काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सोमबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ८० हजार रुपैयाँ नाघेको हो।
सोमबार सुनको भाउ तोलाको ८० हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आइतबार तोलाको ७८ हजार ८ सय रुपैयाँ सुनको भाउ सोमबार एकैदिन १५ सय रुपैयाँले बढेर ऐतिहासिक विन्दूमा पुगेको हो।
सुनको भाउमा उच्च वृद्धि भएको दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ। चाँदी तोलाको ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।