काठमाडौं- रुग्ण ठेक्का सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको प्रतिवेदनले ४८ वटा आयोजनामा अझै उल्लेख्य प्रगति हुन नसकेको जनाएकाे छ। आयोगले २०७६ पुसमा नयाँ प्रतिवेदन सार्वजनिक गरेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले ठेक्का लगाएका प्रगति नभएका आयोजनाहरु ४८ वटा छन् भने प्रगति भएका आयोजनाको संख्या ३४ छ।
यहाँ न्यून प्रगति भएका वा प्रगति नभएका ४८ वटा आयोजना कुन ठेकेदार कम्पनीले पाएका थिए, कुन मितिमा सम्झौता भएर सक्ने भएको थियो र हालसम्म कति प्रतिशत प्रगति भएको छ भन्ने उल्लेख गरिएको छः
मकवानपुर बंगारी खोला पुल निर्माण गर्ने ठेक्का इलाइट/मोना जेभीले पाएको थियो। कम्पनीले उक्त पुल २०७१ असार २४ गते ठेक्का सम्झौता गरेर ०७३ असार २३ मा सक्ने भनेको थियो। हालसम्म सो ठेक्काको म्याद थपिएको छैन भने आयोजना कार्यालयले ३० प्रतिशत प्रगति देखिएको छ।
रुकुमको भेरी खोलामा निर्माण हुने स्टिल पुल निर्माण गर्ने ठेक्का २०६९ असार २९ गते वाइपी कन्स्ट्रक्सनले पाएको थियो। सो कम्पनीले ०७२ असार २८ मा निर्माण सक्ने बताएकोमा २०७५ असार ३० सम्म म्याद थपिँदासमेत सकिएको छैन। पुससम्म यो आयोजनाको प्रगति २५ प्रतिशतमै सीमित छ।
कालिगण्डकी करिडोर अन्तर्गत कागवेनी खोला पुल निर्माणका लागि गल्वा/रफिना जेभीले ठेक्का पाएको थियो। २०७३ असार २९ मा सम्झौता गरेको सो कम्पनीले ०७४ पुस २९ मा निर्माण सक्ने बताएको थियो। हालसम्म ठेक्काको म्याद नथपिएको उक्त पुल निर्माणको प्रगति ४५ प्रतिशत छ।
युनाइटेड सिमेन्ट उद्योग पहुँचमार्ग निर्माणका लागि हिमढुंगा एन्ड थोकर नमिता जेभीले २०७० पुस ९ मा ठेक्का सम्झौता गरेको थियो। २०७१ पुस २० गते निर्माण सक्ने गरि ठेक्का लिएकोमा हालसम्म ५० प्रतिशतमात्र प्रगति भएको छ भने ठेक्काको म्याद थपिएको छैन।
रौतहट राजपुर तुलसी सडकअन्तर्गत झाज नदी पुल निर्माणका लागि मृत संजिवनी निर्माण सेवाले २०७१ असार २२ गते १ गते निर्माण सक्ने गरि सम्झौता गरेको थियो। २०७३ असारमा पुस २१ गतेसम्मको म्याद थपिएको थियो। हालसम्म उक्त सडकको भौतिक प्रगति ४० प्रतिशतमात्र छ।
मृत संजिवनीले नै सहिद मार्ग रोल्पाको झर्ने खोला पुल निर्माणका लागि २०७३ असार ३० गते ०७४ असोज २९ गते सक्ने गरि सम्झौता गरेको थियो। तर २०७६ असार २५ सम्मको म्याद थप हुँदा पुल निर्माणको काम २१ प्रतिशतमात्र भएको छ।
पुष्पलाल राजमार्गअन्तर्गत खोरुङ्गा खोला पुल निर्माणका लागि कोशी एन्ड न्यौपाने निर्माण सेवाले २०७३ असार १४ मा ठेक्का सम्झौता गरि ०७४ पुस १३ सक्ने भनेको थियो। हालसम्म म्याद थप नभएको उक्त पुल निर्माणको काम २० प्रतिशतमात्र भएको छ।
उदयपुरको गिदेरी खोला पुल निर्माणका लागि पप्पु/मृत संजिवनी जेभीले २०७१ असार ३१ मा सम्झौता गरेर १ वर्षमा सक्ने भनेका थिए। ठेक्काको म्याद ०७५ असार ३१ सम्म थप भएकोमा २०७६ पुसम्म उक्त पुल निर्माण ४१ प्रतिशतमात्र भएको छ।
रौतहटको लालबकैया नदी पुल निर्माणका लागि २०७१ असार २४ मा ०७४ असार २५ मा सक्ने गरि पप्पु कन्स्ट्रक्सनले सम्झौता गरेको थियो। हालसम्म म्याद थप नभएको पुल निर्माण ४५ प्रतिशतमात्र भएको छ।
केएसदेवी रमण जेभीले खिम्ति फर्पु नामाडी रस्नालु सडकको निर्माण २०७३ असोज १४ गते सक्ने गरि २०७२ असार १४ मा सम्झौता गरेको थियो। २०७३ चैत १३ गते म्याद थप भएको यो आयोजनाको निर्माण ४० प्रतशितमात्र सकिएको छ।
चावहिल-जोरपाटी-साँखु सडक विस्तारका लागि बिटी/सुनकोशी/वर्ल्डवाइड जेभीले २०७२ असोज १३ गते २०७४ पुस २४ मा सक्ने गरि सम्झौता गरेको थियो। २०७६ असार २५ गते म्याद थप भएको यो आयोजनाको काम हालसम्म ५५ प्रतिशत भएको छ।
कञ्चनपुरको दोदा पुल निर्माणका लागि शर्मा/थेगीम/नागार्जुन जेभीले २०७२ पुस २६ गते ०७५ पुस २५ मा सक्ने गरि सम्झौता गरेको थियो। गत मंसिर १३ गते म्याद थप भएको यो पुल निर्माणको काम ६० प्रतिशत सकिएको छ।
उत्तर दक्षिण कोसी सडक आयोजनाको टुटे देउरादी मुढे शनिश्चरे मामलिङ चैनपुर खण्डको बिविएसटी बनाउन कान्छाराम/एनबी जेभीले २०७५ असार २२ गते सम्झौता गरि सोही वर्ष माघमा सक्ने उल्लेख थियो। हालसम्म म्याद थप नभएको यो आयोजनाको निर्माण १० प्रतिशतमात्र सकिएको छ।
लामाेसाँघु-तामाकोसी-जिरी सडक बनाउन सिमान्चल/गौरी पार्वती/सुनौला खिम्ती जेभीले २०७२ जेठ २० मा सम्झौता गरि २०७४ जेठ १९ मा निर्माण सक्ने उल्लेख थियो। २०७६ जेठ ६ गते म्याद थप भएको यो आयोजनाको निर्माण ७६ प्रतिशत भएको छ।
मुडे-चरिकोट सडक निर्माण गर्न सलिक हैदर/शंकरमाली/सुनौला खिम्ती जेभीले २०७२ जेठ ३१ मा सम्झौता गरि २०७५ चैत ५ मा सक्ने भनेको थियो। तर २०७५ मंसिर १८ मा म्याद थप भएको आयोजनाको काम ६० प्रतिशत भएको छ।
चfवहिल-जोरपाटी-साँखु सडक विस्तारका लागि २०७२ असोज १३ मा बज्रगुरु/बिरुवा/खानी जेभीले सम्झौता गरि २०७५ बैशाख १४ मा सक्ने भनको थियो। गएको बैशाख १३ मा म्याद थप भएको सो सडक विस्तारको काम हालसम्म ४५ प्रतिशतमात्र भएको छ।
पर्साको तिलावे खोला पुल निर्माणका लागि २०६८ साउन २७ मा पप्पुले २०७० साउन २६ मा सक्ने गरि सम्झौता गरेको थियो। २०७५ फागुन १४ गते म्याद थप भएको यो पुल निर्माणको काम ४० प्रतिशतमात्र भएको छ।
कास्कीको मादी नदी पुल निर्माण गर्न सिरुवा कन्स्ट्रक्सनले २०७२ चैत २१ मा २०७५ असार ३० गते सम्पन्न गर्ने गरि सम्झौता भएको थियो। हालसम्म म्याद थप नभएको यो पुल निर्माण ३० प्रतिशतमात्र भएको छ।
कास्कीकै विजयपुर खोला पुल पनि सिरुवा कन्स्ट्रक्सनले बनाउने गरि २०७३ असार ३० मा २०७५ असार ३० मै सक्ने गरि सम्झौता गरेको थियो। यो पुल निर्माणको समेत म्याद थप भएको छैन भने काम २० प्रतिशतमात्र भएको छ।
सिराहको मैनाबत्ती खोला पुल निर्माणका लागि २०६७ माघ २४ मा ०७० माघ २४ मा निर्माण सक्ने गरि रायमाझी/नेपाल प्रगती/लोकवीर एन्ड बेलाती जेभीले सम्झौता गरेको थियो। हालसम्म म्याद थप नभएको यो पुल निर्माणको काम ३५ प्रतिशतमात्र भएको छ।
झापाको कन्काई पुल निर्माण गर्न २०६७ बैशाख ३१ मा २०७४ असार २० गते निर्माण सम्पन्न गर्ने गरि पप्पु/महादेव जेभीले सम्झौता गरेको थियो। २०७४ असार २० गते म्याद थप भएको यो पुल निर्माण हालसम्म ४९ प्रतिशत सकिएको छ।
पप्पु कन्स्ट्रक्सनले असार २९ मा २०७४ पुस २९ गते निर्माण सक्ने गरि त्रिशुली नदी पुल निर्माणको ठेक्का सम्र्झाता गरेको थियो। हालसम्म म्याद थप नभएको यो पुल निर्माण ११ प्रतिशतमात्र भएको छ।
तातु नदी पुल, कुर्था साम्सी र बक्स कल्भर्ट बनिगाम लक्ष्मीपुर निकाल सडक निर्माणका लागि २०७१ असार ३० गते २०७३ पुस ३० मा निर्माण सक्ने गरि पप्पु/दिवा एन्ड ढुकुछु/म्याङलुङ जेभीले सम्झौता गरेका थिए। हालसम्म म्याद थप नभएको यो पुल र सडक निर्माणका काम ३२ प्रतिशतमात्र सकिएको छ।
कालिकोटमा स्टिल ट्रस पुल निर्माणका लागि कन्काई÷प्रगति नेपाल जेभीले २०६९ असार २८ गते २०७२ असार २८ मा निर्माण सक्ने गरि सम्झौता गरेको थियो। म्याद थप नभएको यो पुल निर्माणको काम २० प्रतिशतमात्र भएको छ।
तेह्रथुमको तमोर नदीमा पुल निर्माण गर्न २०६९ असार २६ गते २०७२ असार २५ मा सक्ने गरि स्वच्छन्द निर्माण सेवाले सम्झौता गरेको थियो। २०७३ चैत २६ मा म्याद थप भएको यो पुल निर्माणको काम ५० प्रतिशतमात्र सकिएको छ।
त्यसैगरि सप्तरीको मुतनी खोला पुल र सुमरी खोला पुल निर्माण गर्न निलगिरी निर्माण सेवाले क्रमशः २०७१ असार ३१ गते २०७३ ३० मा सक्ने र २०७१ भदौ २७ मा २०७३ भदौ २६ मा निर्माण सक्ने गरि सम्झौता गरेको थियो। हालसम्म म्याद थप नभएको मुतरी पुल निर्माण १५ प्रतिशत र सुमरी पुन ३० प्रतिशतमात्र सकिएको छ।
मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको खाङसाङ र सोखु खोला पुल निर्माण गर्न २०६८ असार २९ गते पप्पु/नेपाल प्रगति जेभीले २०६९ पुस २८ गते सक्ने गरि सम्झौता गरेका थिए। २०७० पुस २६ मा म्याद थप भएको सो पुलको निर्माण ५७ प्रतिशतमात्र भएको छ।
कालीगण्डकी पुल, रामपुर पाल्ला र दामाचौर (स्याङजा) स्टिल ट्रस पुल निर्माणका लागि २०६८ असार २६ गते २०७१ असार २५ मा सक्ने गरि इलाइट/एसबिए जेभीले सम्झौता गरेका थिए। २०७२ असार २५ मा म्याद थप भएको यो पुल निर्माण हालसम्म ४० प्रतिशतमात्र सकिएको छ।
काठमाडौं तीनकुने स्थित बागमती नदीमा नेटवर्क आर्क ब्रिजको निर्माणका लागि २०७१ साउन ९ गते २०७५ असार ३ मा सक्ने गरि पप्पु कन्स्ट्रक्सनले निर्माण सम्झौता गरेको थियो। म्याद थप नभएको यो पुल निर्माण हालसम्म १६ प्रतिशतमात्र भएको छ। (यो पुल निर्माणको ठेक्का भने सरकारले तोडिसकेको छ।)
तिनाउ नदी पुल (सिसई कोलुवा खड्वा बनगाई नौडिहजा सडक) निर्माण गर्न इलाइट कन्स्ट्रक्सनले २०६७ असार २५ गते २०६९ पुस १६ मा सक्ने गरि सम्झौता भएको थियो। २०७२ असार २४ मा म्याद थप भएको पुल निर्माण ८४ प्रतिशतमात्र सकिएको छ।
बगाहा पुल (रजहर फाराम बारकोल सडक) निर्माणका लागि २०७२ साउन १८ गते २०७५ जेठ ३ मा सक्ने गरि शिरुवा/नेपाल जेभीले सम्झौता गरेको थियो। २०७५ चैत १३ मा म्याद थप भएको यो पुल निर्माण ३६ प्रतिशतमात्र सकिएको छ।
जनकपुरको रातो नदी पुल निर्माणका लागि पप्पु÷दिवा जेभीले २०७१ असार ३१ गते २०७३ पुस ३० मा बनाइसक्ने गरि सम्झौता गरेको थियो। हालसम्म म्याद थप नभएको पुल निर्माण २५ प्रतिशतमात्र भएको छ।
सप्तरीको घोडदह खोला पुल निर्माण गर्न २०६६ साउन ६ गते २०६८ साउन ५ गते सक्ने गरि प्रकाश/आश्रय निर्माण सेवा जेभीले सम्झौता गरेको थियो। २०६९ माघ ४ मा म्याद थप भएको यो पुल निर्माण हालसम्म ६० प्रतिशतमात्र सकिएको छ।
सिन्धुलीको चेनेज सडक निर्माणका लागि सुनौलो खिम्तीले २०७० फागुन ६ गते २०७२ जेठ ५ मा सक्ने गरि सम्झौता भएको थियो। हालसम्म म्याद थप नभएको यो सडक निर्माण ४० प्रतिशतमात्र सकिएको छ।
दोदा नदी पुल (देखत भुली पर्सिया सडक) निर्माणका लागि २०७२ पुस २६ गते २०७५ पुस २५ मा सक्ने गरि लुम्बिनी/राजेन्द्रकुमार श्रेष्ठ जेभीले सम्झौता गरेको थियो। हालसम्म म्याद थप नभएको यो पुल निर्माण ५५ प्रतिशतमात्र भएको छ।
सर्लाहीको बैरिया रामनगर बहुअर्वा खैर्वा सडक निर्माणको ठेक्का रोशन कन्स्ट्रक्सनले २०७२ असार २९ गते २०७३ असार २८ मा सक्ने गरि सक्झौता भएको थियो। हालसम्म म्याद थप नभएको यो सडकको निर्माण ३० प्रतिशतमात्र भएको छ।
सर्लाहीकै धनकौल पुल निर्माण गर्न भैरब कन्स्ट्रक्सनले २०७२ असार २४ गते २०७३ पुस २३ मा सक्ने गरि सम्झौता भएको थियो। अख्तियारको विवरणमा यो पुल निर्माणको कुनै पनि प्रगति उल्लेख छैन।
रुकुमको एक पुल निर्माणका लागि सपना÷सैलुङ जेभीले २०७१ मंसिर २ गते २०७३ पुस १ मा सक्ने गरि सम्झौता गरेको थियो। हालसम्म ३ प्रतिशतमात्र काम सम्पन्न भएको यो आयोजनाको म्याद थप भएको छैन।
घट्टेखोला पुल निर्माणका लागि सबोधार/प्रेन्डस/श्रेष्ठ जेभीले २०६८ असार २९ गते २०७० असार २८ मा सक्ने गरि सम्झौता भएको थियो। हालसम्म म्याद थप नभएको यो आयोजनाको कुनै प्रगति छैन।
त्यस्तै उत्तर दक्षिण सडक आयोजना खाँदबारीको निर्माण गर्न श्रीपाली निर्माण सेवाले २०७३ मंसिर १२ गते २०७४ असार २० मा सक्ने गरि सम्झौता गरेको थियो। हालसम्म म्याद थप नभएको यो आयोजनाको भौतिक प्रगति देखिँदैन।
त्यस्तै खोटाङको एक सडक निर्माणका लागि महादेव खिम्ती निर्माण सेवाले २०६९ बैशाख ८ गते २०७० बैशाख ७ मा सक्ने गरि सम्झौता भएको थियो। हालसम्म म्याद थप नभएको यो सडक निर्माण ६० प्रतिशत सकिएको छ।
बेलौती खोला पुल निर्माणका लागि २०७१ असार ३१ गते २०७३ असार ३१ मा सक्ने गरि श्री रामजानकी निर्माण सेवाले सम्झौता गरेको थियो। हालसम्म म्याद थप नभएको यो आयोजनाको निर्माण २५ प्रतिशतमात्र सकिएको छ।
जलाद खोला पुल निर्माणका लागि श्री ढुकुचु/म्याड लि डले २०७२ मंसिर २१ गते २०७४ असोज ८ मा निर्माण सक्ने गरि सम्झौता गरेको थियो। हालसम्म म्याद थप नभएको यो आयोजनाको प्रगति ३९ प्रतिशतमात्र भएको छ।
संखुवासभा र भोजपुर जोड्ने अरुण नदी पुल निर्माण गर्न स्वच्छन्द निर्माण सेवाले २०६७ असार २५ गते २०७० असार २४ गते सक्ने गरि सम्झौता गरेको थियो। २०७४ असार २४ मा म्याद थप भएको यो आयोजनाको निर्माण २५ प्रतिशतमात्र सकिएको छ।
धनकौल हकथवा सडक सर्लाहीको पुरानो मनुसमारा नदी पुल निर्माणका लाग सपना/एपेक्स जेभीले २०७१ भदौ ५ गते २०७३ भदौ ५ गते निर्माण सक्ने गरि सम्झौता गरेको थियो। २०७३ फागुन ५ मा म्याद थप भएको यो आयोजनाको निर्माण हालसम्म ४१ प्रतिशतमात्र सकिएको छ।
भैरहवाको डोण्डा पुल निर्माण गर्न पप्पु/बागमती जेभीले २०७१ असार २५ गते २०७३ असार २४ मा बनाइसक्ने गरि सम्झौता भएको थियो। हालसम्म म्याद थप नभएको यो पुल निर्माण हालसम्म ४० प्रतिशतमात्र भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।