काठमाडौं– के तपाईंलाई कुनै कामदार चाहिएको छ? चाहिएको छ भने अब कामदार खोज्न दौडधुप गरिरहनु पर्दैन। आवश्यकताअनुसार मोबाइलबाटै कामदार बोलाउन सक्नुहुन्छ।
ललितपुरकाे कुपन्डोलस्थित फिक्सिटले करिब एक वर्षदेखि यो व्यवस्था मिलाएकाे छ। फिक्सिट मोबाइल एप्लिकेशनमार्फत तपाईं आफूलाई आवश्यक परेको कामदार बोलाउन सक्नु हुन्छ।
ईलेक्ट्रिसियन, सीकर्मी, माली, क्लिनर, कुक, हेल्पर, मेकानिक, प्लम्बर, कार्पेन्टरलगायत अन्य विभिन्न क्षेत्रका कामदार आवश्यकता परेमा याे एपबाट कामादर बोलाउन सकिन्छ। जसका लागि मोबाइलमा एफआइएक्सआइटी (फिक्सिट) नामक एप्लिकेशन डाउनलोड गर्न सकिने छ।
यसका लागि एप डाउनलोड गरी पूरा नाम, मोबाइल नम्बर र इमेलसहितको आइडी बनाउनुपर्ने हुन्छ। सो आइडी बनाएपछि एपको होमपेज खुल्छ। जहाँ कामदारका थुप्रै प्रकृति उल्लेख गरिएको छ। उल्लेखितभन्दा फरक कामदार आवश्यक परेमा त्यसका लागि अप्सन पनि राखिएको छ।
त्यसबाट आवश्यकता परेको कामदार बोलाउन सकिने छ। कम्प्युटर बिग्रिएर बनाउने मान्छे चाहिएको छ भने कम्प्युटर सर्भिस भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। त्यहाँ कम्प्युटरको समस्या र फोटोसमेत राख्न सकिन्छ। त्यसपछि कम्प्युटर बनाउन मेकानिकहरु घरमै आइपुग्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।