काठमाडौं- सिद्धार्थ सिमेन्टले निर्माण सहकर्मीसँग भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना सम्पन्न गरेको छ। कम्पनीले काठमाडौं उपत्यकासहित पोखरा, तनहुँ, लमजुङ, बागलुङ, बेनीलगायत स्थानमा अन्तर्क्रिया गरेको हो।
कार्यक्रममा सिमेन्टको गुणस्तर र सिमेन्ट उत्पादन गर्दा प्रयोग हुने कच्चा पदार्थ तथा उत्पादन प्रकिया बारेमा अन्तर्क्रिया गरिएको थियो।
कम्पनीले अन्तर्क्रियाका साथै विभिन्न स्थानमा रचनात्मक काम पनि गरेको जनाएको छ।
काठमाडौं तारकेश्वर नगरपालिकामा गरिएको कार्यक्रममा मेयर रामेश्वर बोहरासहित कम्पनीका निर्देशकहरुले गुणस्तर वृद्धिमा जोड दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।