काठमाडौं- पोखराको साराङकोटमा प्याराग्लाइडिङ वर्ल्ड कप हुने भएको छ।
नेपाल हवाई खेलकुद संस्थाले यही फागुन ११ गतेबाट प्याराग्लाइडिङ वर्ल्ड कप एसियन टुर २०२० गर्न लागेको हो।
संस्थामा अध्यक्ष कृष्ण भन्डारीका अनुसार यो कार्यक्रम ७ दिनसम्म चल्नेछ। उनका अनुसार यो प्याराग्लाडिङको १९ औं संस्करण हो।
यसले १९ औं च्याम्पियन पाउने छ। प्रतियोगितामा २५ भन्दा बढी देशबाट १ सयभन्दा बढी ग्लाइडर उपस्थित हुने छन्। तर, कोराना भाइरसका कारण केही खेलाडीको संख्यामा भने कम हुने भण्डरीको भनाइ छ।
खेल सारङकोटबाट सुरु हुनेछ। प्रतियोगितामा नेपाल भिजिट नेपाल २०२० सचिवालय र नेपाल पर्यटन बोर्डको समेत सहकार्य रहने छ।
खेलको सुरक्षाको जिम्मेवारी भने नेपाली सेनालाई दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका वरिष्ट अधिकृत मुकेश डंगोलले जानकारी दिए।
आयोजकले सुरक्षाको लागि मन्त्रालयसँग सहयोग मागेको र मन्त्रालयले एउटा हेलिकोप्टरसहित तयारी अवस्थामा सेना राख्न सहयोग गरिदिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।