धित सामग्री
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान गुरुङले एआई, डिजिटल फरेन्सिक, साइबर अपराध, वित्तीय अपराध अनुसन्धान तथा डीएनए फरेन्सिकजस्ता क्षेत्रमा प्रहरीको दक्षता बढाउनुपर्ने बता... शुक्रबार, असोज ३०, २०८३
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा शनिबार, असोज ३१, २०८३
के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै जानसक्छ ? शनिबार, असोज ३१, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह शनिबार, असोज ३१, २०८३
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन शनिबार, असोज ३१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्