• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कार्यव्यवस्था परिपक्व नहुँदा सदनमा विवाद

64x64
किशोर दहाल मंगलबार, असार ३, २०७६  १६:५१
1140x725

काठमाडौं– कसले पहिले बोल्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुट्दा मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भयो। सोही कारण आफ्नो युरोप भ्रमण र समसामयिक विषयमा उठेका प्रश्नहरुको जवाफ दिनका लागि रोस्ट्रमसम्म पुगेका प्रधानमन्त्री करिब दस मिनेटसम्म मौन बस्दै फर्किए।

खासमा संसद बैठक सुरु हुनुअघि नै कार्यव्यवस्था समितिको बैठक बसेर सदन सञ्चालनको खेस्रा तयार पारिन्छ। त्यहाँ ससदमा प्रतिनिधित्व गर्ने मुख्य दलका प्रमुख सचेतक, सचेतक लगायतका नेताहरु बस्ने गर्छन्।  त्यहीँ भएको सहमति अनुसार सदन सञ्चालन हुने गर्छ। तर, मंगलबार भने कार्यव्यवस्था समितिको औपचारिक बैठक नै बसेन। अनौपचारिक छलफलले निष्कर्ष पनि पाएन। जसको असर सदनको बैठकमा देखियो।

नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाँड र सचेतक पुष्पा भुसालले सभामुखलाई आफ्नो संसदीय दलको नेताले बोल्ने जानकारी गराएका थिए।

'हामीले प्रत्येकजसो बैठकमा गुठी विधेयक लगायका विषयमा बोल्दै आएका छौं। हाम्रा नेताले पहिलो बोल्दा त्यहाँ उठाएका चासोलाई प्रधानमन्त्रीले सम्बोधन गर्दा स्वभाविक पनि हुन्थ्यो। तर प्रधानमन्त्रीले मान्नुभएन। पहिल्यै बोल्न चाहनुभयो', भुसालले नेपाल लाइभसँग भनिन्।

उनका अनुसार देउवाले बोलेपछि १० मिनेट बैठक स्थगित गर्ने र प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रस्ताव कांग्रेसको थियो। सभामुखले सोही प्रस्ताव सत्तापक्षसँग राखेका थिए। तर प्रधानमन्त्रीले मानेनन्। उनले आफूले पहिले नै बोल्न पाउनुपर्ने अडान राखे।
'सभामुखले सरकारलाई कन्भिन्स नै गर्न सक्नुभएन', भुसालले भनिन्।

उनले भोलिको बैठकमा पनि आफूहरुको पोजिसन उस्तै हुने बताइन्।

प्रतिपक्षको जस्तै अडान सत्तापक्षले पनि राखेको थियो। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीले पहिला प्रधानमन्त्रीले बोल्न पाउनुपर्ने विषयमा आफूहरुले अडान लिएको बताइन्।

'पहिले प्रतिपक्षी दलका नेताले बोल्न पाउनुपर्छ भन्ने उहाँहरुको भनाई थियो', चौधरीले भनिन्, 'तर प्रधानमन्त्रीले नै बोल्ने समय मागिसकेपछि उहाँलाई नै बोल्ने दिने चलन र अभ्यास रहेको हामीले बतायौं।'

Ncell 2
Ncell 2
nimb
nimb

उनले पहिला प्रधानमन्त्रीले नै बोल्ने कुरा स्वभाविक नै भएको दाबी गरिन्। 'त्यो त स्वतः प्रधानमन्त्रीको अधिकारको कुरा हो', उनले भनिन्।

आफूहरुले सहमति गर्न खोज्दाखोज्दै पनि प्रतिपक्षले नमानेको आरोप लगाइन्। 'संसद अवरोध उहाँहरुकै लागि नराम्रो भयो', चौधरीले भनिन्, 'उहाँहरुले संसदीय मर्यादा कायम गर भनेर नारा लगाउनुभयो तर आफैंले मर्यादा विपरितको काम गर्नुभयो। यो राम्रो भएन। प्रधानमन्त्रीले बोल्दा उहाँहरुलाई नै फाइदा पुग्थ्यो नि। पटकपटक प्रधानमन्त्रीलाई जवाफ दिनुस् भन्ने तर जवाफ पनि दिन नदिने जतिको नराम्रो काम अरु के हुन्छ?'

प्रधानमन्त्रीको पत्रकार सम्मेलन
संसदमा सम्बोधन गर्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजेका लागि पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा राख्ने भएका छन्।

'संसदमा जे विषयमा सम्बोधन गर्ने तयारी थियो। त्यही विषय नै पत्रकार सम्मेलनबाट सार्वजनिक गर्नुहुनेछ', प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले नेपाल लाइभसँग भने।

प्रधानमन्त्रीले संसदमा हालैको युरोप भ्रमण र गुठी विधेयक लगायतका समसामयिक विषयमा रहेको जनचासोका सन्दर्भमा सम्बोधन गर्ने कार्यक्रम रहेको तर नपाएपछि आफू दुःखी भएको एक ट्विटमार्फत बताएका छन्।

कांग्रेस सचेतक भुसालले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीले संसदलाई छल्न खोज्नु गलत अभ्यास भएको गरिन्। 'सदनमा जवाफ दिनुपर्ने विषयहरु बाहिरबाट दिनु शोभनीय हुँदैन। प्रधानमन्त्री सदनबाट जन्मिने हो। त्यसप्रति जिम्मेवार हुनुपर्छ। यस्तो व्यवहार संसदीय प्रणालीलाई अस्वीकार गर्ने प्रवृत्ति हो', उनले भनिन्।

चौधरीले भने संसदमा बोल्नलाई अवरोध गरेपछि प्रधानमन्त्रीले पत्रकार सम्मेलनमार्फत आफ्नो कुरा भन्नुको विकल्प नरहेको बताइन्। 'त्यो राम्रो होइन तर बाध्यता पर्‍यो', उनले भनिन्।

संसद बैठक नै अमर्यादित देखियो: पूर्वसभामुख रानाभाट
पूर्वसभामुख तारानाथ रानाभाटले कार्यव्यवस्था परामर्श समितिमा सहमति नजुटी सदन सञ्चालन गर्दा अव्यवस्थित ढंगले सभा सञ्चालन हुने खतरा हुने बताए। 'यस्तो बेला सभामुखले गम्भीर रुपले सोचेर मात्रै अगाडि बढ्नुपर्थ्यो', उनले भने, 'सबै पक्षमा समझदारीमा ल्याएर बैठक सञ्चालन गर्नुपर्थ्यो।'

उनले सहजताको साथ बैठक सञ्चालन हुने विषयमा सभामुखको सदासयता हुनुपर्ने बताए।

प्रतिपक्षले अवरोध गर्छ भन्ने अनुमान हुँदाहुँदै प्रधानमन्त्रीलाई रोस्ट्रममा पुर्‍याउनु नराम्रो भएको रानाभाटको टिप्पणी छ।

'संसदको बैठक नै अमर्यादित देखियो। यो सबैको निम्ति समान चासो र दुःखको कुरा हो। बाहिरबाट हेर्दा पनि लज्जाबोध भयो', उनले भने, 'सभामुख, सत्तापक्ष र प्रतिपक्ष सबैको कमजोरी देखियो।'

विदेशबाट फर्किएका प्रधानमन्त्रीले प्रेस मार्फत आफ्नो कुरा जानकारी दिने विषय भने स्वभाविक भएको रानाभाटले बताए। तर, सदनमा बहस भइरहेको विधेयकको विषयमा भने उनले पत्रकार सम्मेलनबाट जवाफ दिन उचित नहुने रानाभाटको धारणा छ।

'त्यसबारे बोल्ने पहिलो ठाउँ भनेको सदन नै हो। त्यसलाई छलेर प्रेसमा जान मिल्दैन', उनले भने, 'उहाँको सम्बोधनले प्रतिपक्ष र आन्दोलनरतलाई चिढ्याउन सक्छ।'

प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  १६:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्