काठमाडौं- चीनमा कोरोना भाइरसका कारण प्यासेन्जर कारको बिक्रीमा व्यापक गिरावट आएको छ। २०२० को फेब्रुअरीको १६ दिनमा बिक्री ९२ प्रतिशतले घटेको हो।
काेरोना भाइरसका कारण गत वर्षको फेब्रुअरीको तुलनामा कार बिक्री घटेको हो।
चाइना प्यासेन्जर कार एसोशिएसन (सिबिसिए) का अनुसार फेब्रुअरी १ देखि १६ सम्म चीनमा ४ हजार ९ सय ९ वटा कार बिक्री भएको छ। गत वर्षको सोही अवधिमा चीनमा ५९ हजार ९ सय ३० वटा कार दर्ता भएको थियो।
यसले विश्वको सबैभन्दा ठूलो कार बजार कोरोनाका कारण कति प्रभावित भएको छ भन्ने देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
‘चीनमा फेब्रुअरीको पहिलो साता कार डिलरहरु निक्कै कम खुलेको र त्यहाँ किन्ने मानिसहरु झनै कम देखिएका थिए,’ समाचारमा लेखिएको छ। चीनको वुहान प्रान्तबाट कोरोना भाइरस देखा परेको थियो।
हालसम्म चीनमा हजारौं मानिसमा कोरोना संक्रमण भएको र २५ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
चीनको समग्र कार बिक्री यो वर्षको ६ महिनामा करिब १० प्रतिशतले गिरावट आएको छ। यो गिरावटको कारण कोरोना भाइरस नै भएको जनाइएको छ।
चीनमा गत वर्ष २ करोड ५० लाख सवारी बिक्री भएको थियो। यसले चिनियाँ अर्थतन्त्रमै धक्का पुग्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।