काठमाडौं- काठमाडौं उपत्यकाको विद्युत प्रणाली भूमिगत बनाउन सुरु गरिएको छ । काठमाडौं उपत्यका विद्युत वितरण भूमिगत तथा सुदृढीकरण कार्यको सोमबार प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरे।
प्रधानमन्त्री ओलीले महाराजगन्ज क्षेत्रबाट विद्युतीय तारलाई भूमिगत बनाउने कार्यको सुरुवात गरेका हुन्। विद्युत प्राधिकरणका अनुसार पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरिएको हो।
महाराजगञ्जअन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरुमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने र २५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने प्राधिकरणले जनाएको छ।
त्यस्तै रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका स्थानहरुमा पनि तार भूमिगत गरिने जनाइएको छ। ती क्षेत्रमा करिब २ सय किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
तस्बिर : निमेशजंग राई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।