काठमाडौं- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा 'पर्यटन परी' नामका दुईवटा राेबोटबाट सेवा सुरु गरिएको छ।
कामलाई अझ सहज साथै सूचनामैत्री बनाउन नेपाली, अंग्रेजी र चिनियाँ भाषा बोल्न सक्ने 'पर्यटन परी'ले सहयोग गर्ने बताइएको छ।
यी रोबोट नेपाली प्राविधिकले नेपालमा नै तयार गरेका हुन्।
यसबाट त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल थप आधुनिक र प्रविधीमैत्री बन्ने विश्वास गरिएको छ।
सो तस्बिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसमेत देखिन्छन्।
परीहरूले मन्त्री भट्टराईलाई नमस्कार गरेको देख्न सकिन्छ। यसपछि मन्त्रीले पनि पर्यटनपरीहरू नमस्कार फर्काएको देख्न सकिन्छ।
पर्यटन परीको नमस्कार पाएपछि मन्त्री योगेश प्रशन्न मुद्रामा देखिन्छन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।