• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १२, २०८३ Tue, Jul 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

कसैको रबरस्ट्याम्प हुन म अध्यक्ष बन्न लागेको होइन : शेखर गोल्छा

64x64
नेपाल लाइभ बिहीबार, फागुन १, २०७६  २०:५०
1140x725

काठमाडौं- आगामी चैतमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा किशोरकुमार प्रधानले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

महासंघका भावी अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई साथमा राखेर प्रधानले उम्मेदवारीको घोषणा गरेका हुन्। 

प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारीको घोषणा गरेसँगै अर्का उम्मेद्वार चन्द्र ढकालको सर्वसम्मत हुने बाटोमा धक्का लागेको छ। 

ढकालले बाग्लुङ लगानी सम्मेलनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका थिए। 

प्रधानको उम्मेदवारी घोषणासभामा अध्यक्ष हुन लागेका गोल्छासहित निर्वतमान अध्यक्ष पशुपति मरारका, पूर्वअध्यक्ष कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठसमेत सहभागी भएका छन्। 

अघिल्लो पटक प्रधानलाई वरिष्ठ उपाध्यक्षमा गोल्छाले हराएका थिए।

 महासंघको विधानअनुसार आगामी चैतमा हुने साधारणसभापछि गोल्छा स्वतः अध्यक्ष बन्ने छन्।

nimb
nimb
Ncell 2
Ncell 2

वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा सभामा हालका वरिष्ठ उपाध्यक्ष (महासंघको निर्वाचनपछि स्वतः बन्ने अध्यक्ष) गोल्छाले राखेको मन्तव्यको सम्पादित अंश 
दुई महिनापछि म उद्योग वाणिज्य महासंघको नेतृत्वमा आउँदैछु। तपाईंहरूको मतले निर्वाचित गरेर यहाँ पठाउनुभयो। सजिलो गरी होइन, तपाईंहरुको मतले म अबको दुई महिनापछि महासंघको नेतृत्वमा पुग्दैछु। जब म नेतृत्व सम्हाल्दै छु, मेरो मनले के भन्यो भने तिमी एक वर्ग वा व्यक्तिको अध्यक्ष हुने होइन सबैको अध्यक्ष हुनुपर्छ। त्यसैले गर्दा मैले यहाँ कसैलाई आउनुस् भनेर भनिनँ।

तर जस्तो चितायो त्यस्तो नहुने रहेछ। हाम्रो पूर्व अध्यक्षले के भन्नुभयो भने यो शेखर एक्लैले के गर्छ, सबै टिम त मेरै आउने हो। मेरो लाइनमा हिँडेन भने ६ महिनामा पदमुक्त गरिदिन्छु। केही उम्मेद्वारले आफ्नो टिम घोषणा गरेर अघि बढे। म अध्यक्ष बन्दैछु, उनीहरु आफ्नै समितिका अध्यक्ष बनाउँदैछन्। अनि के म नेतृत्वमा आएर रबरस्ट्याम्प बन्ने?

मैले काम गर्नका लागि सबल टिम चाहियो। यो टिमले उद्योग वाणिज्य महासंघको गिरेको साथ फिर्ता ल्याउनुपर्नेछ। हाम्रो पूर्वअध्यक्षको रगत र पसिनाले महासंघ बनेको छ। मेरो स्वर्गीय बुबाको रगत र पसिना यसमा परेको छ। आज म यसको नेतृत्व गर्न अगाडि बढ्दा मेरो जीवनमा योभन्दा ठूलो कुरा अर्को हुँदैन।

म तपाईंहरूलाई विश्वास दिलाउँछु, मेरो समय र क्षमताले महासंघलाई अझ बलियो र निजी क्षेत्रको कुरा अगाडि बढाउन सक्ने संस्था बनाउँछु। यो गर्नका लागि मलाई टिम चाहियो। उद्योग वाणिज्य महासंघमा मैले एक्लै गर्ने भन्दा पनि टिम चाहिन्छ। हाम्रा निवर्तमान अध्यक्षले भन्नुभयो, हामी ३ वर्षदेखि कार्यसमितिको बैठकमा निजी क्षेत्रको समयस्या भन्दा पनि विधान संशोधनको एजेण्डामा अल्झिएर बस्यौँ। 

उद्योगी व्यवसायीको समस्याबारे छलफल गर्न हामीसँग समय थिएन। के भइरहेको महासंघमा? हामी एक व्यक्तिको एजेण्डा बोकेर हिँड्ने? आज मैले सुने धेरै साथीहरुलाई त्यहाँ नजानु करियर सकिदिन्छु भनियो। म अध्यक्ष बन्दैछु, कसले सिध्याउँछ करिअर? म विश्वास दिलाउन चाहन्छु, म अध्यक्ष भैसकेपछि कसैको पनि प्रवक्ता बन्दिनँ। निजी क्षेत्रको प्रवक्ता बन्छु। 

उद्योग वाणिज्य महासंघमा समस्या धेरै छन्। हाम्रो सचिवालय साह्रै कमजोर छ। सचिवालय कमजोर भएकाले जिल्ला नगरका समस्या अपेक्षाकृतरुपमा सामधान भएका छैनन्। त्यसलाई संबोधन गर्न जरुरी छ। हामी सार्वजनिक संस्था हौँ, म सार्वजनिकरुपमा के भन्छु भने महासंघको सम्पूर्ण हिसाब अडिट गरेर वेबसाइटमा राख्छु। कुनैपनि बेलामा तपाईंहरुले कुनै खर्च हेर्न चाहनु हुन्छ भने प्रत्येक दिन हेर्न सक्ने बनाउँछु। 

हाम्रो गिरेको शाखले होला काम पाइरहेका छैनौँ। नेपाल सरकार र विदेशी संस्थाबाट काम पाएका छैनौँ। उनीहरुले अहिले मलाई तिमीहरुको हिसाबकिताब पारदर्शी छैन भन्छन्। यो कसरी विश्वास दिलाउने? तपाईंहरु व्यवस्थित हुनुहुन्न भन्छन्। अहिले अडिटिङको एउटा प्रतिवेदन आएको छ, त्यसमा छलफल गर्न मलाई लाज लागिरहेको छ।

मैले हजारौँलाई रोजगारी दिएर संगठन चलाएको छु। लेखा प्रणाली र सचिवालय  चुस्त बनाएको छु। म यो काम गर्न चाहन्छु। यसका लागि मलाई टिम चाहिन्छ। 

अब विधान संशोधनको कुरा गरौँ, जिल्लाले के चाहेको छ त्यो मलाई थाहा छ। हुन त म पनि बरिष्ठ उपाध्यक्षको चुनाव लडेर आज अध्यक्ष बन्दैछु। म विश्वास दिलाउन चाहन्छु, तपाईंहरुले चाहेको जस्तो विधान ६ महिना वा बढिमा ९ महिना भित्रमा तयार गर्छु। म कुनै एउटा व्यक्तिको मार्गदर्शनमा चल्दिनँ, तपाईं सदस्यहरुको मार्गदरश्मा चलेर म विधान संशोधन गर्नेछु। तपाईंहरुले चाहे जस्तो विधान यहाँ आउनेछ।

समस्या धेरै छन्। सरकारले धेरै कानुन ल्याएको छ। त्यसमा हाम्रो सहभागिता कम भएको छ। म अर्थविज्ञ लगायत रहेको थिंक ट्यांक बनाउनेछु। हरेक समस्यालाई थिंक ट्यांकमा छलफल गर्नेछु। यो पनि चाँडै हुन्छ। उद्योग वाणिज्य महासंघमा अध्यक्षले जे बोल्छ, उपाध्यक्षको त्यही विचार हुनुपर्छ। महासंघको एउटै विचार हुनुपर्छ। अनुसन्धानसहितको विचार आउनुपर्छ। म यो विश्वास दिलाउन चाहन्छु। साना र मझौला उद्योगीको शितल छहारी हुनुपर्ने त्यो हुन सकेको छैन। हामी प्रादेशिक संरचना बलियो बनाउनुपर्नेमा त्यसो गर्न सकेका छैनौँ। 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  २०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मोरङमा डिजे बजाउन निषेध
नारायणी अस्पतालका चिकित्सकले किन दिए सामूहिक राजीनामा ?
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मोरङमा डिजे बजाउन निषेध मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकले किन दिए सामूहिक राजीनामा ? मंगलबार, साउन १२, २०८३
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो मंगलबार, साउन १२, २०८३
पुँजी बजारको दिगो विकासका लागि गुणस्तरीय नियमनमा अर्थमन्त्री वाग्लेको जोड मंगलबार, साउन १२, २०८३
स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल, दोषीमाथि कारबाही प्रक्रिया जारी मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्