• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

वैदेशिक रोजगार विभाग : कामदारभन्दा म्यानपावरको हितमा बढी चासो राख्दै महानिर्देशक

64x64
नेपाल लाइभ बुधबार, फागुन ७, २०७६  १७:३३
1140x725

काठमाडौं- वैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक कुमार दाहालले कामदारभन्दा म्यानपावरको हकहितमा केन्द्रित हुने छाँट देखाएका छन्।

गत माघ २७ गते वैदेशिक रोजगार पत्रकार समाजसँगको भेटघाटमा उनले दिएको प्रतिक्रियाले कामदारको पक्षमा कम र व्यवसायीका पक्षमा बढी चासोको आशय बोकेको छ। 

महानिर्देशक दाहालको व्यवसायीमुखी जवाफ जस्ताको त्यस्तै:

प्रत्यक्ष रुपमा विभागका थुप्रै विकृतिहरु छन्। यसको सोझै सरोकार अर्थसँग छ। जहाँ अर्थसँग प्रत्यक्ष सरोकार राख्ने क्रियाकलाप हुन्छन् त्यहाँ थुप्रै विकृतिहरु पनि हुन्छन्। सबैलाई त म गलत भन्दिनँ पनि तर यहाँ हामीसँग झण्डैझण्डै एकसयदेखि डेढ सय म्यानपावरका उजुरी छन्। सबै उजुरी गलतै हुन् भन्न पनि सकिँदैन। काम गर्दै जाँदा गलत हुन्छ नै। फेरि अहिले हामीलाई के भइदियो भने दुर्व्यवहार, वैदेशिक रोजगार ठगीका विषयहरु र चेक बाउन्सका विषयहरु फौजदारी अभियोगको अत्यन्तै कडा रुपमा व्याख्या भइरहेको छ र कानुनले पनि त्यही व्याख्या गरेको छ।

त्यसले गर्दा यी तीनवटा विषयमध्ये वैदेशिक रोजगारीको ठगी पनि वास्तवमा फौजदारी अभियोगको एकदमै कडा सजाय हुने क्षेत्रभित्र पर्छ। र कतिपयले आफ्नो व्यक्तिगत कारोबार गरेर वैदेशिक रोजगारको  कागज गरेर देखाउने गरेका छन्। यस्ता खालका विकृतिहरु पनि देखिएका छन्। जसले गर्दा प्रत्यक्ष रुपमा निजी क्षेत्रहरू(म्यानपावरहरु) अप्ठ्यारोमा परेका छन्। यो छुट्याउन पनि जरुरी छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘मलेसियालगायत खाडीका ६ मुलुकमा फ्रि भिसा फ्रि टिकटमा कामदार जान पाउने व्यवस्था गरिएको छ, तर म्यानपावरहरुले कामदारहरुबाट सरकारले तोकेभन्दा कयौँ गुणा बढी रकम लिइरहेका छन्, यो पाटोलाई सुधार नगरेसम्म वैदेशिक रोजगारीमा अपेक्षित सुधार आउन सक्दैन यसलाई कसरी हेर्नु भएको छ?’ पत्रकारको यो प्रश्नमा महानिर्देशको जवाफ - यो अत्यन्तै चुनौतिपूर्ण विषय हो। शायदै  यो नीति बनाउँदा अभ्यास गरेरै बनाइयो होला तर अहिले के सुनिएको छ भने, यहाँ मैसँग आएका धेरै वैदेशिक रोजगारीमा जाने कामदारहरु तिर्न त ३ लाख तिरेको हो तर १० हजारको त रसिदमात्रै पो दिएको त भनिरहेका छन्।

सायद हाम्रा ताहाचलका साथीहरुले पैसा कति दिनुभयो भनेर मैले १० हजार दिएँ भन्ने परिस्थिति आउला त्यसकारणले यो कुरालाई अझै बढी उत्तरदायी बनाउनका लागि अझै यसलाई बढी तथ्यमा आधारित बनाउने हो कि? जस्तै कतार मलेसियालगायत कतिपय ठाउँमा मैले बुझेअनुसार खासै पैसा लाग्दैन धेरै कुराहरु सम्बन्धित सरकारले वा कामदार भित्र्याउने देशले नै सबै खर्च बेहोर्ने खालका सहमतिहरु पनि भएका छन्।

यो वैदेशिक रोजगारीमा ठूलो विकृति हो। यो विषय ठ्याक्कै अहिले फुकाइहाल्न पनि गाह्रो छ किनभने सिधै पब्लिकसँग जोडिएको छ। सोच्नुपर्थ्यो होला पहिले नै। विश्लेषण गर्नुपर्थ्यो होला। साँच्चै भन्दा १० हजारमात्रै लिएर वैदेशिक रोजगारमा जाने मान्छे मेरो विचारमा थोरैमात्रै होलान्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

हो‚ कागजी रुपमा त १० हजारकै बिल पेश हुन्छ यहाँ। म पनि देखिरहेको छु। त्यही मान्छेलाई बोलाएर सोध्दा कहाँ हुन्छ मैले त १ लाख ९० हजार दिएको भन्छ। बकितम् ठिक हो कि लिखितम् ठिक हो। त्यसले गर्दा यो एउटा चुनौतिपूर्ण विषय हो। तर अब यसलाई कसरी म्यानेजमेन्ट गर्ने भन्ने विषयमा हामीले अभ्यास नै गर्नुपर्छ।

०००

दाहालले वैदेशिक रोजगार विभागमा गत माघ ४ गते महानिर्देशकका रुपमा पदबहाली गरेका हुन्। यसअघि तत्कालीन मन्त्री गोकर्ण विष्टले विश्वासका आधारमा  विभागका महानिर्देशकका रुपमा डा भिष्मकुमार भुसाललाई नियुक्त गरेका थिए।

भुसालले विभागमा सुशासनका थुप्रै कदमहरु अघि सारेका थिए। श्रम मन्त्रीका रुपमा रामेश्वर राय यादव आएसँगै भुसाललाई सरकारले अख्तियारमा सरुवा गरेको छ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १७:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्