काठमाडौं- हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेताले लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक कार आयोनिकको नयाँ भर्सन आयोनिक २०२० सार्वजनिक गरेको छ।
हुन्डाई आयोनिकको यो नवीनतम भर्जन अझ उत्कृष्ट पावर र विशेषताका साथ आएको छ।
यो नयाँ इलेक्ट्रिक प्रिमियम सेडानले इलेक्ट्रिक गाडीमा नयाँ आयाम थपेको दाबी कम्पनीको छ। यसको अत्याधुनिक प्रविधिले चालकलाई आरामदायी, सुरक्षित र झन्झट मुक्त बनाउने विश्वास कम्पनीको छ।
आयोनिकमा ३८.३ केडब्लूएच मोटरको साथ १ सय केडब्लूको ब्याट्री पावर छ। यसको अधिकतम स्पीड १६५ केएमपिएच छ। यो ब्याट्रीले एक पटकको फुल चार्जमा ३ सय ११ किमी माइलेज दिन्छ।
नयाँ आयोनिक २०२० मा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङमा चार लेबलको नियन्त्रण प्रदान गर्दछ। यसले चालकलाई सिस्टमको डिफल्ट इको ड्राइभिङको र तीब्र प्रदर्शनको लागि फुलपावर प्रदान गर्छ।
आयोनिक २०२० को साथ ग्राहकले अब इलेक्ट्रिक गाडी किन्दा लुक्समा सम्झौता गर्नुपर्दैन किनकि यसमा एलइडी डिएलआर र हेडल्याम्पस, स्मार्ट इलेक्ट्रिक सनरुफ र नयाँ आइकोनिक ग्रील छ।
यसमा ८ इन्चको फ्लोटिङ टच स्क्रिन, हिटेड र भेन्टिलेटेड सिटहरु, ड्राइभ मोड सेलेक्ट, वायरलेस फोन चार्जरलगायत विशेषता छन्। यसैगरी यी गाडीहरु ७ वटा एयरब्याग सिस्टम, हिल एसिस्ट कन्ट्रोल, एन्टी-लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, रियर पार्किङ क्यामरा र सेन्सरहरुजस्ता सुरक्षा विशेषता छन्।
हुन्डाईले ग्राहकहरुलाई ड्राइभिङ डाइन्यामिक्स, लुक्स र पर्फरमेन्समा सम्झौता नगरी विविध वातावरणमैत्री गाडीहरुबाट प्रेरित गर्न लागि पर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।