काठमाडौं- अर्थ सचिव शिशिर ढुंगानासँग नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको १० सदस्यीय नाडा प्रतिनिधि मण्डलले भेटेको छ।
उक्त भेटमा फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरुबारे छलफल भएको नाडाले जनाएको छ।
उक्त भेटघाटमा नाडाका उपाध्यक्षद्वय करण चौधरी र आकाश गोल्छाले अटोमोवाइल व्यवसायमा हाल देखापरेका समसामयिक समस्याहरुबारे आ-आफनो धारणा राखेका थिए।
सो अवसरमा महासचिव सुनिल रिजालले स्पेयर पार्टसको व्यवसायलाई स्वच्छ व्यवसाय बनाउनुपर्नेमा जोड दिएका थिए।
सोही क्रममा सचिव ढुंगानाले भन्सार, भिसिटिएस र करका सम्बन्धमा नाडाले प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेकोमा सराहना गर्दै त्यसका लागि आवश्यक हुने विज्ञ मन्त्रालयबाटै पठाउने आश्वासन दिए।
सो भेटमा अध्यक्ष दुलालसहित उपाध्यक्षद्वय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल, निराकार श्रेष्ठ समेतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।