काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडा र बीमा समितिका अध्यक्ष चिरञ्जिवी चपागाईंको व्यक्तिगत टकरावले विवादमा परेको बीमा प्राधिकरण विधयेकको विषयमा सोमबारदेखि अर्थसमितिले पुनः छलफल सुरु गर्ने भएको छ।
उक्त विधयेक २०७५ असार २७ गते संसदमा दर्ता भएको थियो। दर्तापछि विधयेकमा ८६ वटा भन्दा धेरै संशोधन प्रस्ताव परेका थिए। बीमा समितिले प्रस्तुत गरेको पहिलो मस्यौदामा अर्थमन्त्रालयले आफू खुशी व्यवस्था थप गरेपछि यो अगाडि बढ्न सकेको थिएन।
संशोधनका क्रममा रहेको बीमा विधयेक पारित भएसँगै हालको समितिको सञ्चालक समिति तथा अध्यक्ष नै हट्ने व्यवस्था रहेको छ। चिरञ्जीवी चापागाईंसँग राम्रो सम्बन्ध नभएकै कारणले अर्थमन्त्री खतिवडाले विधयेकमा चापागाईंको पद नै हट्ने व्यवस्था सहित प्रस्ताव अगाडि सारेका थिए।
संशोधन प्रस्तावसहित अर्थसमितिले चरणवद्धरूपमा सरोकारवाला निकायसँग बसेर लामो समयसम्म छलफल गरेको थियो। तर अर्थसमितिले छलफल नपुगेको भन्दै प्रतिवेदन बनाउन नसक्दा उक्त मस्यौदा अगाडि बढ्न सकेको थिएन। यसै अवधिमा नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड लगायतका धेरै वटा विधयेक संसदमा प्रस्तुत भैसकेका छन्।
तर तत्कालीन् सभामुख कृष्णबहादुर महरा निकट मानिने चापागाईंले उक्त विधयेक संसदमा प्रस्तुत नगराउने वातावरण बनाएका थिए। यसले गर्दा यतिका लामो समय उक्त मस्यौदा अर्थसमितिमै सुनियोजित रुपमा थन्काइयो।
अर्थ समितिले आवस्यक छलफल नपुगेको भन्दै प्रतिवेदन तयार नपार्दा उक्त मस्यौदा संसदमा प्रस्तुत हुन सकेन। यसै अवधिमा महरा सभामुखबाट हटिसकेका छन्। अब चापागाईंको कार्यकाल सकिन १० महिना मात्रै बाँकी छ। साथै अर्थमन्त्री आफै पनि संसदमा दोहोरिने सम्भावना कम छ।
चापागाईं र खतिवडाको ट्युनिङ नमिल्दा अगाडि बढ्न नसकेको ऐन भोलिदेखि अर्थसमितिमा पुनः छलफल सुरु हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।