काठमाडौं- राष्ट्रिय जनता पार्टीले आफ्नो पार्टीका सांसदहरुको मासिक लेबी निर्धारण गरेको छ।
राजपाको संसदीय दलको बैठकले पार्टीका सांसदहरुको मासिक लेबी १० हजार रुपैयाँ तोकेको हो। प्रतिनिधि तथा राष्ट्रिय सभामा राजपाका १९ सांसद छन्।
त्यस्तै, बैठकले संसदीय दलको विधान बनाउने जिम्मेवारी लक्ष्मणलाल कर्णलाई दिएको छ। सोही विधान अनुसार राजपाको संसदीय दलको नेता लगायत पदाधिकारीको निर्वाचन हुनेछ।
राजपाले बैशाख ८ गते पार्टीको राजनीतिक समितिको बैठक बोलाएको छ।
सो बैठकपछि संसदीय दलको नेता चयनको निर्वाचन प्रक्रिया अघि बढ्ने महासचिव केशव झाले जानकारी दिए। दलको नेतामा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादवले इच्छा देखाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।