• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सरकारको २ वर्षे समीक्षा : बढ्दैछ जनतामा निराशा

64x64
नेपाल लाइभ शनिबार, फागुन ३, २०७६  १७:०९
1140x725

काठमाडौं- बहुमतसहितको नेपाल कम्युनिस्ट पार्टीको सरकार बनेको २ वर्ष पूरा भएको छ। २०७४ फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीका रूपमा सपथ लिएका थिए। 

लामो समयपछि स्थिर सरकार गठन हुन लागेकाले तत्कालीन समयमा जनताका आकांक्षा चुलिएका थिए। सरकारले पनि अब स्थिर सरकार बन्यो, जनताका सबै समस्या अब समाधान हुन्छन् भने जसरी जनताका अपेक्षा थप बढाउन थाल्यो। 

तर लामो समयसम्म पनि सरकारको काम गर्ने शैली परिवर्तन नभएपछि जनताका अपेक्षा आक्रोश हुँदै विस्तारै निराशामा परिणत हुन थालेका छन्। 

तर सरकारले योबीचमा पनि थुप्रै उपलब्धि भएको दाबी गर्न छोडेका छैन। तर विभिन्न सूचक केलाउने हो भने सरकारले देखाएको छनकले जनताका अपेक्षा पूरा नहुने निश्चितप्राय छ। 

यति मात्र होइन, सरकार झन् झन् विवादमा भने पर्दै गएको छ। सूचना प्रविधि विधेयकदेखि मिडिया काउन्सिल विधेयकसम्म मात्र नभएर मानव अधिकार विधेयकमा सरकारले गरेका प्रस्तावमा समेत सरकारले जनताको स्वतन्त्रता संकुचन गर्ने प्रयास गरेको भन्दै विरोध भयो।

सरकारले दाबी गरेअनुसारका आर्थिक सूचकांकमा प्रगति नभएको, द्वन्द्वकालीन आयोगलाई लामो समयसम्म निष्क्रिय बनाएको भन्दै सरकारको आलोचनाको पारो निकै उचाइमा पुग्यो। समग्रमा सरकारको २ वर्षे कार्यकाल केकस्तो रह्यो भन्ने विषयमा नेपाल लाइभले सरकारको यो अवधिको समीक्षा गरेको छ।

समग्रमा सरकारको २ वर्षे कार्यकाल केकस्तो रह्यो भन्ने विषयमा नेपाल लाइभले सरकारको यो अवधिको समीक्षा गरेको छ।

आलोचनै आलोचना
२ वर्षको अवधिमा सरकारले संसदमा ४ दर्जनभन्दा बढी कानुन संशोधन र निर्माणका लागि दर्ता गरायो। यीमध्ये कतिपय संविधानले व्यवस्था गरेका प्रावधान कार्यान्वयन गर्न बनेका विधेयक थिए भने कतिपय नयाँ निर्माण गरिएका विधेयक हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

ओली सरकारले संसद्‍मा दर्ता गराएका अधिकांश कानुनको विरोध भयो। खासगरी अभिव्यक्ति स्वतन्त्रता लक्षित गरेर निर्माण भएका कानुन ओली सरकारको आलोचनाका कारण बने। ओली प्रधानमन्त्रीका रूपमा रहँदा जस्ता विधेयक आए, त्यसले आम जनता, नागरिक समाज र कानुनका जानकारहरूलाई शसंकित भएपछि सरकारले आलोचना खेप्नुपरेको हो।

थप समाचार : स्वतन्त्रता खुम्च्याउन खोज्दा आलोचनै आलोचना

जोगिने चुनौती
ओली सरकारमाथि घरेलु मामिलामा जति विदेश मामिलामा आलोचना भएन।

तर आलोचना नै नभएको भने होइन। एमसिसीको विषय होस् वा लिम्पियाधुरासहितको भारतले सार्वजनिक गरेको नयाँ नक्सा नै किन नहोस् सरकारले जनताको चित्तबुझ्दो उत्तर दिन सकेको छैन।

थप समाचार :नेपाललाई जोगिने चुनौती

अर्थतन्त्रमा देखिएन बृहत्तर सुधार
सरकारले 'समृद्ध नेपाल, सुखी नेपाली'को सपना साकार गर्ने भन्दै महत्वकांक्षी योजना अघि बढायो। अबको ५ वर्षमा औषत १० प्रतिशतको आर्थिक वृद्धि हाँसिल गर्ने गरी १५ औँ योजनाको आधारपत्र तयार भएको छ। तर, दशकौँअघि सुरु भएका ठूला आयोजना अहिलेसम्म सम्पन्न भएका छैनन्।

राष्ट्रिय गौरवका आयोजनाको नाम दिइएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अबको १५ वर्षपछि निर्माण सम्पन्न हुने घोषणा सरकारले नै गरेको छ। १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी तयार भएको छैन भने पश्चिम सेती मृतजस्तै भएको छ। भारतीय कम्पनी जिएमआरसँग निर्माण सम्झौता भएको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको अवस्था पनि उस्तै छ। 

थप समाचार : देखिएन अर्थतन्त्रमा बृहत्तर सुधार

विवादको भुमरीमा सरकार
२ वर्ष अवधिमा सरकार विवादै विवादको भुमरीमा फसेको छ। चाहे त्यो एमसिसीका विषयमा होस् वा यतिसँगको सरकारको साइनोका विषयमा होस्। सरकार विवादमुक्त हुन सकेन। यति समूहका विषयमा त खुलेरै प्रधानमन्त्री ओलीले स्पष्टीकरण दिइसकेका छन्। 

राष्ट्रका सम्पत्ति र अवसर अनेक स्वरुपमा यति समूहले पाइरहेको समाचार प्रकाशित भइरहेको छ। गोकर्ण रिसोर्टको लिज अवधि सकिनुभन्दा ६ वर्षअघि नै २५ वर्ष थपिदिनेदेखि दावा फुटी शेर्पालाई सरकारले स्पेनको राजदूतसमेत बनायो। यती समूहलाई सकेको सेवा गरिरहेको विषय छरपस्ट भइरहेका छन्। त्यसैले पनि, पार्टीभित्रै र बाहिर पनि सरकारमाथि आरोप लागिरहेको छ- एउटा व्यापारिक घरानाप्रतिको मोह किन? सामाजिक सञ्जालमा त ‘यती’ शब्द सरकारलाई कटाक्ष गर्न प्रयोग हुन थालेको छ।

गत माघ १५-१९ मा सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म एकदम खुलस्त भन्न चाहन्छु, व्यापारिक घरानाहरूबीचको अस्वस्थ प्रतिस्पर्धामा हामी पर्दैनौं। हामीले संविधान र कानुनअनुसार हेर्ने हो र देशमा कसैले पनि विकासका कामहरू स्वच्छ ढंगले अगाडि बढाउन चाहन्छ भने हामीले प्रेरित गर्ने गर्छौं। जोसुकैलाई पनि हामी कानुनसम्मत ढंगले अगाडि बढ्न प्रेरित गर्छौं।'

थप समाचार : आफ्नै बोलीको पासो 

कमजोर प्रतिपक्ष
ओली सरकारको २ वर्ष अवधिमा सरकारका कमजोरीबारे प्रमुख प्रतिपक्षी कदलको भूमिका प्रभावकारी भएन।

सरकारका गलत कदमविरुद्ध सडक र सदन तताउनु त कता हो कता प्रतिपक्षी दल कांग्रेसको आफैं सहयोगी बनिदियो। सरकारी सम्पत्तिको दोहन, भ्रष्ट्राचार, अनियमितताजस्ता गम्भीर विषयमा प्रतिपक्ष आक्रामक हुनुको साटो कानमा तेल हालेर बसेजस्तै देखियो।

सरकारलाई गलत काम गर्नबाट रोक्ने प्रयासमा केन्द्रित हुनुपर्ने प्रतिपक्ष उल्टो सत्ताधारीसँग भागबन्डाका लागि बार्गेनिङमा व्यस्त भयो।

उसको कमजोर भूमिकाले न सत्ताधारी सच्चियो, न उसको प्रतिपक्षीको प्रभावकारिता नै तिखारियो। 

थप समाचार : कमजोर प्रतिपक्षले सरकारलाई हाइसञ्चो

के के भए काम?
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले यी दुई वर्ष काम नै नगरी बिताएको मात्रै पनि होइन। सरकारबाट सन्तुष्ट काम अपेक्षा गर्नेहरुको संख्या बढी देखिन्छ। दुवै वर्षमा देश कायापलट हुने होइन। तर, चुनावअघि नेकपाले घोषणापत्रमा र सरकार गठनपपछि ओली सरकारले भाषणमा अपेक्षाका चाङ लगाइदिएको थियो। त्यही अपेक्षाको चाङभित्र सरकारका काम पुरिएका छन्। 

जनताले सरकारबाट मात्रै होइन, हरेकले एक व्यक्तिबाट पनि कम बोलेर धेरै कामबाट देखाओस् भन्ने अपेक्षा गर्छ। यी दुई वर्षमा सरकारले काम गरिरहेकै छ तर बोल्न पनि कम गरेको छैन। सरकारले दुई वर्षमा कति काम गर्‍यो? के-के गर्‍यो? 

आर्थिक वृद्धिदर,  व्यापार घाटामा कमी, पूर्वाधार विकास, विद्युत उत्पादनमा वृद्धि, पुनर्निर्माणमा प्रगति, साग सम्पन्न, पृथकतावादीलाई मूलधार, कानून निर्माण र संघीयता कार्यान्वयन, सामाजिक सुरक्षा योजना र  श्रमिकको ज्याला वृद्धि, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलगायतका विषयलाई सरकारले उपलब्धिको सूचीमा राखेको छ। 

थप समाचार : अपेक्षाका चाङभित्र पुरिएका सरकारका काम

प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  १७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्