काठमाडौं- वाणिज्य बैंकहरुले एक महिनाकै अवधिमा कर्जाको ब्याजदर बढाएका छन्।
मंसिरम महिनामा वाणिज्य बैंकहरुको कर्जाको भारित औषत ब्याजदर ११ दशमलव ९३ प्रतिशत रहेको थियो।
एक महिनाको अवधिमा यस्तो ब्याजदर बढेर ११ दशमलव ९४ प्रतिशत पुगेको छ।
तर बैंकहरुले प्रदान गर्ने निक्षेपको भारित औषत ब्याजदर भने घटेको छ।
मंसिर मसान्तमा यस्तो ब्याजदर ६ दशमलव ८० प्रतिशत रहेकोमा एक महिना पछि घटेर ६ दशमलव ७९ प्रतिशत छ।
पछिल्लो समय वाणिज्य बैंकहरुले नयाँ कर्जाको माग आउन छाडेको भन्दै निक्षेपको ब्याजदर घटाइरहेका बताउँदै आएका छन्।
बैंकहरुले कर्जा जान छाडेको भन्दै गर्दा तथ्याङ्कमा भने ब्याजदर बढेर आएको हो।
बैंकहरुले पछिल्लो समय कर्जा नगएको भन्दै घर तथा गाडी कर्जा प्रवाहका लागि लबिङ गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।