काठमाडौं- कोका-कोला नेपालले चितवन राष्ट्रिय निकुञ्जको फाहोर व्यवस्थापनमा सहयोग गरेको छ।
कम्पनीले निकुञ्जलाई पिइटी बोतल कलेक्शन बिन समेत हस्तान्तरण गरेको छ।
वन तथा वातावरण मन्त्रालयको अगुवाइमा २०१९ जनवरीमा सुरुवात गरिएको उक्त अभियान चितवन राष्ट्रिय निकुञ्जले कार्यान्वयनमा ल्याएको थियो भने नेपाल आर्मी, वर्ल्ड वाइल्डलाइफ फन्ड नेपाल (डब्लुडब्लुएफ नेपाल), हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसिआई), राष्ट्रिय प्राकृति संरक्षण कोष, स्थानीय समुदाय र पर्यटन उद्यमीलगायतले सहकार्य गरेका थिए।
राष्ट्रिय निकुञ्जको विभिन्न स्थानहरुबाट पिइटी बोतलहरु नियमित रुपमा कोका-कोला नेपालको सस्टेनेबिलिटी पार्टनरमार्फत संकलन गरिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।