काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैशाख ९ गते पार्टी एकता गर्ने समझदारी भएको बताएका छन्।
ललितपुरको खुमलटारमा रौतहटका पार्टी कार्यकर्ताको पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताको दिन नेपालबाट शान्ति, समृद्धि र एकताको सन्देश दिने योजना रहेको बताए।
‘अहिले आन्तरिक तयारी गर्ने र प्रधानमन्त्री भारत भ्रमणबाट फर्केर आएपछि एकताको कुरा टुंग्याएर बैशाख ९ मा एकता गर्ने समझदारी बनेको छ’, दाहालले भने, ‘त्यो दिन लाखौं जनताको उपस्थितिमा नेपाल नयाँ युगतिर प्रवेश गरेको सन्देश दिन्छौं।'
उनले अब एकतामा जाँदा दुवै पार्टीको बराबरी हैसियत र नयाँ चुनाव चिह्नको कुरा मिल्न बाँकी रहेको बताए।
कार्यक्रममा रौतहटबाट दुई दर्जन कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।