काठमाडौं– आकर्षक रोजगारीको प्रलोभनमा टर्की र ग्रिस पठाइदिन्छु भन्दै ३९ लाख ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
अपराध अनुसन्धान महाशाखाको टोलीले बिहीबार मोरङ जिल्ला रतुवामाई नगरपालिका घरभई हाल चुच्चेपाटी काठमाडौं बस्ने ५२ वर्षीय कमलप्रसाद पोख्रेललाई पक्राउ गरेको हो।
पोख्रेलले वर्किङ भिसामा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न मितिमा ३२ जनाबाट ३९ लाख ५६ हजार रकम लिएका थिए।
लामो समयसम्म पनि रोजगारीमा नपठाई पोख्रेल सम्पर्कबिहीन भएपछि पीडितहरूले महाशाखामा उजुरी दिएका थिए।
सोही उजुरीका आधारमा निज पोख्रेललाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
निज पोख्रेलमाथि थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको महाशाखाका प्रहरी उपरीक्षक मुकेश कुमारले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।