• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १९, २०८२ Thu, Apr 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

वाम घोषणापत्र विपरीत वास्तविकता, खाद्यान्नमै बाहिरिन्छ खर्ब

64x64
नेपाल लाइभ आइतबार, फागुन ११, २०७६  ०६:१४
1140x725

काठमाडौं- ‘दुई वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्न, माछा, मासु, अण्डा, र दूधमा आत्मनिर्भर बनाइनेछ।'

यो वाक्यांश दुई वर्षअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख भएको थियो।

यी दुवै पार्टी अहिले एक भइसकेका छन्- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नाममा। अत्यधिक मतसहित विजय प्राप्त गरी यो दलले सरकार बनाएको पनि २ वर्ष पूरा भइसकेको छ।

तर अहिलेको वास्तविकता भने संयुक्त वास्तविकता भन्दा ठिक विपरीत छ। यी वस्तुमा मुलुक आत्मनिर्भर हुनु त टाढाको कुरा, वार्षिक १ खर्ब रुपैयाँ खाद्यान्न आयातमा मात्र बाहिरिई रहेको छ। 

यी वस्तुमा आत्मनिर्भर हुने मात्र नभई संयुक्त वाम घोषणापत्रले ५ वर्षभित्र  निर्यात गर्न सक्ने अवस्थामा देशलाई पुर्‍याउने उल्लेख गरेको छ।

गत आर्थिक वर्षमा नेपालले खाद्यान्न र माछामासुमा करिब ९१ अर्ब रुपैयाँ बाहिर पठाएको छ।

नेपालको प्रमुख खाद्यान्न बाली मानिने धान गत आर्थिक वर्षमा ३२ अर्ब ५९ करोड रुपैयाँ बराबरको आयात भएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

त्यस्तै मकै र त्यसको च्याँख्ला १२ अर्ब ९५ करोड रुपैयाँ, गहुँ र पिठो ५ अर्ब ९३ करोड रुपैयाँ, र  दलहन १३ अर्ब ५२ करोड रुपैयाँ बराबरको आयात भएको छ।

गत आर्थिक वर्षमा ७ अर्ब ३२ करोड रुपैयाँ बराबरको आलु मात्रै आयात भएको छ। यसैगरी, ६ अर्ब ९५ करोड रुपैयाँ बराबरको तरकारी र १४ अर्ब ६० करोड रुपैयाँ बराबरको फलफूल आयात भएको छ। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा दूध तथा दूधजन्य वस्तुको आयात १ अर्ब ६१ करोड, माछाको आयात १ अर्ब ९० करोड, मासुको आयात १६ करोड र अण्डाको आयात ७ करोड ८० लाख रुपैयाँ बराबर छ। 

चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो ७ महिना अवधिमा यी वस्तुहरूको आयात अघिल्लो वर्षको भन्दा बढ्दो छ। तर चालु आर्थिक वर्षमा अण्डाको आयात भने घटेको भन्सार विभागको तथ्यांकले देखाउँछ। कृषि तथा पशुपंछी विकास मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मी अहिले अण्डामा मात्रै मुलुक आत्मनिर्भर भएको बताउँछन्। 

‘कृषिजन्य वस्तुमा सिंचाईको समस्या र जमिन बाँझो राख्ने क्रम बर्षेनी बढ्दो क्रममा रहेका कारण अबको केही वर्षमा पनि हामी आत्मनिर्भर हुन सक्ने अवस्था छैन। पशुजन्य वस्तुमा केही आशा गर्ने ठाउँ देखिएको छ,’ रेग्मी भन्छन्। 

कार्यान्वयन निकाय पनि ‘फेल’
बिना कुनै योजना चुनाव जित्नकै लागि तयार पारेका राजनीतिक दलका घोषणापत्रले मात्र होइन, विस्तृत योजना र लक्ष्य राखेर सरकारका विभिन्न निकायले तयार पारेको कार्ययोजनामा पनि मुलुक केही वर्षभित्रै आत्मनिर्भर हुने भनी उल्लेख गरिएको छ।

विभिन्न आवधिक योजना बनाउने तथा त्यसको कार्यान्वयनका लागि विस्तृत कार्ययोजनासमेत बनाउने राष्ट्रिय योजना आयोगले चौधौं आवधिक योजनाको अन्त्यसम्ममा मुलुक खाद्य वस्तुमा आत्मनिर्भर भइसक्ने उल्लेख गरेको थियो। तर आयोगले १५औं पञ्चवर्षीय आवधिक योजनाको तयारी गरिरहँदा चौधौं आवधिक योजनाले कृषि क्षेत्रमा लिएका लक्ष्य भने अपूरै देखिएका छन्।

दिगो र व्यावसायिक विकासद्वारा कृषि क्षेत्रलाई प्रतिस्पर्धी र आत्मनिर्भर उन्मुख बनाउने चौधौं योजनाको लक्ष्य प्राप्त हुन नसकेको तथ्याङ्कले देखाएको छ। अझ त्यो भन्दा महत्वपूर्ण कुरा के भने कृषि क्षेत्रमा आश्रित जनसंख्या र कुल ग्रार्हस्थ्य उत्पादनमा त्यसको योगदान पनि ५ वर्ष अघिको तुलना घट्दो क्रममा देखिएको छ। 

चौंधो आवधिक योजना लागू भएको आधार वर्ष २०७२/७३ मा धान ४२ लाख ९९ हजार मेट्रि टन, मकै २२ लाख ३१ हजार मेट्रिक टन, गहुँ १५ लाख ७० हजार मेट्रिक टन, र दलहन ३ लाख ६० हजार मेट्रिक टन उत्पादन भएको कृषि मन्त्रालयको तथ्याङ्कले देखाउँछ। त्यसैगरी, तरकारी ३५ लाख ८० हजार मेट्रिक टन, फलफूल १० लाख ९६ हजार मेट्रिक टन, आलु २८ लाख ५० हजार मेट्रिक टन र माछा ७८ हजार मेट्रिक टन वार्षिक उत्पादन रहेको थियो। 

चौंधौं पञ्चवर्षीय योजना अवधिको अन्तिम वर्ष २०७५/७६ मा धान ५५ लाख ६१ हजार मेट्रिक टन, मकै २६ लाख ९६ हजार मेट्रिक टन, गहुँ २२ लाख १९ हजार मेट्रिक टन, र दलहन ४ लाख ३८ हजार मेट्रिक टन पुर्‍याउने लक्ष्य राखेको थियो। त्यसैगरी, तरकारी ४० लाख मेट्रिक टन, फलफूल १४ लाख ८० हजार मेट्रिक टन, आलु ३२ लाख ५० हजार मेट्रिक टन र माछा १ लाख ३ हजार मेट्रिक टन वार्षिक उत्पादन पुगेको हुनेछ।

तर, आवधिक योजनाको अन्तिम वर्ष अर्थात् चालु आर्थिक वर्षसम्ममा धानको उत्पादन ५१ लाख ५१ हजार मेट्रिक टन, मकै २५ लाख ९६ हजार मेट्रिक टन, गहुँ १९लाख ४९ हजार मेट्रिक टन र दलहन ३ लाख ३८ हजार मेट्रिक टन बराबर वार्षिक उत्पादन रहेको देखिन्छ। चौधौं योजनाको लक्ष्यअनुसार आलुको उत्पादन यस वर्ष ३२ लाख ५० हजार मेट्रिक टन पुगिसक्नुपर्ने थियो। तर ३० लाख ८८ हजार मेट्रिक टन बराबर मात्रै उत्पादन भएको छ। फलफूलको उत्पादन १४ लाख ८० हजार मेट्रिक टन  पुगिसक्नुपर्नेमा १० लाख १० हजार मेट्रिक टनमै खुम्चिएको छ। 

तरकारी र माछाको उत्पादनमा भने चौंधौं योजनाको लक्ष्य भेटिएको देखिन्छ। २०७५/७६ सम्ममा ४० लाख मेट्रिक टन तरकारी वार्षिक उत्पादनको लक्ष्य लिएकोमा ४० लाख ९९ हजार मेट्रिक टन पुगेको देखिन्छ। माछाको उत्पादनमा ९० लाख मेट्रिक टन उत्पादन लक्ष्य राखेकोमा १ लाख ३ हजार मेट्रिक टन पुगेको देखिन्छ। 

के छ १५औं पञ्चवर्षीय योजनाको लक्ष्य? 
योजना आयोगले अहिले १५ पञ्चवर्षीय योजना निर्माणको काम द्रुत गतिमा अघि बढाइरहेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोगलाई बुझाएको ५ वर्षे मार्गचित्रमा कृषि उत्पादनमा उल्लेख्य वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान बढाउने महत्वाकांक्षी योजना अघि सारिएको छ। 

आर्थिक वर्ष २०८०/८१ सम्ममा धानको उत्पादन ६१ लाख ७३ हजार मेट्रिक टन, मकैको उत्पादन २९ लाख २७ हजार मेट्रिक टन, र गहुँको उत्पादन २४ लाख २० हजार मेट्रिक टन पुर्‍याउने लक्ष्य राखिएको छ। त्यसैगरी, तरकारीको उत्पादन ४५ लाख मेट्रिक टन, आलुको उत्पादन ३४ लाख ९८ हजार मेट्रिक टन, र फलफूलको उत्पादन १५ लाख १० हजार मेट्रिक टन पुर्‍याउने लक्ष्य मन्त्रालयको  छ। त्यस्तै दलहनको उत्पादन ५ लाख १२ हजार मेट्रिक टन पुर्‍याउने लक्ष्य छ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  ०६:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज क–कसले गर्दै छन् संसदमा सम्बोधन ?
आज क–कसले गर्दै छन् संसदमा सम्बोधन ?
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त, आजै दाहसंस्कार गरिने
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
छिटो नतिजा लक्ष्यसहित एसईईको पहिलो दिनबाटै थालियो कपी जाँच बिहीबार, चैत १९, २०८२
साइकल चढेर संसद भवन गए रास्वपा सांसद गजुरेल बिहीबार, चैत १९, २०८२
यातायात कार्यालय र मालपोत कार्यालयबाट १६ जना बिचौलिया पक्राउ बिहीबार, चैत १९, २०८२
आज क–कसले गर्दै छन् संसदमा सम्बोधन ? बिहीबार, चैत १९, २०८२
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त, आजै दाहसंस्कार गरिने बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा बुधबार, चैत १८, २०८२
एमाले सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज बुधबार, चैत १८, २०८२
आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्