काठमाडौं- बेलायती विलासी सवारी उत्पादनक कम्पनी ज्यागुअर ल्यान्ड रोभरको सब-ब्रान्ड ज्यागुअरको इलेक्ट्रिक कार आइपेस निक्कै लोकप्रिय बनेको छ। २०१९ मा यो इलेक्ट्रिक कार विश्वभर १७ हजार ३ सय ५५ वटा बिक्री भएको तथ्यांक इनसाइडइभिज्ले लेखेको छ।
ज्यागुअर आइपेस इलेक्ट्रिक कार नेपाली बजारमा समेत भित्रिएको छ। गत भदौमा सिर्सिया भन्सार आइपुगेको ज्यागुअर आइपेस केही साता अघिमात्र भन्सार जाँचपास भएर नेपाल भित्रिएको हो। यो कारको नेपाली बजार मूल्य कति पर्छ भन्ने यकिन भने भएको छैन।
ज्यागुअर आइपेस २०१९ को डिसेम्बरमा १ हजार ९ सय ११ वटा बिक्री भएको थियो। यो अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १४.३ प्रतिशत काम हो। ज्यागुअरको समग्र बिक्रीमा आइपेसको हिस्सा १०.७ प्रतिशत रहेको छ।
आइपेसमा दुईवटा १९७ एचपी (१४७ केडब्लू) पावरसहितको मोटर जडान गरिएको छ। जसले कुल ३९५ एचपी (२९५ केडब्लू) पावर र ७ सय एनएम टर्क जेनेरेट गर्छ। आइपेसले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको दूरी ४.८ सेकेन्डमै तय गर्न सक्छ। त्यस्तै यसको अधिकतम् गति प्रतिघण्टा २ सय किलोमिटर रहको छ।
९० केडब्लूएच लिथियम आयोन ब्याट्री प्रयोग गरिएको आइपेसले एक पटकको फुल चार्जमा ३ सय ७७ किलोमिटर माइलेज दिन्छ। यो कम्प्याक्च लक्जरी व्याट्री–इफलेक्टिङ क्रसओभर एसयुभी कार हो।
बेलायती बजारमा ज्यागुअर आइपेसको मूल्य ६४ हजार ४ सय ९५ देखि ७४ हजार ९ सय ९६ पाउण्ड पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।