काठमाडौं- उद्योग वाणिज्य महासंघको आसन्न ५४ औं साधरणसभा यही चैत २८ र २९ गते हुने निश्चित भएको छ। नेतृत्व चयनका लागि हुने साधरणसभाको मिति र स्थान तोक्ने विषयमा आइतबार दिउँसो महासंघ कार्यकारी समितिको वैठक बस्दै छ।
बैठकले साधरणसभाको मिति र ठाउँसहित र्निवाचन कमिटीसमेत तोक्ने महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन्।
राणाले महासंघको साधारणसभा उल्लेखित मितिमा नै हुने भन्दै सार्नुपर्ने कारण नरहेको बताइन्। महासंघको ५४ औं साधरणसभाबाट अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत: अध्यक्ष हुनेछन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने व्यवस्था छ।
योसँगै महासंघको निर्वाचनमा दुई पक्षीय भिडन्त हुने पनि निश्चत भएको छ। महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकालले उमेद्वारी घोषणा समेत गरिसकेको छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।