काठमाडौं- प्रभु बैंकले ४१ लाख २६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणतर्फ परिणत गरेको छ।
उक्त शेयर बिहीबारदेखि दोस्रो बजारमा सर्वसाधारण तर्फ कारोबार गर्न मिल्ने भएको हो। उक्त शेयर संस्थापक तर्फ परिणत भए सँगै बैंकको संस्थापक शेयर ५१ प्रतिशत र सर्वसाधारण शेयर ४९ प्रतिशत हुनेछ।
यस अगाडि बैंकको संस्थापक शेयर ३० प्रतिशत र सर्वसाधारण शेयर ७० प्रतिशत थियो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा संस्थापक शेयर अधिकतम ७० प्रतिशत र न्यूनतम ५१ प्रतिशत हुनु पर्ने व्यवस्था छ। त्यस्तै सर्वसाधारण तर्फ न्यूनतम ३० प्रतिशत र अधिकतम ४९ प्रतिशतसम्म हुने व्यवस्था छ।
यसै व्यवस्थाअनुसार बैंकले सर्वसाधारण तर्फको शेयर हिस्सा बढाएको हो। संस्थापक तर्फको शेयर दोस्रो बजारमा सजिलै कारोबार गर्न मिल्दैन। तुलनात्मक रुपमा संस्थापक शेयर सर्वसाधारण शेयरभन्दा सस्तो हुन्छ। त्यसैले गर्दा बैंकका संस्थापकहरुले दोस्रो बजारमा सजिलै करोबार गर्न र पुँजीगत लाभ लिन संस्थापक शेयरलाई सर्वसाधारण तर्फ परिणत गर्दै आएका छन्।
बिहीबार नै देवः विकास बैंकले पनि एक लाख ८५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारण तर्फ परिणत गरेको छ। उक्त शेयर संस्थापक तर्फ परिणत भए सँगै ससंस्थापक तर्फ ५१.५० र सर्वसाधारण तर्फ ४८.५० प्रतिशत हुनेछ। केहि समय अगाडि देवः विकास बैंक र कुमारी बैंक मर्जरमा जान संझौता गरेका थिए। यसरी संस्थापक शेयर सर्वसाधारण तर्फ परिणत हुँदा दोस्रो बजारमा सप्लाइ बढ्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।