काठमाडौं- सातामै ७८ अंकले सुधार भएको बजारमा मंगलबार एकै दिन नाफा बुक सँगै थप सुधारको देखिएको छ।
कारोबार सुरु हुने बित्तिकै १८ अंकले सुधार देखिएको बजार १३ मिनेटमै १४१६ अंक पुगेको थियो।
बजार एकोहोरो सुधार हुन थालेपछि गएका दिनमा सेयर किनेकाहरूले नाफा बुक गर्दा केही मिनेटमै बजार रातो देखियो।
नाफा बुक गर्ने हाबी हुँदा बजार ११ अंकसम्मले तल झर्यो। तर लगानीकर्ताको बजार सुधार हुने मनोविज्ञानले नाफा बुक गर्नेहरुको अगाडि उल्टै १.७७ अंकले सुधार भएर रोकियो।
सरकारका अर्थमन्त्री परिवर्तन हुने हल्लाले केही दिनदेखि बजार लगातार सुधार भैरहेको छ।
बजार घटिरहेकै अवस्थामा अर्थमन्त्री डा. युवराज खतिवडा आउदा थप तल झरेको थियो।
लामो समयसम्म बजार घट्नुमा अर्थमन्त्रीलाई प्रमुख कारकको रुपमा चित्रित गरियो।
तर तीन महिनादेखि उनी हट्ने हल्ला चलाएर बजार सुधार हुँदै आएको छ।
बजार केही सुधार देखिए सँगै उनको ह्याङओभर लगभग अन्त्य भएको छ।
बजार सुधार हुने संकेतकै बीचमा बजारका प्राविधिक विश्लेषकहरुले पनि खेल्ने मौका पाएका छन्।
उनीहरुले यदि बजारले गत वर्षको सबैभन्दा उच्च विन्दुलाई उछिन्यो भने थप एक सयको अंकले सुधार हुने भन्दै हल्ला फिजाएका छन्।
प्राविधिक विश्लेषक तथा अन्य सैद्धान्तिक विश्लेषणलाई विश्वास गर्दै लगानीकर्ताहरुले आफ्नो लगानीलाई चार गुणा बढाएको एक ब्रोकरले जानकारी दिए।
एक वर्ष अगाडि एक लाख रुपैयाँको कारोबार गर्ने लगानीकर्ताले अहिले चार लाखभन्दा माथिको कारोबार गर्न थालेको उनले बताए।
सूचक १.७७ अंकले सुधार भएर १४००.०१ अंकमा रोकिएको छ।
तीव्र उतारचढावका बीचमा पनि कारोबार रकम दुई अर्ब १२ करोड रुपैयाँ पुगेको छ।
सोमबार ३४ अंकले सुधार भएको बजारमा दुई अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो।
यो कारोबार इतिहासकै दोस्रो धेरै कारोबार थियो।
सात वटा सूचकमा गिरावट आएको छ भने ५ वटा सूचक सुधार भएका छन्।
सबैभन्दा धेरै एनआईसी एसियाको सबैभन्दा धेरै १० करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ।
घलेम्दी हाइड्रो र कालिका माइक्रो क्रेडिटको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।