• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रेमीका लागि आमा मार्ने क्रुर छोरीको बकपत्र

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २, २०७६  २०:२१
1140x725

काठमाडौं- ‘मलाई एउटा सिक्सर पेस्तोल चाहिएको छ। पेस्तोल उपलब्ध गराइ दे। म तँलाई भारु १० हजार दिन्छु। काम भइसकेपछि पेस्तोल पनि फिर्ता लैजालास्’ गत असारमा महमद नौसादले फोनमार्फत् मोहम्मद रहिसलाई अनौठो प्रस्ताव राखे।

सिरहाको कल्याणपुर नगरपालिका–४ महोलियाका ३३ वर्षीय नौसादले पेस्तोल खोजिदन आग्रह गरेका रहिस उनका मामाका छोरा हुन्। २४ वर्षीय रहिस भारत बिहार प्रदेशको मधुवनी भकुवा–१३ बस्छन्।

भारतमा पेस्तोल सहजै पाउनेबारे जानकार नौसादले रहिसलाई पेस्तोल खोजिदिने प्रस्तावमात्रै गरे। तर पेस्तोल किन चाहिएको खुलाएनन्। ‘मलाई मात्रै पेस्तोल चाहियो। किन, केका लागि भन्ने प्रश्नै नगर’ नौसादले रहिसलाई भने। 

०००

सिरहाका नौसाद काठमाडौंमा गार्मेन्टमा काम गर्दै आएका थिए। बालकुमारीमा रहेको शाह गार्मेन्टमा काम गर्ने क्रममा एक वर्षदेखि उनको इश्वरी भट्टराईसँग चिनजान भयो। २७ वर्षीया इश्वरी चाँगुनारायण नगरपालिका–७ बाँसघारी बस्थिन्। शाह गार्मेन्टमा उनीहरूले केही समयसँगै काम गरे।

त्यसपछि नौसाद त्यो गार्मेन्ट छाडेर भक्तपुर बालकोटमा रहेको अर्को गार्मेन्टमा काम गर्न थाले। इश्वरीलाई पनि त्यही काम गर्न बोलाए। उनी आइन्।

त्यही गार्मेन्टमा काम गर्थे भगवती बस्नेत र अनिता भट्टराई। जो इश्वरीका सहोदर दिदीसमेत हुन्। तीन दिदी–बहिनी र नौसादका दुई दाजुभाइ सद्दाम हुसेन पनि एकै गार्मेन्टमा काम गर्न थाले।

पहिला मन खोलेर कुरा गर्न हिच्किचाउने उनीहरू घनिष्ट भइसकेका थिए। खुलेर प्रेमका कुरा गर्न थालिसकेका थिए। तर दुबैको प्रेम अवरोधहीन भने थिएन। यी दुवै विवाहित थिए। 

nimb
nimb
Ncell 2
Ncell 2
 

त्यही गार्मेन्टमा काम गर्दागर्दै नौसादको कतारको भिसा लाग्यो। ‘नेपालमा कमाइ नुहने भयो। म विदेश जान लागेँ। कतारको भिसा पनि आइसक्यो’ आफूसँग नजिकिँदै गरेकी इश्वरीलाई नौसादले सुनाए।

‘यहाँ पनि ठिकै छ त हामी यस्तो रमाइलो गरेर काम गरिरहेका छौं। विदेशै किन जानु पर्‍यो ?’ विदेश नगइदिएहुन्थ्यो भन्ने भावमा इश्वरीले जवाफ फर्काइन्।

उनको भिसा आइसकेको थियो। इश्वरीको मायालु पाराले गरेको आग्रहले उनी रोकिएनन्। उनी रोकिनुको कारण पनि थिएन। किनकि प्रेम दुवैको मनमा टुसाउँदै मात्रै थियो। फक्रिसकेको थिएन।

थामिएन मन

शरीर कतार पुगे पनि नौसादको मन उही गार्मेन्टमै थियो। इश्वरीसँगै हाँसेको,सँगै काम गरेको, चलेको जिस्केको यस्तै झल्को आइरह्यो उनलाई। म्यासेन्जर र इमोमार्फत् उनीहरू सम्पर्कमै थिए। डिजिटल सम्पर्कले दुबैको धित मरेन। उनी नेपाल फर्किए।

‘कतार आएको तीन महिनामा मेरो छातीमा समस्या देखियो। मैले इश्वरीलाई जानकारी गराएँ’ नौसादले बयानमा भनेका छन्, ‘उनकै सल्लाहमा नेपालमा उपचार गराउन भनेर फर्किएँ।’ 

नेपाल फर्किएर नौसादले कलंकीको एक गार्मेन्टमा काम गर्न थाले।

त्यही बेला एकदिन इश्वरीले नौसादलाई फोन गरिन्। उनले इश्वरीलाई कलंकीको गार्मेन्टमा राम्रो पैसा नभएको बताए। इश्वरीले जडिबुटीकै गार्मेन्टमा काम गर्न बोलाइन्। त्यसबेला इश्वरी जडिबुटीस्थित एक गार्मेन्टमा काम गर्थिन्।

इश्वरीले बोलाएपछि नौसाद उतै पुगे।

पहिला मन खोलेर कुरा गर्न हिच्किचाउने उनीहरू घनिष्ट भइसकेका थिए। खुलेर प्रेमका कुरा गर्न थालिसकेका थिए। तर दुबैको प्रेम अवरोधहीन भने थिएन। यी दुवै विवाहित थिए। 

​इश्वरीको घरमा छोरा, श्रीमान् र आमा थिए। नौसाद भने काठमाडौंमा भाइ सद्दाम हुसेनसँगै बस्थे। उनको परिवार सिरहामा थिए। तर उनीहरूको प्रेम यात्रा रोकिएन। प्रेम झ्याम्मिन थालिसकेको थियो।

‘इश्वरीको श्रीमान नभएको मौका पारेर हामी उनकै कोठा लोकन्थलीमा राति बिताउँथ्यौ। त्यतिखेर हामीबीच श्रीमान–श्रीमतीबीच हुने सबै सम्बन्ध हुन्थ्यो’, नौसादले बयानमा भनेका छन्। 

हुसेन नभएको बेला उनीहरू त्यता पनि जान्थे। 

मन र तन साटासाट भएपछि दुवैको व्यवहार फरक देखिने नै भयो। उनीहरू काम गर्ने ठाउँमा पनि आत्मीय देखिन थालेपछि इश्वरीकी दिदी अनि नौसादका भाइले दुबैको सम्बन्धबारे लख काटिसकेका थिए।

श्रीमानल् चाल पाए भने के गर्लान् ?

दिदीले शंका गरेको चाल पाएपछि इश्वरी अलि डराइन्। एक दिन नौसादसँग मुख खोलिन् ‘हाम्रो सम्बन्ध परिवार र मेरो श्रीमानले चाल पाए भने मलाई तिमीले नै लैजानु पर्छ नि।’

नौसादले जवाफ दिए ‘हुन्छ’

०००

नौसादलाई प्रेम त गर्थिन् इश्वरी तर सकेसम्म आफ्नो परिवार छाड्ने योजना भने थिएन। त्यसैले उनी सकेसम्म नौसादसँग टाढै बस्ने उपाय खोज्न थालिन्। दुवै निकै निकट भइसकेका थिए। नेपालमै टाढा बस्न सम्भव थिएन। त्यसैले उनले नौसादलाई विदेश पठाउने योजना बनाउन थालिन्।

योजना अनुसारै उनले एक रात नौसादलाई प्रस्ताव गरिन्‘ मेरो परिवारले हाम्रो सम्बन्धबारे शंका गर्न थाल्यो। थाहा पाउलान् जस्तो छ। म तिमीलाई पैसा हाल्दििन्छु। विदेश जाउ। मेरा श्रीमान् पनि विदेश जाने तयारीमा छन्। उनी विदेश गएपछि तिमी फेर्केर आउ, अनि सँगै बसौला।’

इश्वरीको प्रस्ताव नौसादलाई चित्त बुझ्यो। इश्वरीले आमासँग १ लाख रुपैयाँ मागिन् र नौसादलाई दिइन्। इश्वरीले नै दिएको १ लाख रुपैयाँमा ५ हजार थपेर अल्जर्फा मेनपावरमार्फत नौसाद दुबई उडे।

जब हातमा आयो श्रीमतीको अर्धनग्न तस्बिर

दुवई पुगेपछि म्यासेन्जर र इमोमार्फत् नौसाद र इश्वरीबीच कुराकानी जारी नै थियो। दुवै घण्टौं कुरा गर्थे। कुरैकुरामा एक दिन नौसादले दुबईमा भनेजस्तो काम नभएकाले आफू नेपाल फर्कने तयारीमा लागेको बताए।

काम केही बिग्रिएको थिएन दुबईमा। नौसादको मन बिग्रिएको थियो।

नौसादले पठाएका तस्बिर दुबैको सम्बन्ध खुलाउन काफी थियो। आफ्नो श्रीमतीे अरुसँगै अर्धनग्न बसेको तस्बिरले सोनामलाई चिट्चिट् बनायो। उनी श्रीमतीसँग छिनोफानो गर्ने मुडमा पुगे।

 इश्वरीले प्रस्ताव गरिन् ‘फर्कने भए फर्क। म कमलविनायकमा कोठा खोजेर तिमीलाई राख्छु।’ 

तर नौसादको मन भाँडिइसकेको थियो। उनले मानेनन् ‘हुन्न। अब कि मैसँग बस कि मलाई छाड।’

इश्वरी तयार भइनन् परिवार छाड्न। उनले श्रीमान् पनि नछाड्ने नौसादलाई पनि नछाड्ने बताइन्। तर नौसादको चित्त बुझेन। उनी इश्वरीको घर भाँड्ने तयारीमा लागे। 

इश्वरीका श्रीमान सोनाम थापा मगरलाई जेठ २२ मा मोवाइलमा फोन गरेर भने‘ तपाईसँग इश्वरी र मेरो सम्बनधको बारेमा कुरा गर्नुछ। मलाई फेसबुकमा साथी बनाउनुस्।’

‘नौसादको फोनले म झस्किएँ। तर के रहेछ कुरा भनेर मैले उनलाई फेसबुकमा साथी बनाए’ इश्वरीका श्रीमान सोनाम भन्छन्, ‘त्यसपछि उनले मेरी श्रीमती र उसँगै बसेका अर्धनग्न तस्बिर  पठायो।’

नौसादले पठाएका तस्बिर दुबैको सम्बन्ध खुलाउन काफी थियो। आफ्नो श्रीमतीे अरुसँगै अर्धनग्न बसेको तस्बिरले सोनामलाई चिट्चिट् बनायो। उनी श्रीमतीसँग छिनोफानो गर्ने मुडमा पुगे।

तर नौसादसँगको सम्बन्ध टुटेको थिएन उनको। नौसादसँग इमोमा कुराकानी भइ नै रह्यो। उनी नौसादलाई छाड्नै नसक्ने मोडमा पुगिसकेकी थिइन्। उनले भनिन्, ‘म तिमीलाई कुनै हालतमा छाड्न सक्दिन। म तिमीसँग बस्ने हो।’

‘मैले सासुआमा सावित्री, इश्वरीकी दिदी अनिता र भगवतीलाई मेरो घरमा बोलाएँ र छलफल गरेँ’ सोनामले बयानमा भनेका छन्, ‘त्यसबेला श्रीमतीले आफ्नो गल्ती स्वीकार पनि गरिन्।’

‘मबाट गल्ती भयो। अब यस्तो गल्ती हुनेछैन’ भनेर श्रीमतीले भनेपछि र  आमा सावित्रीले समेत एक पटकलाई माफ दिनुस् ज्वाइँ साप, म सम्झाउँला भनेपछि सोनामले एक पटकका लागि इश्वरीलाई माफ दिए। 

तर नौसादले सोनामलाई फोन गर्न छाडेनन्। असार १ गते फेरि फोन गर्दै भने, ‘हाम्रो सम्बन्धमा तँ किन तगारो ?’

र, बन्यो आमा मार्ने योजना

परिवारमाझ इश्वरी र नौसादको सम्बन्ध छताछुल्ल भइसकेको थियो। छोरीको घर जोगाउन छोरीलाई सम्झाउँला भनेकी आमालाई छोरीको चाला निको लागेको थिएन। उनले गर्नुसम्म गाली गरिन्। उनले अब त्यस्तो हुन्न भनिन्। 

भन्न त भनिन् तर नौसादसँगको सम्बन्ध टुटेको थिएन उनको। नौसादसँग इमोमा कुराकानी भइ नै रह्यो। उनी नौसादलाई छाड्नै नसक्ने मोडमा पुगिसकेकी थिइन्। उनले भनिन्, ‘म तिमीलाई कुनै हालतमा छाड्न सक्दिन। म तिमीसँग बस्ने हो।’

तर तगारो थियो परिवार। श्रीमान् र आमा नौसादसँगको सम्बन्धको तगारो भएको निष्कर्ष निकालिन् उनले। उनको मन पापी हुँदै गइरहेको थियो।

​इमोमा एक दिन इश्वरीले नौसादलाई भनिन्,‘श्रीमान विदेश जाँदै हुनुहुन्छ। ४/५ वर्ष नेपाल आउनु हुन्न। हाम्रो सम्बन्धमा मुख्य तगारोे आमा हो। आमालाई तिमीले मार्‍यौं भने हाम्रो सम्बन्धमा कुनै अप्ठेरो आउँदैन। तिमी नेपाल आउनेबित्तिकै मेरी आमालाई मारिदेउ। काम गरेवापत के कति खर्च लाग्छ मलाई भन। म पैसाको बन्दोबस्त गर्छु।’

इश्वरीको कुरा नौसादलाई पनि चित्त बुझ्यो। सोनाम विदेश गएपछि त त्यो घरमा त्यही सावित्री मात्र हुन्थिन्। इश्वरीको छोरो सानै। आमालाई मार्न पाए मोज हुने भन्दै नौसाद प्रेमिकाको आमाको हत्या गर्न राजी भयो।

आमाको हत्या त गर्ने। तर प्रहरीबाट कसरी जोगिने ? इश्वरीको मनमा योजना आयो। 

‘हत्या गरिसकेपछि दिनभर प्रहरी मेरो घरमा हुन्छन्। मलाई कल नगर्नु। शंका हुनसक्छ। एक/दुई दिनपछि मैले तिमीलाई दिएको एनसेलको सिमबाट फोन गर्नु। त्यो मेरो दिदीको सिम हो। त्यो सिमबाट मलाई फोन गर्दा दिदीको नाम आउँछ। र म तिमीलाई कहाँ कहिले पैसा दिने भन्छु’ इश्वरीले नौसादलाई योजना सुनाइन्।

नौसादको बयानअनुसार हत्याको रेट तोकिएको थियो १५ लाख रुपैयाँ।

हत्याको योजना बनेपछि नौसाद असार ६ मा दुबईबाट नेपाल फर्किए।

पेस्तोल लिन भारत

काठमाडौं आएपछि गार्मेन्टमै काम गर्ने साथी अर्जुनकुमार भन्ने भोलाकुमारसँग नौसादले भेटे। तर काठमाडौं आएको बारे आफ्ना भाइ हुसेनलाई उनले जानकारी नै गराएका थिएनन्। भारत बिहार प्रदेश, छपणा जिल्ला चौसा घर भएका २४ वर्षीय भोलाकुमार काठमाडौं ढुंगेअड्डास्थित विष्णु गार्मेन्टमा काम गर्थे। भोलालाई प्रेमिकाकी आमाको हत्या योजना सुनाए। 

‘सावित्रीको हत्या गरिसकेपछि मलाई नौसादले ५ लाख रुपैयाँ दिन्छु भन्यो’ भोलाकुमारले बयानमा भनेका छन्, त्यही ५ लाखमा लोभिएर सावित्री मार्न म तयार भएँ।’

तर मार्ने के ले ? ‘सुरुमा चक्कुले नै मार्ने योजना बनेको थियो। तर मैले चक्कुले त नमर्न पनि सक्छ भनेपछि पेस्तोल किन्ने योजना बन्यो’ भोलाकुमार भन्छन्।

त्यसपछि नौसादले सिक्सर पेस्तोल चाहियो भन्दै जुन २७ तारिखमा भारतमा रहेका मामाका छोरा रहिसलाई भनेका थिए।

०००

पेस्तोल मागेपछि रहिसले जवाफ दिन्छन् ‘हुन्छ’।

त्यसको भोलिपल्टै नौसाद र भोलाकुमार पेस्तोल लिन बिहारस्थित रहिसको घर पुग्छन्। रहिसलाई भेटेपछि नौसादले पेस्तोल चाहिएको कारण खुलाए। ६१ वर्षीया वृद्धा सावित्रीको हत्या।

त्यसपछि तीनै जना सिक्सर पेस्तोल किन्न बजार निस्किए। पेस्तोल त पाइयो। तर महँगो। पेस्तोल नपाएपछि उनीहरूले चक्कु किन्ने निर्णय गरे। चक्कु किन्न भारु २ हजार भोलाकुमारले लिए। रहिस र नौसादले २ हजार भारुमा ओमपुरी चक्कु किने। 

भारत पुगेपछि नौसादले रहिसलाई भने, ‘नेपालमा एउटा महिलालाई मार्नु छ। काम भएपछि पैसा आउँछ। तिमी पनि हामीसँगै नेपालमा गएर त्यो काम गरौ।’

उनलाई नौसादले २ लाख भारु दिने बचन दिएका थिए। पैसा सुनेपछि रहिस पनि सहजै लोभिए।

‘मेरो श्रीमती त्यसबेला सुत्केरी हुन लागेकी थिइ। मलाई पैसाको खाँचो थियो। अस्पताल लैजान पैसा थिएन। सुत्केरीलाई खुवाउने खानाको समेत अभाव थियो। एकदिनमै २ लाख भारु कमाइ हुने भएपछि म नेपाल गएर महिलाको हत्या गर्न राजी भएँ’ बयानमा रहिसले भनेका छन्।

त्यसपछि तीनै जना सिक्सर पेस्तोल किन्न बजार निस्किए। पेस्तोल त पाइयो। तर महँगो। पेस्तोल नपाएपछि उनीहरूले चक्कु किन्ने निर्णय गरे। चक्कु किन्न भारु २ हजार भोलाकुमारले लिए। रहिस र नौसादले २ हजार भारुमा ओमपुरी चक्कु किने। 

चक्कु किनेर काठमाडौं

सीमा पारी चक्कु किनेपछि उनीहरू सोही दिन रात्री बस चढेर काठमाडौं आए। 

सावित्रीको हत्या योजना बन्दै थियो। हत्याको लागि हतियार त भयो। तर भाग्ने कसरी ? उनीहरूले स्कुटर भए भाग्न सजिलो हुने निष्कर्ष निकाले। 

विद्युत प्राधिकरण पछाडि कमलविनायक बागेश्वरी कच्ची सडक नजिकै सावित्रीको घर छेउमा तरकारी टिप्न असार १५, बिहान ८ बजेतिर दिलुकमारी राई पुगेकी थिइन्। त्यतिखेर सावित्रीको घरको मुलगेटभित्र यिनै तीन जना केटा उभिरहेका थिए।

शर्मिला रायमाझी क्षेत्री २ वर्षदेखि काठमाडौं ढुंगेअड्डामा किराना पसल चलाउँदै आएकी थिइन्। उनकै पसल अगाडिको गार्मेन्टमा काम गर्थे भोलाकुमार। पसलमा सामान किन्न आइरहने भएकाले उनीहरूबीच रामै चिनजान थियो।

असार १५, बिहान ८ बजेतिर शर्मिलाको पसलमा गएर भोलाकुमारले भने, ‘जरुरी काम पर्‍यो। तपाईको स्कुटर एकछिन दिनु न, म ११ बजेतिर ल्याइदिन्छु।’

शर्मिलासँग प्रदेश ३ –०२००६ प ४२६२ नम्बरको स्कुटर थियो। तर सर्भिसिङ गर्नु पर्ने भएकाले चाँडै ल्याइदिनु भन्दै स्कुटरको चाबी थमाइन्। भोलाकुमारले ११ बजे ल्याइदिइसक्ने बचन दिए।

स्कुटर लिन भोलाकुमार सँगै अर्का एक जना पनि सँगै गएका रहेछन्। तर उनलाई शर्मिलाले चिनिनन्।

स्कुटर लिएर रहिस, भोलाकुमार र नौसाद सावित्रीको घर भक्तपुर पुगे। भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा उनको घर थियो। 

विद्युत प्राधिकरण पछाडि कमलविनायक बागेश्वरी कच्ची सडक नजिकै सावित्रीको घर छेउमा तरकारी टिप्न असार १५, बिहान ८ बजेतिर दिलुकमारी राई पुगेकी थिइन्। त्यतिखेर सावित्रीको घरको मुलगेटभित्र यिनै तीन जना केटा उभिरहेका थिए।

‘तँ किन के भनेर यहाँ आइस्? तलाई कसले आउने अनुमति दियो? तेरो कारणले मलाई कति दुःख भएकोे थियो। तँ यहाबाट गइहाल भन्दै एक जना हेलमेट लगाउने केटोलाई सावित्रीले कुचोले हान्दैथिइन्’ आफूले देखेको दुश्य बयानको क्रममा दिलकुमारीले भनेकी छिन्, ‘ती व्यक्तिले चाँहि मेरो पैसा ले भनेर सावित्रीको हात पक्रियो। हात समातेको देखेपछि मैले ओइ–ओइ भदै कराएँ। त्यसपछि आमा र दुुई जना केटाहरू घरभित्र पसे। एक जना भने गेट बाहिरै बस्यो। त्यो मान्छे केही भएको होइन भन्दै बाहिर आयो।’

​तरकारी टिपीसकेपछि दिलकुमारी आफ्नो घर लागिन्। ‘आज त्यो आमाको घरमा के भएको छ मधेसीजस्ता देखिने मान्छेलाई सावित्री आमाले कुट्दै हुनुहुन्थ्यो’ दिलकुमारीले सुनाइन्, ‘मैले सावित्रीकी ज्वाईं सोनामलाई भनिदिनु पर्‍यो भनेर घरमा भएका अंकल वीरेन्द्र अधिकारीलाई पनि भनें। तर उहाँले छाड्देउ यस्तो कुरा भन्नुभयो।’ 

तर दिलकुमारीको मन मानेन। हैन कोही नभएको घरमा यी नचिनेका मान्छे किन आए भनेर दिलकुमारी सावित्रीको घरमै पुगिन्। 

त्यसबेला एक जना घर बाहिर र दुई जना घरभित्र थिए। सिटिङ रुममा एक जना ढोकामा हात राखेर बसेको थियो। अर्को एक जना जुत्तासहित कोठाभित्र पसेको थियो।

दिलकुमारीले जुत्ता लगाएर किन भित्र पसेको भनिन्। ती व्यक्तिले जवाफ फर्काए, ‘आफ्नै घर हो।’

आफ्नो घर भए पनि जुत्ता त बाहिर खोल्थे त? तिमीहरू किन आएको? दिलकुमारीले सोधिन्। तर उनीहरूबाट केही जवाफ आएन।

त्यसबेला सावित्री ४ वर्षीय नातिको कोठामा बसेर टिभी हेरिरहेकी थिइन्। 

‘कति बज्यो बच्चा स्कुल लाने बेला भयो?’ सावित्रीले दिलकुमारीलाई सोधिन्। 

९ बजेको जवाफ आएपछि सावित्रीले नातीलाई स्कूल पुर्‍याइन्। 

दिलकुमारी आफ्नो घर लागिन्।

पैसा लिएर आउँछु भनेर हत्या

११ बजेतिर खाना खाएर दिलकुमारी काममा जान भनेर घरबाट निस्किइन्। उनी सावित्रीको घरको बाटो हुँदै आएकी थिइन्। त्यो बेला सावित्री घर अगाडि उभिइरहेकी थिइन्। 

‘मैले सावित्री आमाको घर अगाडि आएर आमा भनेर बोलाए। आमाले होइ भनेर भन्नुभयो’, दिलकुमारीले सुनाइन्।

अघिका केटाहरू किन आएका रहेछन्?दिलकुमारीले बाहिरबाटै सोधिन्। 

‘मेरो १ लाख रुपैयाँ पैसा चलाएका थिए। ल्याइदिन्छु भनेर बाहिर गएका छन्। त्यही भएर हेरिराखेको पैसा लिएर आउँदैछन रे’ सावित्रीले जवाफ फर्काइन्।

दिलकुमारी आफ्नो काममा लागिन्।

०००

सरिता लामिछाने गौतम सावित्री भट्टराईको फुपु दिदी हुन्। सरिताले सावित्रीलाई असार १४ गते दिउँसो फोन गरेर १ लाख रुपैयाँ ऋण खोजिदिन आग्रह गरिन्। 

‘पैसा खोज्नु पर्दैन घरमै छ। ३५ दिनपछि जग्गा पास गर्नुछ। एक महिना चला। भोलि बस्ने गरी घरमा आइज अनि पैसा पनि लिएर जा’ सरितालाई सावित्रीले भनेकी थिइन्।

‘म सरासर किचनमा छिरेर चिसो खाएँ। त्यसपछि दिदी सावित्रीको कोठाको ढोका खुल्लै रहेको र सावित्री सुतिरहेको जस्तो देखेर तीन पटक दिदी भनेर बोलाएँ’ सरिताले बयानमा भनेकी छिन्, ‘तर नबोलेपछि भित्र गएर हेर्दा रगतको आहालमा डुबेको देखेँ।’

सोही अनुसार असार १५ गते म बच्चा स्कूल पुर्‍याएर बिहान साढे ११ बजे सरिता फुपु सावित्रीको घर गइन्। तर घरमा कसैलाई नदेखेपछि सावित्रीको माइली छोरी भगवती बस्नेतलाई फोन गरेर सोधिन्। ।

‘कतै जानु भएको होला। आउनुहोला वरपर मान्छेलाई सोध न’,भगवतीले जवाफ फर्काइन्। 

त्यसपछि सावित्रीकी छिमेकी यदुनाथ ढकाललाई सरिताले सावित्रीका बारेमा सोधिन्। यदुनाथले पनि कतै गएका होलान्। ढोका खुल्लै भए भित्र गएर बस्दै गर्दा हुन्छ भन्ने जवाफ फर्काए।

बाहिरैबाट हातले खोल्न मिल्ने गेट खोलेर सरिता भित्र पसिन्।

‘म सरासर किचनमा छिरेर चिसो खाएँ। त्यसपछि दिदी सावित्रीको कोठाको ढोका खुल्लै रहेको र सावित्री सुतिरहेको जस्तो देखेर तीन पटक दिदी भनेर बोलाएँ’ सरिताले बयानमा भनेकी छिन्, ‘तर नबोलेपछि भित्र गएर हेर्दा रगतको आहालमा डुबेको देखेँ।’

सरिताले चिच्याउँदै यदुनाथलाई एम्बुलेन्स बोलाउनु पर्‍यो भनिन्। यहाँ आउनु न भन्दै बोलाइन्। एकैछिनमा छिमेकीले सावित्रीको घर भरियो। स्थानीयले प्रहरीलाई खबर गरे।

०००

घरको मुलढोकाबाट छिर्ने बित्तिकैको कोठामा दुई वटा बिस्तारासहितको पलङ। पूर्वतर्फ गाह्रोमा सटाएर राखेको दराज। दक्षिणतर्फ गाह्रोमै सटाएर राखेको पलङमा कम्मरदेखि माथिको भाग पलङमा। दुबै खुट्टा भुँइमा टेकेको अवस्थामा सावित्री भट्टराईको शव प्रहरीले फेला पार्‍यो। 

सेतो गुलावी फूलबुट्टे पातलो ब्ल्याङकेटले शवको कम्मरको भाग छोपेको। टाउकोमा हरियो र सेतो रङको सल। मृतकको दायाँ हातनजिक पलङमा खैरो रङको लेडिज ब्याग। पलङमा टाउको राखेको भागमा जमेको रगत। 

कोठामै एटेच बाथरुम। बाथरुममा पनि रगतको टाटा। शव नजिकै रहेको पहेँलो बच्चाको हुकसमेत रगतले लतपतिएको थियो।मृतकको कपाल, अनुहार, नाक, कानमा रगत लतपितिएको थियो। घाँटीको बाँया कानपट्टी ७ इन्च लामालो यु आकारको चोट लागेको थियो। 

तन्नामा लागेको रगतको टुक्रा काटेर जाँचका लागि प्रहरीले उठायो। बाथरुमा रहेको रगतको स्वाब पनि उठायो। 

अनि खुल्यो पोल 

पूर्व योजना अनुसार नै इश्वरी असार १४ गते बेलुका ५ बजे जडिबुटीस्थित दिदी भगवती बस्नेतको कोठामा गइन्। इश्वरीका श्रीमान सोनामले १५ गते बिहान सहकारीको किस्ता तिर्न इश्वरीलाई मोटरसाइकलमा हालेर कुलेश्वरस्थित महिला सहकारी संस्थामा गए। किस्ता तिरे। इश्वरीलाई पहिलेकै ठाउँ भगवतीकोमा ल्याएर छाडिदिए।

सहकारीबाट फर्किएपछि साढे ११ बजेतिर इश्वरी दिदीकै कोठामा लुगा धोइरहेकी थिइन्। त्यसैलेला दिदी भगवतीको मोबाइलमा मामाको छोरी सरिता गौतमले फोन गरेपछि आमाको हत्याको जानकारी दिएकी थिइन्। 

यता श्रीमती इश्वरीलाई भगवतीको कोठामा छाडेर सोनाम मोसन नेपाल फिल्म स्टुडियोमा काम गर्न गएका थिए। सोनामलाई पनि जेठीसासु सरिताले रुँदै फोन गरेर घटनाका बारेमा जानकारी गराएकी थिइन्। त्यसपछि दुबै जना घर फर्किए। 

सावित्रीकी अर्की छोरी अनितालाई घटनाबारे भगवतीले जानकारी गराइन्। सँगै गार्मेन्टमा काम गर्ने नौसादका भाइ सद्दाम हुसेनलाई भनेर अनिता उनकै मोटरसाइकलमा सावित्रीको घर पुगिन्।

सावित्रीको विभत्स हत्या भएपछि त्यहाँ उपस्थित भएकै मान्छेले तीन जना मधेशी मुलका मान्छे आएको, ओहोरदोहोर गरेको बयान दिएका थिए। सोही अनुसार प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको थियो। अनुसन्धानमा इश्वरी र नौसादको प्रेम लुक्न सकेन। प्रहरीको शंका उतैतिर सोझिइसकेको थियो। 

त्यही बेला नौसादका भाइ हुसेन पनि सावित्रीको घरमा पुगे। प्रहरीले उनीसँग नौसादको फोन र फोटो मागेर अनुसन्धान थाल्यो।

‘मैले मुख थुने, रहिसले घाँटी रेट्यो’

मोबाइल नम्बर भाइ हुसेनमार्फत् पत्ता लगाइसकेको प्रहरीले नौसादको लोकेशन पत्ता लगाइसकेकोे थियो–धादिङको गजुरी। 

असार १५ गते बेलुका साढे ७ बजे धादिङको गजुरी गाउँपालिका–१ गजुरी बजारमा काठमाडौंबाट बाहिरिने यात्रुबाहक बसको जाँच गर्ने क्रममा नौसाद पक्राउ परे। नौसाद मुग्लिनतर्फ जाने बसबाट ओर्लिएर झोला बोकेर भाग्न खाजेका थिए। तर गजुरी प्रहरीले काठमाडौंबाट खवर पाइसकेको थियो। उनी भाग्न सकेनन्।

नौसादकै सूचना र फोनका आधारमा प्रहरीले रहिस र भोलाकुमारलाई पक्राउ गर्‍यो। सावित्रीलाई हत्या गरे वापत नौसादले रहिसलाई भारु २ लाख र भोलाकुमारलाई ५ लाख नेपाली रुपैयाँ दिनु नै थियो।

नौसादले बोकेको झोला प्रहरीले खानतलासी गर्‍यो। खैरो रङको ट्राउजरको अगाडिको दाहिनेतर्फको खल्तीमा आइएमइआइ नम्बर ८६७९२४०३८०५७९४२ र ८६७९२४०३७०५७९४३ भएको हुवाए कम्पनीको गोल्डेन रङको मोबाइल १ थान। मोबाइलमा ९८०८२८२८.. नम्बरको सिम कार्ड र कपडाहरू थियो। 

प्रहरीले उनलाई काठमाडौं पठायो।  महानगरीय प्रहरी अपराध महाशाखा र महानगरिय प्रहरी परिसर भक्तपुरको प्रहरी टोली समक्ष नौसाद लामो समय मौन बस्न सकेनन्। उनले हत्या गरेको स्विकारे।

नौसादकै सूचना र फोनका आधारमा प्रहरीले रहिस र भोलाकुमारलाई पक्राउ गर्‍यो। सावित्रीलाई हत्या गरे वापत नौसादले रहिसलाई भारु २ लाख र भोलाकुमारलाई ५ लाख नेपाली रुपैयाँ दिनु नै थियो। सोही अनुसार प्रहरीले नौसादलाई प्रयोग गर्‍यो। प्रहरीकै योजना अनुसार रहिस र भोलाकुमारलाई फोन गरेर पैसा दिन आउँछु भनेर लोकेशन भन्न लगाए। 

लोकेशन आयो, मकवानपुर हेटौडा उपमहानगरपालिका–१० बसपार्कस्थित फुलबारी गेष्टहाउस अगाडि।

यही सूचनालाई पछ्याएर प्रहरी टोली गेष्ट हाउस अगाडि पुग्यो, १६ गते बिहान साढे ३ बजे। त्यहीबाट दुवै जना पक्राउ परे।

रहिसको निलो रङको जिन्स पाइन्टको दाँया खल्तीमा रगत लागेको थियो। एके ४७ सिसिसिपी लेखेको काठ र स्टिलको बिड भएको, बटनद्वारा फोल्डिङ गर्न मिल्ने १३.२ इन्च लामो चक्कु पनि फेला पर्‍यो।। यही चक्कुले हानेर सावित्रीको हत्या भएको थियो। 

तीनै जना पक्राउ परेपछि हत्या कसरी भयो भन्ने खुल्यो। 

‘हत्या गर्ने बेला भोलाकुमारले सावित्रीको खुट्टा समातेका थिए’, रहिसले बयानमा भनेका छन्, ‘त्यसपछि मैले घाँटी रेटेँ। उनी कराउन थालेपछि नौसादले सावित्रीको मुख थुने। हत्यापछि हामी भाग्यौं। हामीले पाउने भनिएको पैसा पनि पाएको छैन।’

हत्या योजना इश्वरीले बनाएको खुलेपछि उनी पनि पक्राउ परिन्। 

अपराध कति समय लुक्न सक्थ्यो र ! लुकेन र अहिले उनीहरूले त्यसको फल पनि पाइरहेका छन्। 

गत पुस १० मा जिल्ला अदालत भक्तपुरले उनीहरूलाई जन्मकैदको फैसला सुनायो। र, अहिले चारै जना जेलमा छन्।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
कुवेतबाट उद्धार गरिएकी महिलामार्फत खुल्यो ममताको धन्दा, पठाउने तयारीमा रहेका अरु ९ महिलाको काठमाडौंबाट उद्धार
‍कोशी, बागमती, गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
सम्बन्धित सामग्री
कुवेतबाट उद्धार गरिएकी महिलामार्फत खुल्यो ममताको धन्दा, पठाउने तयारीमा रहेका अरु ९ महिलाको काठमाडौंबाट उद्धार कार्कीका अनुसार, कुवेतमा एक महिला बन्धक बनाइएको घटनाको अनुसन्धान गर्दै जाँदा पछाईले काठमाडौंमै अन्य महिलालाई समेत त्यसरी नै विदेश पठ... शनिबार, भदौ ६, २०८३
दराजको होलोग्राम टाँसिएका कस्मेटिक सामान कागजातबिनै भेटिए, झन्डै एक करोडको सामानसहित चालक नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१५ स्थित प्रतिमा चोकबाट विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पिकअप ग... शुक्रबार, भदौ ५, २०८३
१२ तोला बढी सुन निलेर आएका बंगलादेशी नागरिक पक्राउ, पाँच दिन अस्पतालमा राखिएपछि दिसाबाट निकालियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार फ्लाई दुबईको FZ1133 उडानमार्फत दुबईबाट काठमाडौं आएका ३५ वर्षीय बंगलादेश... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि शनिबार, भदौ ६, २०८३
कुवेतबाट उद्धार गरिएकी महिलामार्फत खुल्यो ममताको धन्दा, पठाउने तयारीमा रहेका अरु ९ महिलाको काठमाडौंबाट उद्धार शनिबार, भदौ ६, २०८३
‍कोशी, बागमती, गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना शनिबार, भदौ ६, २०८३
वर्षाका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, बीपी राजमार्गमा रातिको आवागमन रोक शनिबार, भदौ ६, २०८३
के तपाईंलाई अत्यधिक भोक लागिरहन्छ? हुन सक्छ यस्तो रोगको संकेत शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
देउवा–खड्काको रिटमा सर्वोच्च प्रशासनले भन्यो– ‘सोमबार आउनुस्’ शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्