काठमाडौं- सामसुङ मोबाइलले पुरानो दिएर नयाँ मोबाइल लिन सकिने एक्सचेन्ज अफर ल्याएको छ।
सामसुङ मोबाइल नेपालमा चर्चित ब्रान्डमध्ये एक ब्रान्ड हो। यो अफर योजना मोबाइलको आधिकारिक बिक्रेता आइएमएले आफ्नो अधिकांश आइएमएस स्मार्ट शोरुममा रहेको जनाएको छ।
यसका लागि आइएमएस स्मार्ट आउटलेटहरुमा गई आफ्नो पुरानो स्मार्ट फोनको विवरण दिनुपर्ने कम्पनीले जनाएको छ। कम्पनीले पुरानो स्मार्ट फोनको उचित मुल्यसहित एक्सचेन्ज गरिदिने जनाएको छ। तर, यसका लागि ग्राहकले एक्सचेन्ज फर्म अनिवार्य रुपमा भर्नुपर्नेछ।
एक्सचेन्ज सुविधा भएको आइएमएसमा स्मार्ट आउटलेट
१. न्यूरोड, पाको, काठमाडौं
२. रोयलसिङ्गी होटेल आर्केड, कमलादी, काठमाडौं
३. पिपल्स प्लाजा, खिचापोखरी, काठमाडौं
४. अल्का अस्पतालनजिक, जावलाखेल, ललितपुर
५. शेर्पामल, दरवारमार्ग, काठमाडौं
६.पिपलबोटचोकको नजिक, बौद्ध, काठमाडौं
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।