काठमाडौं- नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाको संस्थागत एशोसिएसन मोरङ अटोमोवाइल्स डिलर्स एशोसिएसनसँगको संयुक्त पहलमा विराटनगरमा भेइकल कन्साइनमेन्ट एन्ड ट्राकिङ सिस्टम (भिसिटिएस) र करसम्बन्धी प्रशिक्षण भएको छ।
शनिबार भएको उक्त प्रशिक्षणको उद्घाटन प्रदेश १ का आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीले गरेका हुन्। नाडाका अनुसार यस्तो प्रशिक्षण कार्यक्रम ७ वटै प्रदेशमा गरिने छ। उक्त प्रशिक्षण कार्यक्रममा मोरङ अटोमोवाइल्स डिलर्स एशोसिएशनमा आवद्ध विभिन्न फर्म कम्पनीका तर्फबाट ४२ प्रशिक्षार्थीले सहभागिता जनाएका थिए।
उक्त कार्यक्रममा राजश्व अनुसन्धान कार्यालय मोरङका अधिकृत हितेस बस्नेत, आन्तरिक राजश्व कार्यालय मोरङका अधिकृत पशुपति घिमिरे, जोगवनी भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौडयाल, सिए तथा कार्यक्रमका प्रमुख प्रशिक्षक साहिल अग्रवालले प्रशिक्षण दिएका थिए।
अटोमोवाइल व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्यालाई दृष्टिगतगरी यस किसिमको प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नाडाले जनाएको छ। नाडाका अनुसार २०७६ साल फागुन २ गते नाडा र नाडाका संस्थागत एशोसिएशनबीच संयुक्त बैठक पनि विराटनगरमा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।