• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

५ वर्षमै फास्ट ट्र्याक बनाइसक्ने सेनाको दाबी, यस वर्ष १५ अर्बमा आधा मात्रै खर्च गरिने

64x64
नेपाल लाइभ सोमबार, फागुन ५, २०७६  १८:५९
1140x725

काठमाडौं- काठमाडौं-तराई जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक)को निर्माण सम्पन्न गर्न ५ वर्ष लाग्ने नेपाली सेनाले बताएको छ। वि. स. २०८१ असार मसान्तमा फास्ट ट्र्याकको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना निर्माणको जिम्मा पाएको सेनाले जानकारी दिएको हो। 

गत वर्ष भदौमा मात्र नयाँ विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) स्वीकृत भएको र केही 'अलाइनमेन्ट' परिवर्तन भएकाले केही सयम ढिलो हुने सेनाको दाबी छ। 

 '०८१ असार मसान्तसम्ममा फास्ट ट्र्याक बनाएर सरकारलाई हस्तारन्तरण गर्ने योजना छ,' आयोजना प्रमुख शरदलाल श्रेष्ठले भने। 

यसअघि नेपाली सेनाले २०७८/७९ भित्र द्रुतमार्ग निर्मा गरिसक्ने बताएको थियो। डिपिआर नयाँ बनेको र स्वीकृत हुने समय लागेकाले निर्माण गरिसक्ने समय बढेको सेनाले जनाएको छ।

आइबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले नयाँ डिपिआर अनुसार द्रुतमार्गको लम्बाई ७६ दशमलव २ किलोमिटरबाट ७२ दशमलव ५ किलोमाटिर कायम भएको बताए। 

त्यस्तै द्रुतमार्गको चौडाई २२ मिटर भएकोमा बढाएर तराईमा २७ मिटर र पहाडमा २५ मिटर कायम गरिएको उनले जानकारी गराए।

‘२०७४ साउनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले द्रुतमार्ग नेपाली सेनालाई हस्तान्तरण गरेको हो,’ सचिव पाण्डेले भने, ‘२०७५ भदौमा मन्त्रिपरिषद्ले द्रुतमार्गको डिपिआर स्वीकृत गरेकाले केही ढिलाई भएको हो।’

त्यसयता नेपाली सेनाले आफ्नो तर्फबाट कामलाई तीव्रता दिएको उनले सांसदहरूलाई जानकारी गराएका थिए। 

Ncell 2
Ncell 2

द्रुतमार्ग निर्माणका लागि ११ वटा बेली ब्रिज आइसकेको र एउटा आउने क्रममा रहेको नेपाली सेनाका प्राविकिध सहायक रथी तथा आयोजना प्रमुख शरदलाल श्रेष्ठको भनाइ छ। त्यसैगरी महादेवटारमा सुरुङ निर्माणका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुग्न लागेको उनले जानकारी गराए। 

‘गत आर्थिक वर्षमा द्रुतमार्गलाई सरकारले १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेकोमा ५ अर्ब ९५ करोड रुपैयाँमात्र खर्च भएको हो,’ श्रेष्ठले भने, ‘यो वर्ष खर्च बढ्ने अनुमान गरेका छौं।’

चालू आर्थिक वर्षमा पनि सरकारले १५ अर्ब रुपैयाँ नै बजेट विनियोजन गरेकाले ७ अर्ब ३० करोड रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ।

आयोजनाका मुख्य काम सुरु भई नसकेकाले हाललाई खर्च कम देखिएको भए पनि सुरुङ तथा पुल निर्माण सुरु भएपछि खर्च बढ्ने सेनाले जनाएको छ। 

आयोजना समयमै सम्पन्न हुने विषयमा सांसदहरूले आशंका व्यक्त गरेका थिए।

सांसद यज्ञराज सुनारले अन्य आयोजना जस्तै फास्ट ट्र्याक पनि समयमा नसकिने समस्याबाट मुक्त हुनुपर्ने बताए।

‘फास्ट ट्र्याकमा पनि मुद्दा परेको जानकारी आएको छ,’ उनले भने, ‘यी र यस्ता समस्याले आयोजना लम्बिनेतर्फ सबै सचेत हुनुपर्ने छ।’

न्यायालयले असहयोग गर्दा धेरै आयोजना अलपत्र अवस्थामा रहेको भन्दै उनले थपे, ‘फास्ट ट्र्याकले अन्य आयोजनाको जस्तै नियति झेल्न नपरोस्।’ 

सरकारले नेपाली सेनालाई फास्ट ट्र्याक बनाउने जिम्मा दिएको तर सेनाले फेरि अर्कै कम्पनीलाई ठेक्का लगाउन थालेको प्रश्न उठेको सुनारको भनाइ छ। यसतर्फ पनि सेनाले ध्यान दिनुपर्नेमा उनले जोड दिए। 

त्यस्तै सांसद लिलानाथ श्रेष्ठले आयोजना समयमै सक्न सरकारले नेपाली सेनालाई दिएको र त्यसका लागि सेनाले निश्चित कार्यायोजना बनाएर काम गर्नु पर्ने धारणा राखेका थिए।

अर्का सांसद गौरीशंकर चौधरीले फास्ट ट्र्याक छिटो र छरितो तरिकाले सक्न सरकारले नेपाली सेनालाई जिम्मा दिएको बताए।

‘सेनाले समयमा सक्ने तर्फ जोड दिनुपर्छ,’ उनले भने, ‘आर्मीका पूर्व प्रमुखहरूको विषयमा प्रश्न उठेजस्तै फास्ट ट्र्याकको विषयले अहिलेका आर्मी अफिसरलाई त्यस्तो अवस्थामा नपुर्‍याओस्।’ 

सांसद राजेन्द्र लिङदेनले १५ अर्ब बजेट विनियोजन हुँदा ५ अर्ब खर्च गरेर कामको प्रगति ठिकै देखाइएको तर खर्चको अवस्था नाजुक रहेको बताए।

‘आयोजनामा बजेट विनियोजन गर्दा अर्थ मन्त्रालयले र्‍यान्डमली गर्ने गरेको छ वा आयोजनाको माग अनुसार गर्ने गरेको छ,’ उनले भने, ‘यो खर्च गराई र विनियोजित बजेट फिर्ताले राम्रो संकेत गरेको छैन।’ 

एक वर्षअघि ३ वर्षमा सक्ने भनेको फास्ट ट्र्याक निर्माण अहिले नै समय बढाइएकाले आयोजना समयमा नसकिने संकेत गरेको सांसद जिपछिरिङ लामाले बताए।

‘अहिलेकै अवस्थाको काम गराई र बजेट खर्चले २०८१ असार मसान्तमा आयोजना सकिन सम्भव छैन,’ लामाले भने, ‘टेबलमा हुने काममा समेत सरकारले ‘फास्ट ट्र्याक’ प्रक्रिया अपनाउनु जरुरी छ।’

प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड
१८ हजार ८०० सयले घट्यो सुन
१८ हजार ८०० सयले घट्यो सुन
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१५ जिल्लाको मतपत्र छपाइ सकियो आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग शनिबार, माघ १७, २०८२
बालेनलाई ओलीको कटाक्ष : बतासका खेती गरिरहेका छन् शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्