काठमाडौं- वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो ७ महिनामा डेढ करोडभन्दा बढी मूल्य बराबरका सामान नष्ट गरेको छ।
माघ मसान्तसम्ममा कम गुणस्तरका तथा मिति गुज्रिएका १ करोड ५३ लाख ६६ हजार ९ सय ८८ रकम बराबरको सामान नष्ट गरिएको जानकारी दिएको हो।
सोही अवधिमा उपत्यका तथा उपत्यका बाहिरका ११ हजार व्यापारिक फर्ममाथि अनुगमन गरेको विभागका महानिर्देशक नेत्र सुवेदीले बताए।
विभागको अनुगमन टोलीले उपत्यकाभित्रका ९ सय ८९ तथा उपत्यका बाहिरका १ सय ७५ फर्ममाथि अनुगमन गरेको थियो।
गुणस्तरहीन तथा म्याद गुज्रिएका सामान राखी उपभोक्ता हित विपरीत सञ्चालित फर्महरूलाई विभागले १ करोड ७ लाख ८२ हजार जरिवाना गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।