• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख २५, २०८३ Fri, May 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

तीन वर्षदेखि रोकिएको बाँध फुट्दा शेयर बजारमा आयो बाढी

केही महिनामै १८०० अंक नाघ्छ : बजार विश्लेषक
64x64
नेपाल लाइभ शनिबार, फागुन १०, २०७६  ०७:५९
1140x725

काठमाडौं- शेयर बजारमा ठूला लगानीकर्ता छिर्दा अर्बौ रुपैयाँको कारोबार हुन थालेको छ। बिहीबार दोस्रो बजारमा इतिहासकै सबैभन्दा धेरै दुई अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको छ।

धेरै कारोबार ठूला लगानीकर्ता छिरेरमात्रै सम्भव हुने बजार विश्लेषक निरञ्जन टिवरेवालले बताए। 

'साना तथा ठूला लगानीकर्ताहरु 'अहिले शेयर नकिने पछि परिन्छ' भन्दै सकेको शेयर उठाउन थालेका छन्। बजारबाट 'डिप्रेस' भएका लगानीकर्ता सुधारको संकेतसँगै पैसा लिएर बजार प्रवेश गरेका छन्,' उनले भने, 'तीन वर्षदेखि रोकिएको बाँध फुट्दा शेयर बजारमा बाढी आयो। यसले अब शेयर बजारको अहिलेसम्मकै अधिकतम विन्दुलाई तोड्ने छ।'

विगतमा पैसा भएका लगानीकर्ताहरु पनि डरले बजार प्रवेश गर्न सकेका थिएनन्। तीन वर्षसम्म रोकिएको बाँध फुटेसँगै एकाएक शेयर बजारमा बाढी आएको बजार विश्लेषक टिवरेवाल बताउँछन्। उनले भने, 'तीन वर्षदेखि रोकिएको बाँध फट्दा शेयर बजारमा बाढी आयो। यसले अब शेयर बजारको अहिलेसम्मकै अधिकतम विन्दुलाई तोड्ने निश्चित छ।'

बजार यति नै अंकमा पुग्छ भन्ने भन्दा पनि बजार सुधार हुने आधारहरु एकैपटक आउँदा बजारको रोकिएको बाँध फुट्न सकेको उनले बताए। बजारमा बैंकिङ तरलता विस्तारै सहज हुदै जानु, सरकारले आफ्नो निकटको व्यक्तिलाई धितोपत्र बोर्ड अध्यक्ष बनाएर बजार सुधार हुने नीति ल्याउनु, कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषले स्टक डिलरको रुपमा शेयर किन्न थाल्नु जस्ता कारणले बजारलाई बढ्न प्रेरित गरेको उनको विश्लेषण छ। 

'पछिल्लो समय अनलाइन प्रणालीको प्रयोगकर्ता बढ्दै जादा कारोबार रकम पनि बढिरहेको छ। जसले गर्दा अबको समय अधिकतम कारोबारको रेकर्ड दिनदिनै तोडिने देखिन्छ,' टिवरेवाल भन्छन्।

नेपाल लाइभसँगको अन्तर्वार्तामा ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले अबको केही समयमा दोस्रो बजारमा चार-पाँच अर्बको कारोबार सामान्य हुने बताएका थिए। 

राजनितिक तथा आर्थिक वृत्तमा देखिएका काला बादल हट्दै गएकाले पनि शेयर बजारमा सुधार भएको विश्लेषकहरु बताउँछन्। प्राविधिकरूपमा पनि शेयर बजार सुधार हुने बेला आएको बजार विश्लेषक दिलिप मुनाकर्मीको विश्लेषण छ। 

nimb
nimb
Ncell 2
Ncell 2

तीन-तीन वर्षमा नेपालको शेयर बजारमा बुलिस र बियरको साइक्लिङ हुने गरेको पाइन्छ। तीन वर्षसम्म बियरिस ट्रेण्डमा रहेको शेयर बजार अबको तीन वर्षसम्म बुलिस हुने प्राविधिक विश्लेषणले पनि बजार सुधारका लागि सपोर्ट गरेको उनको तर्क छ। 

तीन वर्षदेखि बैंकिङ क्षेत्रमा तरलता अभाव र राजनैतिक अविश्वास थियो। वामपन्थी सरकारसँग डराएका लगानीकर्ताहरु केही समयदेखि डराउन छाडेको बजार विश्लेषक मुनाकर्मीले बताए। शेयर बजारले कम्युनिष्ट सरकारलाई खासै रुचाउँदैन। 

नेकपा एमाले र नेकपा माओवादीले २०७४ कात्तिकमा सँगसँगै चुनामा जाने सम्झौतापछि शेयर बजार १६ सय अंकबाट १४ सय अंकको हाराहारीमा झरेको थियो। त्यतिबेला दुई बलिया कम्युनिष्ट पार्टी एकीकरणसँगै नेपालमा कम्युनिष्ट शासन सुरु हुने विश्लेषण गरियो। यसले लगानीकर्तामा डर पैदा भयो। 

यसै अवधिमा दुई तिहाइ बहुमत सरकार पनि आयाे। कतिपयले अब ५ वर्ष स्थिर सरकार आउछँ, अर्थतन्त्र सुधार हुन्छ त्यसैले शेयर बजारमा पनि केही सुधार आउछ भन्दै विश्लेषण गरेका थिए। तर कतिपयले कम्युनिष्ट सरकारको काम कारबाही र उनीहरुले ल्याउने बजेट नीति तथा कार्यक्रमका आधारमा बजारको बजार अगाडि बढ्ने विश्लेषण गरेका थिए। 

झण्डै दुई तिहाइ बहुमतको समर्थनमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले डा युवराज खतिवडालाई अर्थमन्त्री नियुक्त गरे। तर बजारले खतिवडालाई खासै रुचाएन। उनी अर्थमन्त्री भएकै दिन भारी अंकले शेयर बजारमा गिरावट आयो। 

अर्थमन्त्री भएको केही दिनमा उनले शेयर बजार अनुत्पादक क्षेत्र भएको अभिव्यक्ति दिए। त्यसपछि उनलाई शेयर बजारका लगानीकर्ताले चर्को विरोध गरे। विरोधसँगै शेयर बजार १४ सयको लाइनबाट ११ सयको लाइनमा तल झर्‍याे। 

उनले सार्वजनिकरूपमा दिएको भाषणले पनि शेयर बजारलाई प्रभावित पार्ने अवस्था बन्यो। तर लगानीकर्ताहरुको चर्को आन्दोलनपछि उनले शेयर बजारका विषयमा सुधारिएको भाषण गर्न थालेका थिए। सञ्चार माध्यममार्फत लगानीकर्ताका संघ संस्थाले खुलेर विरोध गरेपछि उनले बजार सुधारका लागि कुनै कसर नराख्ने बताए। 

उनले शेयर बजारका लागि नीतिगत सुधार गर्ने भन्दै धेरै पटक सार्वजनिक अभिव्यक्ति नै दिनुपर्‍याे। कर्मचारी सञ्चय कोषको वार्षिकोत्सवमा खतिवडाले शेयर किन्ने बेला यही हो किनेर राख्नुहोस्र भनेर लगानीकर्तालाई हौसला नै दिए।

त्यसैदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ठूलो मात्रामा शेयर खरिद गरिदिन अनुरोध नै गरे। यसै क्रममा शेयर बजारका लागि धेरै सुधारका काम पनि भए।  

बजारले कडा रुपमा लिएका अर्थमन्त्री पनि आन्दोलन गर्‍याे भने पछाडि हट्ने रहेछन् भन्ने सन्देश बजारमा प्रवाह भएसँगै उनि प्रतिको डर विस्तारै कम हुँदै गएको बजार विश्लेषक मुनाकर्मीले बताए।

उनले भने, 'खतिवडाले पुँजीगत लाभकर बढाएर ७.५ प्रतिशत पुर्‍याए तर लगानीकर्ताहरुले आन्दोलन गरेपछि ५ प्रतिशतमा झार्न बाध्य भए।' यसपछि लगानीकर्ताहरुमा खतिवडाले बजारलाई असर पर्ने गरि केही गरिहाले पनि आन्दोलन गर्‍याे भने पछाडि हट्दा रहेछन् भन्ने कन्फिडेन्स बढेको मुनाकर्मी बताउँछन्। 

बलियो कम्युनिष्ट सरकारको रुपमा लिइएको ओली सरकार एकपछि अर्को गर्दै विवादमा पर्न थालेपछि लगानीकर्ताहरुमा कम्युनिष्ट सरकारको 'ह्याङओभर' सकिएको एक बजार विश्लेषकले बताए। ती विश्लेषकले भने, 'विगत जसरी कम्युनिष्ट सरकार भनेर डराउने अवस्था थियो अब यो सरकारले कम्युनिष्ट चरित्र नदेखाउने पुष्टि भयो।'

प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  ०७:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
त्रिविसहित आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
आज तीन संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान शुक्रबार, वैशाख २५, २०८३
त्रिविसहित आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान शुक्रबार, वैशाख २५, २०८३
आज तीन संसदीय समितिको बैठक बस्दै शुक्रबार, वैशाख २५, २०८३
श्रम संस्कृति पार्टी र सुदन किरातीबिच एकताको सहमति, आज दिउँसो एकता घोषणा हुने शुक्रबार, वैशाख २५, २०८३
नारायणगढ-मुग्लिन सडक अवरुद्ध शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
कीर्तिपुर घटना : अभद्र व्यवहार मुद्दाबाट छुटेका युवक खुकुरी प्रहारमा संलग्न, ३ जना नियन्त्रणमा बिहीबार, वैशाख २४, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्