काठमाडौं- नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने तीन सिमेन्ट र एक स्टील कम्पनीको इजाजत स्थगन गरेको छ।
विभागले गरेको बजार अनुगमनबाट संकलित नमूना परीक्षण गराउँदा नेपाल गुणस्तारअनुरुप नपाइएकाले कारबाही प्रक्रिया अघि बढाएको हो।
यसरी स्थगन गरिएका कम्पनीहरूमा नेपाल शालिमार सिमेन्ट प्रा लि बारा‚ रिलायन्स सुपरटेक सिमेन्ट प्रा. लि. बारा‚ एमजेप्पी सिमेन्ट प्रा. लि. कपिलवस्तु र असोक स्टिल प्रा. लि. बारा रहेका छन्।
विभागले नेपाल गुणस्तर (प्रमाण-चिह्न) ऐन‚ २०३७ तथा नियमावली‚ २०४० को नियम (१६) अनुसारको कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।