• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिनिधिसभामा प्रधानमन्त्री : प्रतिरक्षा र प्रतिवादमा केन्द्रित

64x64
किशोर दहाल शनिबार, फागुन ३, २०७६  १७:३७
1140x725

काठमाडौं- आफ्नो दुई वर्ष कार्यकालमा प्राप्त उपलब्धिको फेहरिस्त सुनाउन प्रतिनिधिसभामा सम्बोधन गरेका प्रधानमन्त्री मूलतः आफ्नो प्रतिरक्षा र आफूमाथि लागेको आरोपको प्रतिवादमा केन्द्रित रहे। झन्डै ७० मिनेट एकल सम्बोधन र सांसदहरुको प्रश्नको उत्तर दिन झन्डै २० मिनेट खर्चिएका ओलीले आफ्नो सदाबहार शैलीलाई दोहोर्‍याए।

पछिल्लो समय आफ्ना सम्बोधनहरुमा बचाउ गर्दै आएका एमसिसी, नेपाल ट्रस्टको जग्गा भाडाको प्रसंग, ललिला निवास जग्गा अतिक्रमण, वाइडबडी, सुन तस्करी लगायतका विषयमा उनले सरकारका कामहरुको प्रतिरक्षा गरे।

एमसीसी कम्प्याक्टअन्तर्गत निर्माणको कार्य सम्पन्न गर्ने योजना दीर्घकालीन महत्त्वको मात्र नभएर नेपालको अपार जलविद्युत सामर्थ्यको उपयोगमा कोसेढुंगा हुने उनले दाबी गरे। 'आगामी पाँच बर्षभित्र यस आयोजनाको निर्माण कार्य पूरा भइसक्दा नेपालको अर्थतन्त्र, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन र ऊर्जा उपयोगको तस्बिर नै बदलिने निश्चित छ', उनले भने।

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा ओलीले एमसिसी पारित हुने बताए। 'सरकारले अनुमोदनका लागि संसदमा पेस गरेको छ। सभामुख महोदयले निर्णयार्थ प्रस्तुत गर्नेबित्तिक्कै पास हुन्छ। अगाडि बढ्छ,' उनले भने।
ओलीले नेपाल ट्रस्टको जग्गाको सन्दर्भमा भइरहेका विभिन्न किसिमका चर्चा परिचर्चा आफ्नो जानकारीमा रहेको बताए। 'नेपाल ट्रस्टको सम्पत्तिको संरक्षण गरी त्यसलाई मुलुकको हित हुनेगरी उपयोग र प्रवद्र्धन गर्ने काम सरकारले कानुन बमोजिम गर्छ र दृढताका साथ गर्छ', उनले भने।

बालुवाटारको जग्गा फिर्ता ल्याउन आफैंले पहल गरेको तर आफैंलाई जग्गा काण्डको नाइकेझैं प्रस्तुत गरिएकोमा उनको असन्तुष्टि थियो।

'ललिता निवास र प्रधानमन्त्रीको सरकारी निवास दुबै बालुवाटारमै भएकाले प्रधानमन्त्रीले नै जग्गा बेचेर खाएछ भने जस्तो भान पर्नेगरी ‘बालुवाटार काण्ड’लाई प्रचार आक्रमणको अस्त्र बनाइयो', उनले भने, 'लुटिएको सरकारी जग्गा फिर्ता ल्याउन पहल गर्ने म स्वयंलाई नै काण्डको ‘नाइके’ झैं प्रस्तुत गरिएको पनि पाइयो।'

उनले यो प्रकरणमा कांग्रेसलाई समेत कटाक्ष गरे। ड्रागनको चाह राख्ने भक्तले साँच्चिकै ड्रागन भेट्दा सातो उडेको चिनियाँ लोककथाको सहारा लिँदै उनले जग्गा प्रकरणमा कांग्रेस त्यसैगरी तर्सिएको बताए। 'आरोपितहरु विरुद्ध जब मुद्दा दायर भयो– देखिएका र सुनिएका प्रतिक्रिया लगभग ड्रागनप्रेमी युवाको जस्तै भयो', उनले थपे, 'यस सन्दर्भमा म एउटा गीत– 'देखाउनेले दाग देखायो किन रुवाबासी' भन्ने एउटा गीत।'

प्रधानमन्त्री ओलीले बहुचर्चित सुन तस्करी प्रकरणमा पनि आफ्नो प्रतिरक्षा गर्न चुकेनन्। उनले सुन तस्करीको लाइन तहसनहस र बन्द पारिएको दाबी गरे। उनले वाइडबडी, न्यारोबडी लगायत विभिन्न प्रकरणको निष्पक्ष छानविन हुने स्पष्ट पारे।

Ncell 2
Ncell 2
nimb
nimb

चर्चामा रहेका विवादित विषयमा आफ्नो धारणा राख्नुका साथसाथै उनले सम्पादकदेखि पूर्व प्रधानमन्त्रीसम्मको प्रतिवाद पनि गरे। मनमा रहेका आफ्नो उकुसमुकुसलाई एकमुस्ट पोख्ने उपाय अपनाए। पूर्व प्रधानमन्त्रीहरुलाई उनले उनीहरुको पालामा पनि विधि र कानुन मिचेर काम भएको स्मरण गरे। विशेषगरी पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र बाबुराम भट्टराईप्रति उनको प्रतिवाद केन्द्रमा थियो।

'मातातीर्थस्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको करिब १७४ रोपनी जग्गामा भएको कानुन विपरीत मोही काण्डको तथ्य पनि सार्वजनिक भइसकेको छ। केही व्यक्तिहरुलाई लाभ पुर्‍याउने नियतका साथ ‘नीतिगत निर्णय लिनुपर्ने अवस्था भयो’ भन्दै २०६९ साल कात्तिक २ गते यस सम्बन्धमा नेपाल ट्रस्ट ऐन २०६४ को दफा (४) को उपदफा (२) र (३) विपरीत निर्णय भएको देखिन्छ', उनले भने।

सो समयमा डा बाबुराम भट्टराई प्रधानमन्त्री थिए।

देउवाप्रति भने उनी झनै आक्रामक देखिए। चुनावताका देउवाले दिएको अभिव्यक्तिलाई पनि उनले छाडेनन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'अखबारमा पढेथें, आम निर्वाचनताका मेरो दलको विपक्षमा प्रतिस्पर्धा गरिरहनु भएका एकजना नेताले नेकपाको सरकार बन्यो भने हाँस्न त के रुन पनि पाइदैंन भन्दै भोट माग्नु भयो। अलि समय उहाँका समर्थकहरुले त्यसैलाई दोहर्‍याएको सुनियो', उनले भने, 'उहाँको दललाई जनताले कति पत्याए परिणामले बतायो।'

प्रतिनिधिसभामा आफूले बोल्न नपाउँदा बाहिरैबाट बोल्नुपरेको पनि प्रधानमन्त्रीले स्मरण गरे। तर, तथ्य भने गलत प्रयोग गरे। उनले भने- 'गतसाल मैले यसैगरी वर्षभरिका कामको प्रतिवेदन यस सम्मानित सदनमा जानकारी गराउने प्रयास गरेको थिएँ। त्यतिबेलाको कारण र परिस्थितिमा म जान चाहन्नँ तर लोकतान्त्रिक अभ्यास सही ढंगले हुन सक्यो कि सकेन, हामी विचार गर्नुपर्ने अवस्था छ। हामीले जननिर्वाचित प्रधानमन्त्रीले आफ्ना कुराहरु राख्न खोज्दाखेरी पनि त्यो सहज भएको थिएन र मैले बाहिर बोल्नुपरेको थियो। आज मलाई खुसी लागेको छ- सदनमै बोल्ने वातावरण बनेको छ।'

तर, प्रधानमन्त्री ओलीले सदनमा बोल्न नपाएको उनले भनेको २०७५ फागुन २ होइन, गत असार ३ गते हो। (पढ्नुहोस्- कार्यव्यवस्था परिपक्व नहुँदा सदनमा विवाद ) सो सन्दर्भमा प्रधानमन्त्री ओलीले कांग्रेसको आलोचना गर्दै ट्विट पनि गरेका थिए। यद्यपि, प्रधानमन्त्रीले ३ सय ६५ दिनमा भए गरेका कामको विवरण बाहिर (सिंहदरबाट) प्रस्तुत गरेको भने सत्य हो। उनले सिंहदरबारमा त्रिपालबाट बनाइएको कार्यक्रमस्थलमा आफ्नो सम्बोधन गरेका थिए। तर, फरक समय र सन्दर्भलाई उनले आज मिसाएर बोलिदिए।

ओली नेतृत्वको सरकारले लोकतन्त्र संकुचनमा पार्‍यो भनेर आलोचना भइरहेको छ। आलोकहरु विधेयकका कैयौं प्रावधानदेखि सरकारका निर्णयसम्मलाई पुष्टि गर्ने आधारको रुपमा लिन्छ। तर ,ओलीले त्यसको पनि खण्डन गर्ने प्रयास गरे। 'लोकतन्त्र संकटमा परेको एकतारे पट्यारै लाग्ने गरी वर्षैभरी बज्यो। त्यो एकतारे कहिले माइतिघर–मण्डलामा घन्कियो, कहिले ‘गुठी विधेययक’को अवतारमा उफ्रियो', उनले भने।

विधेयकको विरोध गर्नेहरुलाई पनि उनले कटाक्ष गर्न भ्याए। उनले विधेयकको विरोध कुनै खास मन्त्रीको अनुहार मन नपराइएर गरेको बताए। 'सोचौं, विधेयक निर्माणका क्रममा उठेका र बहस गरिएका विषयलाई मन नपरेको मन्त्री÷सांसद र सरकारको थाप्लोमा प्mयाँकी ‘अभिव्यक्ति स्वतन्त्रता धरापमा पर्‍यो, लोकतन्त्र सकियो’ जस्ता अनुपयुक्त सन्देश प्रवाह गर्ने र त्यसलाई अन्तर्राष्ट्रियकरण गर्ने खेलले हाम्रो लोकतन्त्रको जग कसरी मजबुत होला?', उनले भने।

उनले सञ्चार माध्यमको नियतमाथि प्रश्न उठाए। आफ्नो सरकारले सुरु गरेको काम र गर्न लागेको राष्ट्रिय अभियानमा ‘नियत’ किन हेरिन्छ भन्दै प्रश्न उठाए। 'के यो वैचारिक पूर्वाग्रहका कारणले हो? त्यस्तो हुनु वाञ्छनीय होइन', उनले सुझाव दिए।

प्रधानमन्त्री ओलीले चौथो अङ्ग क्रिटिकल हुन पाउने तर तथ्य आधारित हुनुपर्ने बताए।

सरकारप्रति आलोचकहरुलाई पनि उनले जवाफ फर्काए। 'कतिपयले यस सरकारलाई अझै एक किसिमको ‘अनवान्टेड गेष्ट’ जस्तो ठानेका छन्', उनले भने, 'म उनीहरुलाई स्पष्ट हुन आग्रह गर्दछु, यो सरकार कसैको दया मायामा बनेको नभई, निरन्तरको लोकतान्त्रिक निष्ठा, अनवरत र कठोर संघर्ष, अनि जनताको लोकप्रिय मत, विश्वास र जनादेश हासिल गरी स्थापित भएको सरकार हो। यो सरकार देश र जनताका सर्वोत्तम हितहरुको प्रतिनिधित्व गर्ने सरकार हो।'

सरकार 'इन्डेक्स'मा मात्रै होइन, 'इम्प्रेसन'मा पनि अघि छ : प्रधानमन्त्री ओली [सम्बोधनको पूर्णपाठसहित]

प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  १७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्