काठमाडौं- सरकारलाई अन्तःशुल्क स्टिकर किन्ने बाटो खुलेको छ।
सोमबार सर्वोच्च अदालतले सरकारले खरिद गर्न लागेको अन्तःशुल्क स्टिकर खरिद प्रक्रिया रोक्न माग गर्दै मिराज प्रिन्टर्सले दायर गरेको रिट खारेज गरेसँगै खरिद प्रक्रिया अघि बढाउने बाटो खुलेको हो।
सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले सरकारलाई स्टिकर खरिद अघि बढाउन बाटो खोलिदिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।