काठमाडौं- नेपाली बजारमा छापावाल सुनको मूल्य हालसम्मकै उच्च विन्दूमा पुगेको छ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ७ सय रुपैयाँ तोकिएको छ। सोमबार छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंगले जनाएको छ।
यसअघि सुनको मूल्य ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो। सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो। त्यस्तै मंगलबारका लागि तेजावी सुन प्रतितोला ७६ हजार ४ सय रुपैयाँ तोकिएको छ। सोमबार तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ८ सय ९० रुपैयाँ तोकिएको छ। सोमबार पनि चाँदी प्रतितोला सोही मूल्यमै कारोबार भएको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।